साताको पहिलो दिन सेयर बजार २७ अंकले घट्यो
जलसरोकार
काठमाडौँ: साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.१४ अंकले घटेर २,७६१.२२ विन्दुमा पुगेको छ। आज ३१७ कम्पनीका दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता शेयर ८६ हजार ६६९ पटक खरिद–बिक्री हुँदा सात अर्ब ७३ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
आज सबै समूहका उप–सूचकमा गिरावट आएको छ। बैंकिङ १.०३ प्रतिशत, विकास बैंक ०.५१, वित्त ०.९३, होटल तथा पर्यटन ०.२१, जलविद्युत् ०.७७, लगानी ०.८३, जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन १, लघुवित्त १.३१, म्युचुअल फण्ड ०.१०, निर्जीवन बीमा ०.६८, व्यापार १.६४ र अन्य समूह १.३४ प्रतिशतले घटेका छन्।
शेयर मूल्यका आधारमा आरबिबी म्युचुअल फण्ड–१ सर्वाधिक ७.९३ प्रतिशतले बढेको छ भने सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड ७.०६ प्रतिशतले घट्दै सबैभन्दा बढी घाटामा परेको छ। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि रह्यो जसले ५१ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार ग¥यो। शेयर सङ्ख्याका आधारमा भने आरबिबी म्युचुअल फण्ड–१ अग्रस्थानमा रह्यो, जसको १३ लाख ५८ हजारभन्दा बढी कित्ता किनबेच भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार