दीपक खड्का नबिल बैंक सेयर बजार ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ एनएमबी बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भारतलाई बिजुली बेच्दा देशलाई ५ अर्ब घाटा

जलसरोकार
आइतबार, भदौ ०१, २०८२ | १२:४४:४९ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले नेपाली उपभोक्ताभन्दा सस्तो दरमा भारतमा बिजुली बेच्दा देशलाई करिब ५ अर्ब रुपैयाँ नोक्सान भएको छ ।
गत वर्ष प्राधिकरणले भारतलाई २.३८ अर्ब युनिट बिजुली भारतलाई प्रतियुनिट औसत ७.३४ रुपैयाँले बेचेको थयो । उसले गत वर्ष १.७१२ अर्ब युनिट बिजुली भारतबाट प्रतियुनिट ओसत ७.५३५ रुपैयाँमा खरिद गरेको थियो । 
प्राधिकरणले १२ अर्ब ९० करोड रुपैयाको बिजुली भारतबाट आयात गरेको थियो भने १७ अर्ब ४७ करोड रुपैयाँको बिजुली निर्यात गरेको थियो । आयातभन्दा निर्यातको परिमाण बढी भएर ४ अर्ब ५७ करोड रुपैयाँ ‘नाफा’ भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज गोरखापत्रमा छपाएको उनको प्रतिवेदनको सारांशमा छ ।
प्राधिकरणको औसत बिक्री दर (नेपाली जनतालाई) प्रतियुनिट ९.४४ रुपैयाँ छ । तर उसले भारतलाई प्रतियुनिट ७.३४ रुपैयाँमा बेच्यो । यो भनेको नेपाली जनतालाई भन्दा प्रतियुनिट २.१० रुपैयाँ सस्तोमा भारतलाई बेचेको छ । 
यसरी औसत बिक्री मूल्य २.१० रुपैयाँ कममा भारतलाई बेच्दा ४ अर्ब ९९ करोड ८० लाख रुपैयाँ घाटा पर्न गएको हो । यसलाई यसरी बुझौं :
भारतलाई बेचेको बिजुलीको परिमाण    २.३८ अर्ब युनिट    
भारतलाई बेचेको प्रतियुनिट बिक्री मूल्य    ७.३४ रुपैयाँ
नेपाली जनतालाई प्राधिकरणले बेच्ने प्रतियुनिट मूल्य    ९.४४
नेपालीलाई बेच्ने र भारतलाई बेचेको फरक (रु ९.४४-रु७.३४)    २.१०
प्राधिकरणलाई भएको घाटा (२.३८ अर्ब युनिट X रु.२.१०)    ४.९९८ करोड (पाँच अर्ब) 
प्राधिकरणले औसत बिक्री दर (प्रतियुनिट ९.४४ रुपैयाँ) भन्दा भारतलाई सस्तो (प्रतियुनिट ७.३४ रुपैयाँ) मा निर्यात गर्दा देशलाई पाँच अर्ब घाटा पुगेको हो ।
प्राधिकरणले छिमेकी देशमा विद्युत् निर्यात गर्दा औसत प्रतियुनिट ७.३४ रुपैयाँ र छिमेकी देशबाट आयात गर्दा औसत प्रतियुनिट ७.५३५ रुपैयाँ पर्दा प्रतियुनिट औसत १९.५ पैसा बढी दर दिएको पाइएको छ । अर्थात् भारतलाई बिजुली बेच्दा सस्तो र आयात गर्दा महँगो परेको छ । 
आयातको रकभन्दा निर्यातको रकम बढी भएकोमा त्यसलाई ‘खुद नाफा’ भनी प्रतिवेदन सार्वजनिक गरिएको छ । नाफा-नोक्सान निकाल्दा कतिमा किनिएको विद्युत् कतिमा बिक्री गरियो, यो हिसाब गर्न आवश्यक हुनेमा देश र जनतालाई झूटो आँकडा प्रस्तुत गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीले पनि यहीं आँकडा राखी विद्युत् निर्यात गर्दा देशलाई फाइदा भएको तथ्यांक सार्वजनिक गरेका छन् । 


 

 

प्रकाशित मिति : आइतबार, भदौ ०१, २०८२ | १२:४४:४९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया