ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
जलसरोकार
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित भएको छ ।
सन् १९९२ मा स्थापना गरिएको यो अवार्डलाई बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्ड मानिन्छ । ग्लोबल आइएमई बैंकलाई ग्राहक सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, नवीनतम प्रविधि भित्र्याउने कार्य, वातावरणीय तथा सामाजिक सुशासनमा लगानी र उत्कृष्ट कार्यसम्पादनका आधारमा यो अवार्ड प्रदान गरिएको हो ।
युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहन अध्ययन, विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । यसमा बैंक तथा वित्तीय क्षेत्रमा ख्यातिप्राप्त विज्ञहरू संलग्न छन् ।
यससँगै ग्लोबल आइएमई बैंक तेस्रो पटक ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित भएको हो । यसअघि पनि बैंकले सन् २०२२ र २०२४ मा सोही अवार्ड प्राप्त गरिसकेको थियो ।
ग्लोबल आइएमई बैंक यसअघि ‘ग्लोबल फाइनान्स बेस्ट बैंक अवार्ड २०२४ र २०२५’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको उपाधि हासिल गरिसकेको छ ।
पाँचै विकास क्षेत्रमा शाखा विस्तार गरी मुलुकका ७७ वटै जिल्लामा सेवा पुर्याउने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक ग्लोबल आइएमईसँग हाल ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित करिब १,००० सेवा केन्द्र सञ्चालनमा छन् ।
नेपालभित्र मात्र नभई विदेशमा रहेका नेपालीहरूलाई समेत सेवा दिँदै आएको बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनसहितका देशहरूबाट रेमिट्यान्स भित्र्याउने कार्य गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा