अमेजन नदीमा पाइने माछा मोरङको खोलामा समेत भेटियो
जलसरोकार
मोरङ – अमेजन नदीमा पाइने मिचाहा माछाको एक प्रजाति मोरङको बेलबारी र धनपालथानमा फेला परेको छ । पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको सो माछा दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने प्रजाती हो । जुन नेपालमा पहिलो पटक बेलबारी नदीमा चार वर्षअघि देखिएको थियो ।
नयाँ प्रजातिको माछा हुनसक्ने शङ्का लागेर स्थानीय अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालले यसलाई पछ्याएका थिए ।
पछि दुई चिनियाँ अनुसन्धानकर्ता जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा यो अति मिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति रहेको पुष्टि भएको हो ।
यो माछाको वासस्थान, शारीरिक र आनुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टिसहित अनुसन्धानकर्ताले लेखेको लेख ‘बायोइन्भेजन्स् रेकर्डस्’ विज्ञान पत्रिकामा हालै छापिएको छ । लोहन्द्रा खोलाबाट यो नयाँ प्रजातिको माछाका ४३ वटा नमूना सङ्कलन गरिएका थिए ।
हेर्दा आकर्षक लाग्ने, दुई सयदेखि तीन सय ग्राम तौलसम्मका नमूना सङ्कलित भएका थिए ।
पूर्वी नेपालका तमोरलगायत नदीका ५० ठाउँमा अध्ययन गरिएकोमा लोहन्द्राका दुई ठाउँमा यो प्रजाति र त्यही जातको अर्को प्रजाति दमक क्षेत्रको खोलामा भेटिएको उल्लेख छ । यो माछा कसैको एक्यारियमबाट फुत्केर प्राकृतिक नदीमा पुगेको या भारतबाट नदीमा खेल्दै आएको हुनसक्ने अनुसन्धानकर्तामध्येको भनाइ छ ।
जताबाट आए पनि मिचाहा स्वभाव भएको यो माछालाई तत्कालै नियन्त्रण गर्न पर्ने उनीहरूको सुझाव छ । यसले यहाँका रैथाने माछालाई हेप्ने, खानेकुरा खाइदिने, फूल र भुरा खाइदिने गरेको पाइएको छ । यसैका कारण हाम्रा स्थानीय माछाहरु नास हुन सक्ने अनुसन्धानकर्मीको चिन्ता छ ।
*माथि प्रयोग भएको तस्वीर नेपालको होइन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ