इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसमा काठमाडौँमा झन्डोत्तोलन
जलसरोकार
काठमाडौँ: गणतन्त्र इन्डोनेसियाको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौँमा विशेष झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालयद्वारा पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा आयोजित कार्यक्रममा अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले झन्डोत्तोलन गरे । कार्यक्रममा उनले नेपाल–इन्डोनेसिया सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै यसलाई जनस्तरसम्म विस्तार गर्ने प्रयास भइरहेको बताए ।
ढकालका अनुसार दुई देशबीच आपसी व्यापार र अनुभव आदानप्रदानले सरकार र नागरिक दुवैलाई फाइदा पुर्याउने सम्भावना भएकाले सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक छ। नेपाल र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो । हाल नेपालका लागि इन्डोनेसियाको आवासीय दूतावास बङ्गलादेशको राजधानी ढाकामा छ ।
आसियान राष्ट्रहरूमध्ये इन्डोनेसिया सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो । नेपाल–इन्डोनेसिया व्यापारको परिमाण ठूलो रहँदै आएको छ भने पर्यटन, आयात–निर्यातलगायत क्षेत्रहरूमा थप सम्भावना रहेको पनि बताइन्छ ।
कार्यक्रममा नेपालमा बसोबास गर्ने इन्डोनेसियन नागरिक, वाणिज्य दूत कार्यालयका प्रतिनिधि तथा आइएमई समूहका कर्मचारीहरूको उपस्थिति थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पहिरो र कटानले नौ सडकखण्ड पूर्ण अवरुद्ध
-
विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष धितालद्वारा शपथ ग्रहण
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
थर्कबहादुरले ऊर्जामन्त्रीलाई थाङ्नामा सुताए
-
आयातको बाढी, निर्यातको सुस्त गति : १७ खर्ब ८१ अर्बको व्यापार घाटाले अर्थतन्त्रमा दबाब
-
तनहुँका भूमि प्रशासन र नापी सेवामा सुधार गर्न सांसद न्यौपानेको माग