राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट खिच्दै
जलसरोकार
काठमाडौं: नेपाल राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । वित्तीय प्रणालीमा देखिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न तथा अन्तरबैंक ब्याजदरलाई थप घट्न नदिन केन्द्रीय बैंकले उक्त कदम चाल्न लागेको हो ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३१ दिन अवधिका लागि ६० अर्ब रुपैयाँ माग गरेको छ । यसमा बैंक तथा वित्तीय संस्थाले आफ्ना तरलता अवस्थाअनुसार बढी भएको रकम मात्र केन्द्रीय बैंकमा राख्नेछन् ।
केन्द्रीय बैंकका अनुसार आइतबार नै बैंक तथा वित्तीय संस्थाले राखेको २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको स्थायी निक्षेप परिपक्व हुने भएकाले नयाँ संकलन जारी गरिएको हो ।
गत शुक्रबारसम्म वित्तीय प्रणालीमा करिब ६० अर्ब रुपैयाँ बराबरको तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । यद्यपि, समग्र प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बराबरको बढी तरलता अझै केन्द्रीय बैंकमा रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य