फेदीखोला हाइड्रोपावरले साधारण सेयर निष्काशन गर्ने
जलसरोकार
काठमाडौं: फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि रु १७ करोड ५० लाख बराबरको साधारण सेयर (IPO) बिक्री गर्ने भएको छ । कम्पनीको साधारणसभाले सो निर्णय गर्दै कार्यान्वयनका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
कम्पनी भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ स्थित फेदीखोला (थुमलुङ्ग)मा चार दशमलव तीन मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ, जुन आगामी पुस मसान्तसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ ।
उक्त आयोजना निर्माणमा कुल लागत रु ९८ करोड रहने अनुमान छ । सुरुमा रु ९४ करोड अनुमान भए पनि २०८१ साउन १५ को बाढीका कारण लागत रु ४ करोडले वृद्धि भएको कम्पनीका सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए । आयोजनामा ४९ प्रतिशत (रु ४८ करोड) स्वपुँजी र ५१ प्रतिशत (रु ५० करोड) राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी रहेको छ ।
साधारणसभाले कम्पनीको अधिकृत पुँजी रु ६० करोडमा रु १० करोड थप गरी रु ७० करोड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् रु १७ करोड ५० लाख सर्वसाधारणलाई सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, कम्पनीले वन्डर्स इनर्जीको खिम्ती घ्वाङ्गखोला (९ मेगावाट) मा रु ५ करोड र इर्खुवा खोला जलविद्युत् आयोजना (१५ मेगावाट) मा रु १५ करोड लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले २०९० सालभित्र कम्तीमा १०० मेगावाट क्षमताका आयोजना अघि बढाउने योजना पनि सार्वजनिक गरेको छ ।
साधारणसभाले आगामी चार वर्षका लागि सञ्चालकमा संस्थापक चन्द्रप्रसाद बाँस्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य