राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट खिच्दै
जलसरोकार
काठमाडौं: नेपाल राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । वित्तीय प्रणालीमा देखिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न तथा अन्तरबैंक ब्याजदरलाई थप घट्न नदिन केन्द्रीय बैंकले उक्त कदम चाल्न लागेको हो ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३१ दिन अवधिका लागि ६० अर्ब रुपैयाँ माग गरेको छ । यसमा बैंक तथा वित्तीय संस्थाले आफ्ना तरलता अवस्थाअनुसार बढी भएको रकम मात्र केन्द्रीय बैंकमा राख्नेछन् ।
केन्द्रीय बैंकका अनुसार आइतबार नै बैंक तथा वित्तीय संस्थाले राखेको २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको स्थायी निक्षेप परिपक्व हुने भएकाले नयाँ संकलन जारी गरिएको हो ।
गत शुक्रबारसम्म वित्तीय प्रणालीमा करिब ६० अर्ब रुपैयाँ बराबरको तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । यद्यपि, समग्र प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बराबरको बढी तरलता अझै केन्द्रीय बैंकमा रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी