दीपक खड्का नबिल बैंक सेयर बजार ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ एनएमबी बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्राधिकरणको विद्युत् प्रणालीमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत

जलसरोकार
आइतबार, भदौ ०१, २०८२ | १७:३३:३६ बजे

काठमाडौं : स्वदेशका निजी क्षेत्रलाई उपेक्षा गर्दै आएका विद्युत् प्राधिकरणको प्रणालीमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत रहेको पाइएको छ ।
प्राधिकरणले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार प्रणालीमा उपलब्ध कुल १५ अर्ब  ६४ करोड १० लाख युनिट बिजुलीमा निजी क्षेत्रको योगदान ८ अर्ब ६० करोड युनिट (५५ प्रतिशत) छ । 
प्राधिकरणले औसतमा प्रतियुनिट ६ रुपैयाँमा बिजुली खरिद गरेर औसतमा ९ रुपैयाँ ४४ पैसामा बेचेर गत वर्ष ९ अर्ब रुपैयाँ नाफा गरेको छ । तर प्राधिकरणमा हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक भएर आएपछि प्राधिकरणले निजी क्षेत्रको बिजुली खरिद (पीपीए) गर्न छाडेको छ ।
कार्यकारी निर्देशक शाक्य आफैले निजी क्षेत्रको बिजुली खरिद गर्न र खपत गराउन नसक्ने विवास्पद अभिव्यक्ति पटक–पटक  सार्वजनिक रुपमा दिंदै आएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणले अझै पनि निजी क्षेत्रका २२ वटा जलविद्युत् आयोजनाका बिजुलीलाई ‘कन्टिन्जेन्सी’ (प्राधिकरणले चाहेको बेलामा मात्र बिजुली लिने) मा राखेको छ ।
राज्यले गरेका गल्तीका कारण निजी क्षेत्रले समयमै उत्पादन गर्न नसक्दा प्राधिकरणले दण्ड जरिवाना गर्दै आएको छ र उत्पादन गर्ने समय (आरसीओडी) थपमा वेवास्ता गर्दै आएको छ । 
कुल विद्युत् ऊर्जामा प्राधिकरण र उसको सहायक कम्पनीको योगदान ३४ प्रतिशत रह्यो । प्राधिकरणले गत वर्ष कुल विद्युत् ऊर्जामा ११ प्रतिशत भारतबाट आयात गरेको छ । 
नेपाल विद्युत् प्राधिकरणले गत आव २०८१÷८२ मा ९७ अर्ब ७८ करोड ७० लाख रुपैयाँको बिजुली निजी क्षेत्र र भारतबाट खरिद गरेको छ ।
प्राधिकरणले आज प्रकाशन गरेका वार्षिक प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा विद्युत् खरिद १०.१५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष प्राधिकरणले निजी क्षेत्र र भारतबाट बिजुली खरिदका लागि ८८ अर्ब ७७ करोड रुपैयाँ खर्चेको थियो । योसँगै विद्युत् खरिद लागत ११.७३ प्रतिशतले वृद्धि भएको हो । 
प्रतिवेदनअनुसार हालसम्म दुई सय ४ वटा आयोजनाबाट निजी क्षेत्रले २९२९.७ मेगावाट बिजुली उत्पादन गरेको छ । प्राधिकरणको पाँचवटा सहायक कम्पनीले उत्पादन गरेको बिजुलीको जडित क्षमता ६५६.४ मेगावाट छ ।
हाल ४३०३ मेगावाटका एक सय ४२ वटा आयोजना निर्माणाधीन छन् भने १४८ वटा आयोजनाका ४२०३ मेगावाटका आयोजनाको वित्तीय व्यवस्थापन हुन सकेको छैन ।
त्यसैगरी प्राधिकरणले हालसम्म सौर्य ऊर्जासमेत गरी ११ हजार ४ सय ३६ मेगावाटको पीपीए गरिसकेको जनाएको छ ।  
प्राधिकरणले गत वर्ष विद्युत् उत्पादनमा २ अर्ब ७ करोड, प्रसारणमा ३ अर्ब २४ करोड, वितरणमा १ अर्ब २२ करोड र रोयल्टीमा १ अर्ब ८४ करोड रुपेयाँ खर्चेको छ । 
उक्त अवधिमा प्राधिकरणले तिर्ने ब्याजमा पनि ११ प्रतिशतले वृद्धि भएको छ । प्रतिवेदनअनुसार प्राधिकरणले गत वर्ष ७ अर्ब १७ करोड रुपैयाँ ब्याज मात्र ति¥यो । यो अघिल्लो वर्ष ६ अर्ब ४६ करोड रुपैयाँ थियो । प्राधिकरणलाई विदेशी विनिमय दरमा आएको परिवर्तनबाट जम्मा २ अर्ब २५ करोड रुपैयाँ घाटा प¥यो । 
भारतबाट मात्रै गत वर्ष १ अर्ब १२ करोड रुपैयाँको विद्युत् निर्यात लागत बेहोरेको छ ।
प्राधिकरणले गत वर्ष ३६ अर्ब ४५ करोड रुपैयाँ विभिन्न परियोजनामा लगानी गरेको छ । योसहित प्राधिकरणले उत्पादन, प्रसारण, वितरण ला

 

प्रकाशित मिति : आइतबार, भदौ ०१, २०८२ | १७:३३:३६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया