दीपक खड्का नबिल बैंक सेयर बजार ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ एनएमबी बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

साताको पहिलो दिन सेयर बजार २७ अंकले घट्यो

जलसरोकार
आइतबार, भदौ ०१, २०८२ | १६:००:०७ बजे

 

काठमाडौँ: साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.१४ अंकले घटेर २,७६१.२२ विन्दुमा पुगेको छ। आज ३१७ कम्पनीका दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता शेयर ८६ हजार ६६९ पटक खरिद–बिक्री हुँदा सात अर्ब ७३ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

आज सबै समूहका उप–सूचकमा गिरावट आएको छ। बैंकिङ १.०३ प्रतिशत, विकास बैंक ०.५१, वित्त ०.९३, होटल तथा पर्यटन ०.२१, जलविद्युत् ०.७७, लगानी ०.८३, जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन १, लघुवित्त १.३१, म्युचुअल फण्ड ०.१०, निर्जीवन बीमा ०.६८, व्यापार १.६४ र अन्य समूह १.३४ प्रतिशतले घटेका छन्।

शेयर मूल्यका आधारमा आरबिबी म्युचुअल फण्ड–१ सर्वाधिक ७.९३ प्रतिशतले बढेको छ भने सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड ७.०६ प्रतिशतले घट्दै सबैभन्दा बढी घाटामा परेको छ। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि रह्यो जसले ५१ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार ग¥यो। शेयर सङ्ख्याका आधारमा भने आरबिबी म्युचुअल फण्ड–१ अग्रस्थानमा रह्यो, जसको १३ लाख ५८ हजारभन्दा बढी कित्ता किनबेच भएको छ।

प्रकाशित मिति : आइतबार, भदौ ०१, २०८२ | १६:००:०७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया