काठमाण्डाै : मुक्तिनाथ दर्शन प्रालिले पोखरादेखि मुक्तिनाथसम्म निर्माण गर्ने भनिएको ८१.०१४ किमि लामो केबलकारको विस्तृत अध्ययन प्रतिवेदन बुझाएको छ । प्रालिले बुधबार लगानी बोर्डलाई अध्ययनको विस्तृत अध्ययन प्रतिवेदन बुझाएको हो । करिब ५५ अर्ब १८ करोड लागत अनुमान रहेको छ । २०७६ मा अध्ययन अनुमति पाएको उक्त केबलकारको ४ वर्षपछि अध्ययन प्रतिवेदन बुझाएको हो । प्रालिले बुधबार न वातावरणीय अध्ययन प्रतिवेदन पनि बुझाएको छ ।
कम्पनीका अध्यक्ष अरुण सुवेदीले बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई डीपीआर तथा इआइए प्रतिवेदन पेश गरेका हुन् । केबलकारको कुल लम्बाई ८१.०१४ किमि हुनेछ जुन विश्वमा बनेका अन्य केबलकारहरू भन्दा सबैभन्दा लामो हो ।
परियोजनाको लागत भने ५५ अर्ब १८ करोड हुने कम्पनीले बुझाएको डिपीआरमा उल्लेख छ । यसै गरी उच्च अल्टीच्यूटलाई मध्यनजर गर्दै बिचमा थप एउटा स्टेसन निर्माण हुनेछ । केबलकार सुरुवाती स्टेसन कास्कीको नयाँ पुलबाट मुक्तिनाथ मन्दिर परिसरमा टुङ्गिनेछ ।
मुस्ताङ पनि नेपालको उत्कृष्ट पर्यटक स्थल हो । हिमालय दृश्य, हिउँ र मुक्तिनाथ मन्दिर यसका मुख्य आकर्षण हुन् । तर, राम्रो सडक पूर्वाधार नहुँदा त्यहाँ पर्यटकलाई जान कठिनाइ हुँदै आएको थियो । सोही अवस्थालाई लक्षित गर्दै मुक्तिनाथ दर्शन प्रालिले यो परियोजना अघि बढाएको थियो । यो परियोजना बनेमा मुस्ताङ पुग्ने पर्यटकलाई धेरै सहज हुनेछ ।
कम्पनीले यो परियोजनाको अध्ययन जहाजबाट गरेको थियो । परियोजना स्थल भौगोलिक रूपमा निकै कठिन छ, त्यसैले अध्ययनमा जहाज प्रयोग गरिएको थियो । अध्ययनमा प्रयोग गरेको जहाज अस्ट्रेलियाबाट ल्याइएको थियो । अस्ट्रेलियाको एएमएम कम्पनीले जहाज ल्याएको थियो । इआईए रिपोर्ट र डिपीआर स्वीकृत भए पनि परियोजना निर्माणको काम सुरु हुनेछ । यो आयोजनामा भारतको के एन्ड आर इन्जिनियरिङ लिमिटेड लगानी र डिजाइन गर्ने गरी ठेक्का लिएको थियो । त्योअनुसार परियोजनामा लगानी सुनिश्चित भइसकेको कम्पनीको दाबी छ ।
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का
बालकुमारीमा विद्युत चुहावट भएर आगलागी
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का पानी पर्ने
चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात