नेपालसँग भएका तथा हुन सक्ने प्राकृतिक सम्पदाहरुमा पानी एक'Clean, Green and Renewable'सम्पदा हुन सक्ने वस्तु हो । यो वस्तु हालको अवस्थामा बाढीको रुपमा मात्र प्रचूर मात्रामा उपलब्ध छ, बाढीअगाडि र पछाडिका समयमा खडेरी र पानीको सामान्य उपलब्धतादेखि चरम अभावको अवस्था विद्यमान भएको हामी सवैलाई ज्ञात नै छ । त्यसैले, नेपालमा पानी उपलव्धताको बारेमा कुरा गर्दा बाढीको रुपमा प्राप्त पानीलाई कसरी सम्पत्ति वा स्रोत बनाउने भन्ने नै अहम् कुरा हुन आउँछ ।
नेपालमा पानी कती उपलव्ध छ?
पानीका श्रोतहरुः नेपालमा पानीका पाँच प्रमुख श्रोतहरु छन् । बर्षातको पानी, मूलको पानी, नदीको पानी, हिउंको पानी र भूमिगत पानी । हिउंको पानी २ किसिमका छनः जाडोको समयमा पर्ने र गर्मीको याममा सो हिंउ पग्लेर आउने पानी र धेरै समय अगाडि जमेर बसेको पुरानो हिंउ वा ग्ल्याशियर (हिमनदी) पग्लेर आउने पानी । यसबाहेक केही पानी चीनबाट बगेर आउँछ । तर, चीनबाट बगेर आउने पानीबाहेक नेपालमा उपलब्ध सवै पानीको मुख्य श्रोत नेपालमा पर्ने वर्षातको पानी नै हो ।
त्यसैले, नेपालमा उपलब्ध पानीको परिमाणको कुरा गर्दा ४ वटा श्रोतबाट प्राप्त हुने पानीको विश्लेषण गर्न जरुरी हुन्छः चीनबाट बगेर आउने पानी, हिंमनदी पग्लेर आउने पानी, वर्षातबाट उपलब्ध हुने पानी र भूमिगत पानी ।
चिनबाट बगेर आउने पानीः
कोशी, गण्डकी र कर्णाली नदीका जलग्रहण क्षेत्रहरु चीनमा पनि पर्छन् । नेपालमा बग्ने नदीहरुको २९,७३० वर्ग किलोमिटर जलग्रहण क्षेत्र चीनमा पर्दछ र यसमध्ये सबैभन्दा धेरै २५,३०० वर्ग किलोमिटर जलग्रहण क्षेत्र अरुण नदीमा पर्दछ । बाँकी ४,४३० वर्ग किलोमिटर अन्य नदी बेसिनहरुमा पर्दछ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको संक्षिप्त परिचयमा अरुण नदी मा २५,३०० वर्ग किलोमिटर जलग्रहण क्षेत्र चिनमा पर्ने उल्लेख गरिएको छ । र उक्त आयोजनाको प्रस्तावित बाँधस्थलमा वार्षिक सालाखाला बहाव २०० क्यूमेक्स भएको तथ्यांकलाई आधार मान्दा अरुण नदीमा चीनबाट वार्षिक सालाखाला ६.३ अर्ब घनमिटर पानी नेपाल प्रवेश गर्ने देखिन्छ । यसै हिसाबले नेपालको पश्चिम हिमालमा पूर्वी हिमालभन्दा २० प्रतिशत ज्यादा पानी पर्ने हिसाबले गणना गर्दा चीनमा पर्ने सम्पूर्ण जलग्रहण क्षेत्रबाट नेपाल प्रवेश गर्ने पानीको कूल आयतन ७.४९ अर्ब घनमिटर हुन आउँछ ।
हिमनदी पग्लेर आउने पानीः
विश्वव्यापी उष्णता र वातावरण परिवर्तनका कारण हिमालयमा अवस्थित हिमनदीहरुको हिउँ पग्लने र सोका कारण नदीहरुको बहावमा केही बढोत्तरी हुने कुरा नदीहरुमा मापन गरिएका तथ्यांकहरुले देखाउन सफल नभए पनि उक्त परिमाणको पानी बग्ने अन्यत्र कुनै ठाउँ नभएकाले नेपालका प्रथम श्रेणीका नदीहरुमा नै सो पानी प्रवाहित हुने अनुमान गरिन्छ । यस्तो पानीको परिमाण वार्षिक २.१२ अर्ब घनमिटर हुने हालसालै यो लेखकसमेत सम्मिलित एउटा अध्ययनले देखाएको छ ।
भूमिगत पानीः
नेपालको तराई क्षेत्रमा वार्षिक ८.८६ अर्ब घनमिटर पानी पुनःपूर्ती (रिप्लेनिश) हुने गरेको तथ्यांक प्रकाशित भएको छ (बर्षमान पुन, श्वेतपत्र, २०७२) । त्यस्तै नेपालको पहाडी क्षेत्रमा सालबसाली रुपमा १.५ अर्ब घनमिटर पानी पुनःपूर्ती हुने कुरा उल्लेख गरिएको भए पनि यस आलेखकर्ताले हालसालै गरेको एक अध्ययनले यस्तो पानीको परिमाण कम्तीमा पनि २७.६६ अर्ब घनमिटर हुने देखिएकाले श्वेतपत्रमा प्रकाशित तथ्यांकलाई सच्याउनु पर्ने मेरो राय छ । तर, यो सवै परिमाणको पानी वर्षातको पानीबाट नै पुनःपूर्ति हुने हुनाले यस परिमाणको पानीलाई छुट्टै हिसाब गर्नुपर्ने नदेखिए पनि यो परिमाणको पानी वर्षातको समयमा भूमिगत हुने र प्रायः सोही परिमाणको पानी सुख्खा याममा नदीमा वहने हुनाले यसलाई छुट्टै गणना गर्न आवश्यक देखिदैन ।
रोचक कुरो के छ भने नेपालको तराईमा वार्षिक रुपमा पुनःपूर्ति हुने ८.८६ अर्ब घनमिटर पानीमध्ये १.९४ घनमिटर पानी नेपालको तराईक्षेत्रमा नै सिचाईमा खर्च हुने अध्ययनहरुले देखाएका छन । तर यसरी पुनःपूर्ति हुने पानीको ठूलो हिस्सा अर्थात ६.९२ अर्ब घनमिटर (७७.९०%) भूमिगत पानी अदृश्यरुपमा सिमाना पारी खर्च हुने गरेको अनुमान लगाउन गाहारो पर्दैन । तर यसबारे नेपालमा कसैलाई चासो भएको देखिदैन ।
किनभने, नेपालका मुख्य–मुख्य ९ वटा नदीहरुमा ती नदीहरु पहाडबाट तराईमा निस्कने स्थानमा तिनीहरुको कुल जलग्रहण क्षेत्र १ लाख १८ हजार ४५१ वर्ग किलोमिटर र मापन गरिएका पानीका बहावले ती स्थानहरुबाट वार्षिक सालाखाला १५१.३४ अर्ब घनमिटर पानी बगेर जाने देखिन्छ (इसिमोडद्वारा प्रकाशित सन्दर्भ सामाग्री, इसिमोड, २००१ तथा पोखरेल २०२३ – नेपालमा कती पानी पर्दछ) । यस परिमाणको पानीमा चीनबाट बगेर आउने वार्षिक सालाखाला ७.४९ अर्ब घनमिटर र हिउँ पग्लेर आउने २.१२ अर्ब घनमिटर पानीलाई घटाउँदा नेपालका मुख्य पहाडी क्षेत्रका १ लाख १८ हजार ४५१ वर्ग किलोमिटर क्षेत्रमा वर्षाबाट उपलब्ध भएको कुल पानीमध्ये वार्षिक १४१.७३ अर्ब घनमिटर पानी मापन गरिने स्थानमा उपलब्ध हुने देखिन्छ ।
वर्षातबाट आउने पानीः
नेपाल सरकारद्वारा प्रकाशित जलवायुसम्बन्धी तथ्यांकहरु त्यति भरपर्दा छैनन भन्ने टिप्पणी उक्त तथ्यांक सम्मिलित प्रकाशनमा नै गरिएकाले तिनीहरु नै सही हुन् भन्ने अवस्था छैन । तथापि, सरकारले प्रकाशित गरेको तथ्यांकभन्दा अर्को श्रोत नभएकाले सोहीलाई आधार मानी विष्लेषण गरी प्रस्तुत गरिएको छ । तर, विभिन्न लेखकहरुद्वारा प्रकाशित सामाग्रीहरुमा नेपालमा वार्षिक सालाखाला १५०० मिलिमिटरको आसपास पानी पर्दछ भन्ने उल्लेख भएको पाइन्छ भने अन्य सामाग्रीहरुमा नेपालमा वार्षिक सालाखाला २२५ अर्ब घनमिटर पानी उपलब्ध छ भन्ने कुरा उल्लेख भएको पाइन्छ । ती दुवै भनाईका आधारमा हिसाब गर्दा नेपालमा वार्षिक सालाखाला १,५२५.६२ मिलिमिटर पानी पर्ने देखिन्छ ।
तर, नदीहरुको बहावका आधारमा उल्टो हिसाब गर्दा यी तथ्यांकहरुमा व्यापक परिबर्तन गर्न जरुरी देखिन्छ । किनभने, नेपालका मुख्य–मुख्य ९ वटा नदीहरुमा ती नदीहरु पहाडबाट तराईमा निस्कने स्थानमा तिनीहरुको कुल जलग्रहण क्षेत्र १ लाख १८ हजार ४५१ वर्ग किलोमिटर र मापन गरिएका पानीका बहावले ती स्थानहरुबाट वार्षिक सालाखाला १५१.३४ अर्ब घनमिटर पानी बगेर जाने देखिन्छ (इसिमोडद्वारा प्रकाशित सन्दर्भ सामाग्री, इसिमोड, २००१ तथा पोखरेल २०२३ – नेपालमा कती पानी पर्दछ) । यस परिमाणको पानीमा चीनबाट बगेर आउने वार्षिक सालाखाला ७.४९ अर्ब घनमिटर र हिउँ पग्लेर आउने २.१२ अर्ब घनमिटर पानीलाई घटाउँदा नेपालका मुख्य पहाडी क्षेत्रका १ लाख १८ हजार ४५१ वर्ग किलोमिटर क्षेत्रमा वर्षाबाट उपलब्ध भएको कुल पानीमध्ये वार्षिक १४१.७३ अर्ब घनमिटर पानी मापन गरिने स्थानमा उपलब्ध हुने देखिन्छ ।
वर्षाबाट प्राप्त पानीको केही अंश इभापोट्रान्स्पिरेशन (वाष्पोत्सर्जन) मा खर्च हुन्छ भने थप केही परिमाण जमिनको mयष्कतगचभ अयलतभलत (आर्द्रता) बढाउने कार्यमा खर्च हुन्छ । यसबाहेक, नेपालका पहाडी भूभागमा भूमिगत जलभण्डारहरु भर्नमा बर्षातको केही पानी खर्च हुन्छ भने बाँकी रहेको पानीमध्ये केही पानी पहाडी क्षेत्रमा नै विभिन्न कार्यमा खर्च हुन्छ । नेपालमा वार्षिक रुपमा उपलब्ध पानीको परिमाणको हिसाब गर्दा नेपालको पुरै भूभाग १ लाख ४७ हजार ४८० बर्ग किलोमिटरको हिसाब गर्नु पर्नेमा माथि उल्लिखित पानीको परिमाण केवल १ लाख १८ हजार ४५१ बर्ग किलोमिटरको पहाडी भूभागको मात्र भएकाले तराईको २१ हजार वर्ग किलोमिटर तथा शिवालिक क्षेत्रको केही भाग ८ हजार २९ बर्ग किलोमिटर क्षेत्रमा उपलब्ध थप पानीको परिमाण समेतको हिसाब हुन जरुरी हुन्छ । यस्तो हिसाब वार्षिक सालाखाला १ हजार ८ सय ९९ दशमलब ६ मिलिमिटर वर्षा हुने हिसाबमा वाष्पोत्सर्जन, आर्द्रता र भूमिगत जल भण्डारको पुनर्भरणसमेतको हिसाब गर्दा एक सय ७४ दलशमलब ८१ अर्ब घनमिटर हुन्छ ।
हालसालै गरिएको एक अध्ययनले पुरै नेपालमा वाष्पोत्सर्जन मा ६८.२९ अर्ब घनमिटर, आर्द्रता बढाउने कार्यमा ४५.०४ अर्ब घनमिटर, नेपाल भित्र खपत हुने पानीको कुल परिमाण २४.४५ अर्ब घनमिटर र भूमिगत जलभण्डारको पुनर्भरण मा ३६.५२ अर्ब घनमिटर पानी खर्च हुने देखाएको छ । यसरी नेपालमा वर्षातबाट प्राप्त पानीको परिमाणमा तत्काल हुने ह्रास (वाष्पोत्सर्जन, आर्द्रता र भूमिगत जलभण्डारको पुनर्भरण हुन्छ तर बर्षातमा भएको भूमिगत जलभरण हिउँदमा पुनः नदीमा प्रवाह हुने भएकाले सोही बमोजिम हिउँदको महिनामा उक्त पानीको उचित हिसाब हुन जरुरी हुन्छ ) र नेपालको पहाडमा सालबसाली रुपमा खपत हुने पानीको परिमाण १४.३७ अर्ब घनमिटर जोड्दा कुल वर्षातबाट प्राप्त हुने पानीको परिमाण २८६.९४ अर्ब घनमिटर हुन्छ । यस हिसाबले, नेपालमा वार्षिक सालाखाला १९४५.६२ मिलिमिटर वर्षा हुने देखिन्छ । र नेपालमा वार्षिक रुपमा उपलब्ध हुने कुल पानीको सालाखाला परिमाण ३०६.६३ अर्ब घनमिटर हुन आउँछ ।
माथि उल्लिखित हिसाबले नेपालबाट वार्षिक सालाखाला १८४.४२ अर्ब घनमिटर पानी जमिनबाट बगेर भारत प्रवेश गर्दछ । जमिनमुनिबाट भारत सालबसाली रुपमा प्रवेश गर्ने पानीको परिमाण माथि उल्लेख गरिएझै ६.९२ अर्ब घनमिटर भएको अनुमान गरिएको छ ।
नेपालमा सालबसाली रुपमा हाल खपत भइरहेको ऊर्जाको सालाखाला परिमाण एकदमै न्यून भएको तथा ऊर्जाको माग छिमेकी मुलुकमा अत्यधिक नै भए पनि त्यहाँ नेपाली बिजुलीको बजारको सम्भावना न्यूनतम देखिएको छ । भारतीय विदेशमंन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा यही जनवरी ४, २०२४ मा सम्पन्न ऊर्जा खरिदसम्बन्धी सम्झौतामा नेपालमा उपलब्ध विद्युत् ऊर्जा भारतले बिना अतिरिक्त शर्त खरिद गर्ने विषय छलफलको बिषय सूचीमा समेत पर्न नसकेको परिप्रेक्षमा भारतले नेपालबाट खरिद गर्ने भनी स्वीकारेको १० वर्षमा १० हजार मेगावाट जलविद्युतका बिषयमा नेपाली जलविद्युतकर्मीहरुले ज्यादा उत्साहित हुनुपर्ने अवस्था देखिदैन । यो सम्झौता तथा यससँग सम्बन्धित पत्राचार सार्वजनिक नभएकाले यसको पक्ष वा विपक्षमा टिप्पणी गर्न हतार गर्नु उचित हुन्न ।
नेपालको बिजुलीः
नेपालमा तीन प्रकारका'Clean, Green and Renewable' बिजुलीको प्रचूर सम्भावना छ । यी तीन श्रोतहरुमा जलविद्युतको सुरुवात अघिल्लो शताब्दीबाट नै भएको तथा सौर्य बिजुलीको सुरुवात र यस प्रविधिमा भइरहेको द्रुत विकासका कारण जलविद्युतको साथै सौर्य बिजुलीको प्रचुर सम्भावना देखिएको छ । वायु ऊर्जाको क्षेत्रमा नेपालमा कम मात्रामा चासो दिइएको छ । जलविद्युतको प्रसंगमा कुरा गर्दा नेपालमा यसको कति सम्भावना छ त भन्ने कुराको मूल्यांकन ६० को दशकमा डा. हरिमान श्रेष्ठबाट भएको ८३ हजार मेगावाट क्षमताको आँकडा नै हालसम्म दोहो¥याउने गरिएको छ । नेपालमा उपलब्ध जलविद्युतबाट निकाल्न सकिने ऊर्जाको हिसाब कसैले गरेको मेरो नजरमा परेको छैन । बास्तवमा भन्ने हो भने उत्पादन हुन सकिने अधिकतम ऊर्जाको हिसाबका आधारमा नै क्षमताको आँकलन गरिनुपर्छ किनभने अधिकतम ऊर्जा स्थिर हुन्छ तर क्षमतालाई विभिन्न कारणले घटबढ गर्न सकिन्छ ।
नेपालबाट भारततर्फ बगेर जाने पानीमध्ये नदी तथा खोलाहरुबाट बग्ने पानीबाट बिजुली निकाल्न सहज हुने हुनाले त्यस्तो पानीको कुल वार्षिक सालाखाला परिमाण १५१.३४ अर्ब घनमिटर पानीका आधारमा अधिकतम ऊर्जा उत्पादनको अनुमान गरिएको छ । पानीको औसत सालाखाला ड्रप वा हेडको हिसाब एकदमै मोटामोटी तरिकाले गर्दा नेपालका नदीहरु बग्ने अधिकतम उचाई करिव २ हजार मिटर तथा नेपालका नदीहरुको सालाखाला भारत प्रवेश गर्ने स्थानको उचाई करिव सय मिटरका आधारमा अनुमान गरिएको छ । यसबाहेक, नेपालका उच्च इलाकाहरुमा पानीको उपलब्धता कम हुने तथा उचाई कम हुँदै जाँदा पानीको उपलब्धतामा बढोत्तरी हुने हुनाले पानीको अधिकतम परिमाणको आधा पानी औसत उचाईको एक तिहाइ हेडबाट खसाउँदा हुने ऊर्जा उत्पादनलाई सालाखाला वार्षिक ऊर्जा उत्पादन भनी हिसाब गरिएको छ । यसरी नेपालको कुल वार्षिक ऊर्जा उत्पादन क्षमता ११ लाख ६२ हजार १८८ गिगावाट आवर अनुमान गरिएको छ । यसैका आधारमा नेपालको वार्षिक विद्युत् उत्पादन क्षमता २३२.४४ गीगावाट घण्टा हुने देखिन्छ । तर, यो उत्पादन क्षमतामा बजार तथा अन्य सूचकका आधारमा सम्भाव्य हुने हुनाले यसमा कम बेसी हुन सक्नेछ ।
यसरी उत्पादन हुन सक्ने अधिकतम परिमाणको जलविद्युत् ११ लाख ६२ हजार १८८ गिगावाट आवर विद्युत् ऊर्जा भए पनि आर्थिक रुपमा सम्भाव्य ऊर्जाको परिमाण बजार, माग तथा बिक्रीदरका आधारमा निर्धारण हुने गर्दछ । त्यसैले ऊर्जाको यस्तो परिमाण माथि उल्लिखित परिमाणभन्दा निकै कम हुन सक्छ ।
नेपालमा सालबसाली रुपमा हाल खपत भइरहेको ऊर्जाको सालाखाला परिमाण एकदमै न्यून भएको तथा ऊर्जाको माग छिमेकी मुलुकमा अत्यधिक नै भए पनि त्यहाँ नेपाली बिजुलीको बजारको सम्भावना न्यूनतम देखिएको छ । भारतीय विदेशमंन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा यही जनवरी ४, २०२४ मा सम्पन्न ऊर्जा खरिदसम्बन्धी सम्झौतामा नेपालमा उपलब्ध विद्युत् ऊर्जा भारतले बिना अतिरिक्त शर्त खरिद गर्ने विषय छलफलको बिषय सूचीमा समेत पर्न नसकेको परिप्रेक्षमा भारतले नेपालबाट खरिद गर्ने भनी स्वीकारेको १० वर्षमा १० हजार मेगावाट जलविद्युतका बिषयमा नेपाली जलविद्युतकर्मीहरुले ज्यादा उत्साहित हुनुपर्ने अवस्था देखिदैन । यो सम्झौता तथा यससँग सम्बन्धित पत्राचार सार्वजनिक नभएकाले यसको पक्ष वा विपक्षमा टिप्पणी गर्न हतार गर्नु उचित हुन्न । साथै नेपालमा भारतले निर्माण गर्न प्रस्ताव गरेका नदीको प्रवाहमा आधारित आयोजनाबारे त्यति आलोचना गर्न समेत उचित देखिदैन । तर, नेपालमा भारतले निर्माण गर्न प्रस्ताव गरेका जलाशययुक्त आयोजनाद्वारा नियमन गरिने पानीको भारतमा हुने प्रवाहबारे थप सम्झौता भई कार्य अगाडि बढाउँदा मात्र नेपालको हित सुनिश्चित हुन सक्छ । यसैबीच, नेपालभित्र बिजुलीको आन्तरिक खपत बढाउने कुरा नेताहरुको भाषणमा मात्र सीमित छ । नेपालसँग बिजुलीको अर्को बजारको विकल्प पनि छैन । यो परिस्थितिले ८० को दशक को पाकिस्तानको झझल्को दिन्छ ।
नियमन गरिएको पानी र खाद्य उत्पादनः
नेपालबाट सालबसाली रुपमा १८४.४२ अर्ब घनमिटर पानी जमिनबाट बगेर भारत जाने कुरा माथि नै उल्लेख गरिएको छ । साथै, नेपालको तराईमा वार्षिक सालाखाला १०.०८ अर्ब घनमिटर पानी खपत हुने गरेको कुरासमेत माथि उल्लेख गरियो । तर, नेपालमा नै पानीको खपत आवश्यकता अनुसार बढाउन सके नेपालभित्रै खाद्यपदार्थको उत्पादनमा व्यापक वृद्धि गर्न सकिने कुरा ज्ञात हुँदाहँुंदै पनि यसो गर्न सकेको अवस्था विद्यमान छैन । नेपालमा सिंचाईं केवल बर्षे धान खेतीका लागि मात्र उपलब्ध छ भन्दा अत्युक्ति नहोला । नेपालको तराईमा सिंचाईंमा वार्षिक केवल १.९४ अर्ब घनमिटर भूमिगत पानीको उपयोग हुने गरेको तथ्यले यसको पुष्टि गर्दछ ।
नेपालको तराईमा धान खेतीयोग्य जमिनको क्षेत्रफल ९ हजार ७ सय ७४ दशलमब १४ वर्ग किलोमिटर भएको तथ्यांक उपलब्ध छ । साथै नेपालको पहाडी प्रदेशमा करिब ३ हजार ९ सय ४३ दशमलब ९५ वर्ग किलोमिटर धान खेतीयोग्य जमिन भएको तथ्यांक छ । यसैका आधारमा नेपालमा धानखेती योग्य जमिनको क्षेत्रफल करिब १३ हजार ७ सय १८ दशमलब ९ वर्ग किलोमिटर भएको देखिन्छ । नेपालमा यसैको हाराहारीमा सिंचाईं योग्य जमिन भएको प्रस्तुत तालिकामा देख्न सकिन्छ ।
नेपालमा सिचाईको अवस्था, हेक्टर मा
खाद्य मंन्त्रालयको श्रोतको आधारमा भन्ने हो भने १३ लाख ९२ हजार १७७ हेक्टर सिचाई योग्य जमिनमा १३ लाख ७१ हजार ८०९ हेक्टर जमिन धान खेतीयोग्य तथा बाँकी २० हजार ३६१ हेक्टर खेती योग्य जमिनमा सिचाई हुन नसक्ने मेरो बुझाई छ । नेपालका मुख्य–मुख्य सतही सिचाई आयोजनाहरुबाट कुल ५ लाख ४६ हजार ८९ हेक्टर जमिनमा सिचाई सुबिधा उपलब्ध भएको तथ्यांक सरकारी दस्तावेजहरुले देखाउँछन् ।
तर नेपालमा सिचाई हुन सक्ने जमिनको क्षेत्रफल १७ लाख ६६ हजार हेक्टरमा आवश्यकताअनुसार बाह्रै महिना सिचाई व्यवस्था गर्न आवश्यक पानीको कूल परिमाण ३५ लाख ३२ हजार हेक्टर मिटर वा ३५.३२ अर्ब घनमिटर लाग्ने मा हाल प्रयोग भएको पानीको परिमाण १०.०८ अर्ब घनमिटर घटाउँदा थप आवश्यक पर्ने पानीको परिमाण २५.०८ अर्ब घनमिटरलाई नेपालभित्र आवश्यकता अनुसारको सिंचाईमा प्रयोग गर्दा प्रतिहेक्टर करिव १४ टन अन्न उत्पादन गर्न सकिन्छ । यस परिमाणको अन्न उत्पादनमा हाल हुने परिमाण करिव ६ टनलाई घटाउँदा वार्षिक थप ८ टन अन्न प्रतिहेक्टर उत्पादन गर्न सकिन्छ । यस हिसाबले, नेपालको सिचाई हुन सक्ने १७ लाख ६६ हजार हेक्टर जमिनमा सलाखाला वार्षिक थप १ करोड ४१ लाख २८ हजार टन अन्न उत्पादन गर्न सकिन्छ । अन्नको सालाखाला मूल्य प्रतिटन ४० हजार रुपैयाँका दरले हिसाब गर्दा नेपालमा उत्पादन हुन सक्ने थप अन्नको कुल वार्षिक मूल्य ४.१९ अर्ब अमेरिकी डलर बराबर हुन्छ ।
यसबाहेक, नेपालबाट भारततर्फ बगेर जाने वार्षिक १८४.४२ अर्ब घनमिटर पानीमध्ये नेपालको तराई र सोसँग जोडिएका क्षेत्रबाट बग्ने करिव ३३.०८ अर्ब घनमिटर पानी र नेपालभित्र प्रयोग हुन सक्ने पानीको परिमाण २५.०८ अर्ब घनमिटर घटाउंदा १२६.२६ अर्ब घनमिटर नेपालमा नियमन गरिएको पानी छिमेकी भारतका बिहार, उत्तर प्रदेश, बंगाल तथा अन्य स्थानहरुमा सिंचार्इंलगायत अन्य उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न गराउन भारतसँग नियमन गरिएको पानी आपूर्तिसम्बन्धी सम्झौता गरी व्यवस्थापन गर्न सकिन्छ । नेपालमा नियमन गरिएको पानी भारतमा आपूर्ती गर्दा पर्ने पानीको दर रेट हालसालै यो लेखकले गरेको विश्लेषणबाट प्रतिघनमिटर १७.६४ अमेरिकी सेन्ट पर्ने हिसाबमा माथि उल्लिखित परिमाणमा नियमन गरिएको पानीको मूल्य भारतमा निकासी गर्दा वार्षिक सालाखाला २२.२७ अर्ब अमेरिकी डलर बराबर हुने देखिन्छ । साथै, यो वार्षिक कुल बिक्री मूल्य बढदै जाने भएकाले सोहीबमोजिम नियमन गरिएको पानी आपूर्तिसम्बन्धी सम्झौता समय–समयमा परिमार्जन गर्नुपर्छ । यस मूल्यांकनमा नेपालको तराईबाट बर्षातको समयमा बगेर भारत जाने नियमन नगरिएको पानीको हिसाब समावेश गरिएको छैन ।
स्मरण रहोस, कुलेखानी आयोजनामा नियमन गरिएको वार्षिक करिव १० करोड घनमिटर पानी नेपालबाट बगेर भारत जाने गरेको छ । उक्त पानीको वार्षिक मूल्य माथिकै हिसाबमा करिब १.७६४ करोड अमेरिकी डलर रहेकोमा यो पानी हालसम्म निःशुल्क प्रवाह भइरहेको छ । पानीको प्रवाह मात्र निशुल्क होइन अपितु अन्तर्राष्ट्रिय कानुन अनुसार यस्तो कार्यले नेपालमा नियमन गरिएको पानीमा भारतको अधिकार समेत स्थापित गर्न सक्तछ ।
नेपालका जलाशययुक्त आयोजनाबारे केही छलफल
https://www.jalsarokar.com/thought/610/
आजदेखि साञ्जेन जलविद्युत् (४२.५ मेगावाट) पूर्ण क्षमतामा सञ्चालन हुँदै
मनाङ-मर्स्याङ्दी जलविद्युत्मा १७ करोड ५२ लाख अमेरिकी डलर लगानी सम्झौता
आजको मौसम मुख्यतया सफा (२५ प्रतिशत आकाश बादलले ढाक्ने)
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल
ऊर्जा दक्षता प्रवर्द्धनको निमित्त अनुुदान योजनाको शुभारम्भ
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय