नेपालमा कति पानी छ भनेर हामीलाई थाहा छैन । हामीले पढेको लिटरेचरहरुमा २२५ क्युविक किलोमिटर वार्षिक उपलब्ध छ भनेर भनियो । तर मैले हिसाव गर्दा एकदमै गलत देखें । नेपालमा सालाखाला वार्षिक १५०० मिलििलटर पानी पर्छ भनेर आज पनि हाम्रा विज्ञहरुले टेबुल ठोकिरहेका छन् । तर १५ सय हैन, २२०० देखि २२५० मिलिलिटर वार्षिक सालाखाला पानी पर्छ भन्ने कुरा मैले हिसाव गरेर निकालेको छु ।
त्यसको हिसावमा नेपालमा २२५ क्युविक किलोमिटर पानी वर्षमा हैन, ३६२ क्युविक किलोमिटर पानी वर्षमा नेपालमा उपलब्ध छ । त्यो ३६३ क्युविक किलोमिटर पानीमध्ये केही पानी वाष्पीकरण भई जान्छ भने केही पानी जमिनले सोच्छ । केही पानी जमिनमुनिका पानीका श्रोतहरु भूमिगत भण्डारमा खर्च हुन्छ । बाँकी रहेको पानीचाहिं खोलानालामा बग्ने हो । त्यसले गर्दा झण्डै–झण्डै आधाजस्तो पानी वाष्पीकरण, जमिनले सोच्छ्ने, भूमिगत भरेर र केही चुहावट भएर खर्च हुन्छ भने बाँकी रहेको पानी नदीमा बग्छ । नदीमा बगेको पानी ९९ प्रतिशत भारत जान्छ । आजको वास्तविकता हाम्रो यही हो ।
हामीले के भन्छौ भने नेपालचाहिं जलश्रोतमा धनी देश । अझ हाम्रा बहादुर साथीभाइ त के पनि भन्छन् भने ब्राजिलभन्दा नेपाल दोश्रो । ब्राजिलले पहिलो हुँ भनेको मैले पढेको–सुनेको छैन र बोलेको पनि सुनेको छैन । हामीचाहिं ब्राजिलभन्दा पछि दोश्रो हो भन्छौं । यो नितान्त गलत हो । किनभने नेपालमा जलश्रोत भन्ने छँदै छैन । हामीहरु जलपडित देशका हाैं । हामी वर्षको ४ महिना बाढीले पीडित छौं । बाँकी रहेको ८ महिना खडेरीले पीडित छौं । खडेरी पनि श्रोत हैन, बाढी पनि हैन भने हामी कसरी पानीमा धनी भयाैं त र?
त्यसले गर्दा जुन हाम्रा विज्ञहरु, योजनाविद्हरुले भन्ने गरेको ‘नेपाल जलश्रोतमा धनी देश हो’ चाहिं नितान्त गलत हो । त्यसलाई आजैबाट भन्न बन्द गरे हुन्छ । तर अब नेपाल के हो त त्यसो भए रु नेपालमा २२५ क्युविक किलोमिटर पानी उपलब्ध हुन्छ भन्थे । पहिला मैले हिसाब गर्दा ३६२ क्युविक किलोमिटर पानी देखियो । यत्रो ३६२ क्युविक किलोमिटर पानी हुने देश फेरि कसरी पानी पीडित भयो त भन्ने प्रश्न आउन सक्ला । प्रश्न जायज हुन सक्छ । तर त्यो बाढीमा बगेर जाने पानी हाम्रो घरखेत बगाएर लैजाने पानीलाई हामीले श्रोत भनेर कसरी भन्ने ? श्रोत भनेको त सम्पत्ति हो । तपार्इंको सम्पत्तिले कहीं तपाईलाई बिर्गाछ ? त्यो त बाउबाजेले खाएको ऋण जस्तो हो जसरी पनि तिर्नुपर्छ— चाहे पनि, नचाहे पनि ।
बाढी कसैले बनाएको हैन, प्राकृतिक रुपमा आउँछ । जान्छ । अब हाम्रा तथ्यांकहरुमा चाहिं वर्षमा ८० प्रतिशत पानी ४ महिनामा पर्छ भन्ने छ । पूर्वदेखि पश्चिम महाकालीसम्म हेर्दा खेरी ठाउँ अनुसार फरक फरक छ । सालाखाला ७५, ८० प्रतिशतबीचमा भन्दा फरक पर्दैन । तर त्यो वर्षको ४ महिनामा पर्ने पानी, जुन बाढी आउँछ त्यो बाढीलाई व्यवस्थापन गरेर जलश्रोतमा परिणत गर्न सक्छौं । त्यो परिणत गर्ने प्रचूर सम्भावना हामीसँग छ । त्यो सम्भावनाचाहिँ हामीसँग पहाड मात्र भएर सम्भावना भएको हैन, हामीकहाँ पहाड मात्र भएर त्यो पहाडमा बाँध बनाएर बत्ती निस्कन्छ भन्ने मात्र हैन, हाम्रो छिमेकी राष्ट्र भारत पनि बाढीपीडित छ ।
खडेरीले पनि पीडित छ । त्यसैगरी जमिनको उपलब्धता पनि ५० औ गुना बढी छ । त्यसैले हामीले बनाएको बाँधबाट जोगाएर राखेको, सँचित गरेको पानी सकेसम्म नेपालको सिमानाभित्र प्रयोग गरेर त्यसबाट बाँकी रहेको पानी दुबै देशको हितमा रहने गरी सिचाँईमा प्रयोग गर्नै हो भने हामीलाई बिद्युत उत्पादनबाट जति पैसा प्राप्त हुन्छ त्यस भन्दा १० देखि १५ गुण पैसा हामीलाई फाईदा हुन्छ । त्यसैले हामीले यि कुरालाई ध्यानमा राखेर चाँडोभन्दा चाडो काम अगाडी बढाउन सके हाम्रो देशको हितमा हुनेछ ।
भारत स्वतन्त्र भएपछि सन् १९४७ देखि हालसम्म नेपालको पानीको व्यवस्थापनमा चासो नदेखाएको कारण भारतलाई एक ट्रिलियन डलर भन्दा बढी घाटा भइसकेको छ । यसको १० देखि १५ प्रतिशत नेपाललाई पनी नोक्सानी भएको छ त्यसैले यस्ता योजना अगाडी बढाउन हामीले मात्र पनि सक्दैनौ । त्यसैले दुबैै राष्ट्रको हितमा हुने गरी व्यवस्थापन गरेर आमीले नियन्त्रित पानीलाई सिंचाईं, मत्स्यपालन लगायत गंगाको पानीबाट जलयातायात सञ्चालन गर्ने र कलकत्ता पुगेर पानी जहाजबाट सामान ढुवानी गर्न सक्यौ भने ढुवानीको लागत धेरै घट्ने मनोवैज्ञानिकरुपमा बिना रोकावट अगाडी बढ्न सक्छौ ।
(क्रमशः)
एनएमबि बैंकलाई लैगिंक समावेशी कार्यस्थलको अवार्ड
साताको अन्तिम दिन ०.५७ प्रतिशतले घट्यो सेयर
खाङग्रानाका नागरिकलाई पानीको समस्या
भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान हराए
नेपाल-चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता