जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

जलवायु परिर्वतन : विकराल समस्या आउँदैछ, तयारी छैन

मधुकर उपाध्या
बुधबार, पुस २५, २०८० | १५:०६:०० बजे

 

मधुकर उपाध्या
जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लेर कालो पत्थर देखिन थाल्यो । हिउँ पग्लँदा हिमाल चढ्न पनि सहज भएन । अझै अगाडी गएर हेर्ने हो भने मानिसहरुले प्रयोग गर्ने पानीका श्रोतहरु पनि सुकेर जान थाले । पानीका श्रोतहरु कम भए, यस्तै हो भने हिउँ सकिने हो कि भन्ने आशंका मानिसमा छ । यस्तो भएमा दुई, तीन अर्ब मानिसलाई असर पु¥याउन सक्छ भनिआएका कुरा हुन्, जुन हामीले सुनिरहेका छौं । तर जलबायु परिर्वतनलाई त्यसरी बूझ्नुभन्दा पनि हामीले हिजोको हाम्रो दैनिक जीवन चाहे त्यो किसानको होस्, चाहे त्यो श्रमिकको होस् वा अरु व्यवसाय गर्ने मानिसको होस् । जुन प्राकृतिक वातावरणको लयमा आधारित थियो । त्यो लयमा आधारित जुन हाम्रो जीवन थियो । त्योचाहिं अब परिर्वतन भएको छ ।

त्यो परिर्वतन भयो भन्नुको मतलव हिजो हामीले बेहोरेका समस्याहरु अब झन् बढी भए, हिजोका हाम्रा अप्ठयाराहरु झन् बढी भए, हाम्रा सौलियतहरु कम भए ।

हिउँदे घास, हिउँदे बालीनाली, हिउँदे वनस्पति जुन हिउँदमा हुने कुरा बर्षा याममा हुँदैन थियौ, जुन हिउँदमा हुने वनस्पतिहरु छन् तिनीहरुलाई चिसो चाहिन्थ्यो । त्यो चिसो कम हुँदै गयो । यसले गर्दा हिउँदे घास कम हुदै गयो । हिउँमा फल्ने तरकारीहरु कम भए ।

अब यसलाई ब्याख्या गरौं ।
हिजो हामी असारमा धान लगाउँथ्यौं, असारमा धान लगाएको धान मंसिरमा पाक्थ्यो । ४ महिना पानी आउँथ्यो, वर्षायाममा झरी । त्यो झरीले भूमिगत पानी पनि पुनःभरण (रिचार्ज) हुन्थ्यो । साउने मूल पलायो भने हिउदँमा पानीको दुःख हुदैन भन्थे । त्यस अनुसारको बिज्ञानबाट हामी परिचालित थियौै । अब त्यसमा परिर्वतन आयो । अब असारमा पानी नआउने दिनहरु आए । असोज कातिकमा रोकिनु पर्ने बर्षातको पानी कार्तिक तिर ठूलो पर्न थाल्यौ । त्यसैले धान लगाउने कुरा त फरक पर्याे ।

असार १५ मा हिलो खेल्ने दिनहरु नहुने भए । यी कुराहरुको परिर्वतनका साथसाथै खेतीपातीका कुरामा समेत समस्या आए । कहिले पाक्ने ? कहिले नपाक्ने भन्ने कुराहरुमा फरक भयो । कात्तिकमा बाढी आउने भयो । यसले गर्दा आर्थिक स्थितिमा पनि परिर्वतन हुँदै आयो । रोप्ने–काट्नको समय नमिल्दा असर पर्दै गयो । अर्काेचाहिं हिउँदमा जाडो हुँदा हिउँदे घास, हिउँदे बालीनाली, हिउँदे वनस्पति जुन हिउँदमा हुने कुरा बर्षा याममा हुँदैन थियौ, जुन हिउँदमा हुने वनस्पतिहरु छन् तिनीहरुलाई चिसो चाहिन्थ्यो । त्यो चिसो कम हुँदै गयो । यसले गर्दा हिउँदे घास कम हुदै गयो । हिउँमा फल्ने तरकारीहरु कम भए ।

त्यति मात्र हैन, बालाचर्तुदशीको कुरा गरौं । सदबिऊ छर्ने दिन बिहान चिसो हुन्थे, हुस्सु लाग्थ्यो । तर यसपालि न चिसो, न त हुस्सु नै लाग्यो । त्यो दिन त बरु गर्मी भयो । पुसमा सामान्य ज्याकेट लगाएर पनि हिंड्न सक्ने अवस्था आयो । अब जाडो कम भयो । त्यतिको जाडो कम भयो भनेर ज्याकेट नलगाइकन हिंड्ने कुरासँग यसले सम्बन्ध राख्दैन । यसले प्राकृतिक वातावरणसँग प्रशस्त असर गरेको छ । यसबारे कति हामीलाई थाहा छ, कति हामीलाई थाहा छैन ।
उदाहरणको लागि माटोको कुरा गरौं । माटोमा धेरै जीवाणु हुन्छन् । यो जाडोमा ती जीवाणु सुषुप्त भएर बस्थे । अब तिनीहरु सुषुप्त हुने सम्भावना कम हुँदै गयो । किनभने माटो चिसो हुनै पाएन । यी कुराहरुले गर्दा हिजोको जनजीवन प्रक्रिया र तपाई–हाम्रा वरिपरिका पर्यावरणजस्तै खोलाको जीवनका कुरा भयो । तिनीहरु हिजोभन्दा आज फरक हुँदै गए । त्यसैले यसलाई यसरी बुझियो भने तपाई जहाँसुकै हुनुस्— चाहे पहाडमा, चाहे तराई वा उपत्यका कुनै न कुनै किसिमले अब अहिलेको जलवायुको परिर्वतित स्वरुपले हामी प्रभावित भइसक्यौं ।

त्यसकारण हिउँ पग्लेको चाहिं संकेत थियो । अनि तापक्रम वृद्वि भएछ । हिउचाहिं पग्लिनुको संकेत थियो । यसको प्रभाव त सबैतिर पर्याे। नेपाललाई सधै हामी जैविक विविधता भएको देश भनेर निकै धनी रहेको कुरा गर्छौं । हामी यसमा गर्व पनि गर्छौं । सानो भूगोल भएर पनि हामीसँग एक सय १८ वटा इकोसिष्टम (पर्यावरणीय चक्र) छ भनेर लेखिन्छ । यो देखिएको पनि छ, उपत्यकादेखि तराई–पहाडसम्म देखिन्छ । जस्तै पहाडबाट झर्नु भयो भने सल्लाबाट सालधारी हुदै कटुस लगायतका बोटबिरुवा देख्न सकिन्छ । दुई, तीन घण्टाको दूरीमा धेरै प्रकारका जैविक विविधता देखिन्छ । त्यो सबै वातावरणहरुको जन्म भएको कारण के हो भने हरेक तहमा हुने पानीको उपलब्धता, पानीको रेञ्ज, कुनै ठाउँमा चिसो हुन्छ कुनै ठाउँमा तातोे हुन्छ भन्ने निर्धारण गरेको हो नि ।

एउटा कुरा के हो भने कार्वनडाइअक्साइडको उपस्थिति वायुमण्डलमा भएकोले नै पृथ्वीमा प्राणीका लागी बस्नलायक भएको हो । किनकि न्यानो छ नि । कार्वनडाईअक्साइड केही हदसम्म हाम्रो लागि आवश्यक नै हो । तर त्यो एक हदभन्दा माथि गएपछि अबचाहिं सिरक ओढाएको जस्तो भयो । गुम्सिने भयो यो अब ।

अब जलवायु परिर्वतन भएको हुनाले त्यो विविधतामा परिर्वतन हुँदै छ । कतिपय ठाउँमा परिर्वतन समेत भइकेको छ । त्यसले गर्दा समस्या पनि विविध छन् ।

जलबायु परिर्वतनका मुख्य ड्राइभर
यसको ड्राइभर विकास नै हो । किनभने विकासमा पनि आधुनिक विकास जुन छ, जसमा ऊर्जाका लागि प्रयोग हुने खनिज इन्धन । अझ त्यसलाई सहज भाषामा भन्ने हो भने पेट्रोल–डिजेललगायतको प्रयोग । त्यसबाट निस्कने कार्वनडाइअक्साइड, जंगलको विनास, खेतीपातीमा गाईबस्तुबाट नस्किने मिथेन । यी सबै ग्या मिथेनको रुपमा यो ब्रम्हाण्डमा थुप्रिदै गएको छ ।

एउटा कुरा के हो भने कार्वनडाइअक्साइडको उपस्थिति वायुमण्डलमा भएकोले नै पृथ्वीमा प्राणीका लागी बस्नलायक भएको हो । किनकि न्यानो छ नि । कार्वनडाईअक्साइड केही हदसम्म हाम्रो लागि आवश्यक नै हो । तर त्यो एक हदभन्दा माथि गएपछि अबचाहिं सिरक ओढाएको जस्तो भयो । गुम्सिने भयो यो अब । किनभने भित्रको तातोचाहिं माथि जाने, दिउँसो सूर्यको प्रकाशले तात्छ । त्यो तातो माथि गएर हराउनु पर्ने तर कार्वनडाईअक्साइडले त्यसलाई छेकेर राख्यो । अनि तापक्म बढदै गयो ।

त्यसैगरी २००६ सालमा पनि आएको थियो । योचाहिं रेकर्डमा रहेका घटना भए । त्यसैले २०५० सालमा नै भएका त्यस्ता बाढीका घटना अझ चाँडै हुन सक्छ । अथवा यसको मात्रा अझ बढ्न सक्छ । त्यो जोखिमचाहिं बढ्यो । बाढी आउने, जग्गा नाशिने र त्यसले गर्दा विस्थापित हुने । पुर्वाधारहरुमा क्षति पुग्ने क्रम त बढ्दै जाने भयो ।

यही तापक्रम बढेको कारण अहिले वर्षाको चरित्र, समय, परिमाणमा फरक आयो । हिजो कम पानी पर्ने स्थानमा बढी पानी पर्न थाल्यो । वितरणमा परिर्वतन आएको छ । यी सबैलाई हेर्दा हाम्रो जीवन बाँचेको छ— त्यही हावापानीका कारण । हो अब त्यसैमा परिर्वतन आएको छ । अब हामीले हेर्ने हो भने हिउँ पग्लने कुरा गरेजस्तै बाढीका कुरा देख्छौ । सुख्खाका कुरा देख्छौ । केही दशकअघिदेखि नै नेपालमा पानीका मूलहरु सबैजसो सुक्दै गएका छन् ।
अब याद गरौं । साउने मूलका कुरा गरौं । त्यो बेला हिउँदमा पानीको दुःख हुँदैन है भनिन्थ्यो । त्यस वेला पानी पूर्ण छ भनिन्थ्यो । जमीनमनि पूर्ण रुपमा रिर्चाज भएर बसेको छ भन्ने संकेत जुन थियो अब त्यो रहेन । किनकि भएका मूलहरु सके भनेर हामी भनिरहेका छौ । त्यो भनेको हाम्रो जलश्रोत भण्डार रित्तिएका हुन नि । माथि–माथि सुक्दै गयो । अझै तल बाँकी नै होला । तर यो पनि कहिले रित्तो हुन्छ थाहा छैन ।

बाढीले बसाइ सराईं
अहिले मानिसहरु जसरी छरिएर बसेका छन्, हामी जुन ठाउँको वातावरण बढी ‘सेन्सेटिभ’ छ, खास गरकन तापक्रमम वृद्धि, वर्षाको चरित्रमा आएको फेरवदल, त्यो सेनसेटिभ वातावरणमा जुन परिर्वतन आएको छ, त्यसको प्रत्यक्ष उदाहरण भनेको पानीका मूलहरु सुकेका कारण हुन् । मानिस पानी बेगर बस्न सक्दैन । त्यसपछि यसले त्यो ठाउँ छाडेर बसाई सर्छ । बाढीले जग्गाहरुलाई विनास गरिदिन्छ । जस्तै छिमेकी राष्ट्रको कुरा गर्ने हो भने सधैंझै बाढी आइरहेको हुन्छ । यसको उदाहरण अरुणाञ्चल प्रदेश, र पाकिस्तानमा देखियो । अहिलेसम्म हामीकहाँ त त्यो परिमाणको बाढी आएको छैन । तर नहाउला भन्न सकिन्न । हामी त्यही क्षेत्रमा पर्छाैं । त्यो भयो भने हामी विस्थापित हुन्छौ । बाढी गए पछि खेतीपाती हुँदैन । त्यसपछि खाने अन्न पनि हुन्न ।

‘क्लाउड ब्रष्ट’ को सम्भावना
यस्तो अवस्थामा त्यो झन् बढ्ने भयो । किनभने क्लाउड ब्रष्ट (बादल फाटेर एकसाथ पानी पर्ने) हुने प्रक्रिया पहिला पनि नभएको हैन । केही समयअघिको कुरा गर्ने हो भने २०५० सालमा कुलेखानीमा क्लाउड ब्रष्ट भएकै हो । २०११ सालमा अझ बढी भएको थियो । नेपालभरि नै बाढी आएको थियो । त्यसैगरी २००६ सालमा पनि आएको थियो । योचाहिं रेकर्डमा रहेका घटना भए । त्यसैले २०५० सालमा नै भएका त्यस्ता बाढीका घटना अझ चाँडै हुन सक्छ । अथवा यसको मात्रा अझ बढ्न सक्छ । त्यो जोखिमचाहिं बढ्यो । बाढी आउने, जग्गा नाशिने र त्यसले गर्दा विस्थापित हुने । पुर्वाधारहरुमा क्षति पुग्ने क्रम त बढ्दै जाने भयो । एकातिर बढी पानी आएर क्षति पुग्ने भयो, अर्काे तर्फसुख्खा भएर पनि क्षति बढ्ने भयो । यस्तो अवस्थामा के होला त हाम्रो समुदायलाई ? त्यो अवस्थामा ‘क्लाइमेट रिफ्यूजी’ (जलवायु परिवर्तनका कारण विस्थापित हुने शरणार्थी) भन्नेचाहिं बढ्दै जान्छ ।

पहिरोलाई असर
बढी पानी पर्ने बित्तिकै पहिरो त बढ्ने नै भयो । त्यसमा पनि हाम्रा आफ्नै क्रियाकलापहरु छन् । जस्तो भूउपयोगको परिर्वतन हामी गर्छाैं नि । त्यसले गर्दा सामान्य रुपमा पानी बग्ने बाटाहरु थिए । पहाडतिर साना–साना मार्गहरु थिए । त्यसलाई हामीले हरदम परिर्वतन गरिरहेका छौं । चाहे बाटो खन्दा होस् वा घर बनाउँदा । पानी जहाँबाट बग्नुपर्ने हो । त्यहाँबाट हामीले बाटो परिर्वतन गरिरहेका छौं । त्यसले गर्दा पहिराको घटनाहरु प्रशस्त मात्रामा बढ्दै गएका छन् । भारतको हिमाञ्चल प्रदेशको नै कुरा गर्ने हो भने त्यहाँ अकल्पनीय पहिरो आयो । नसोचेको ठाउँहरुमा पहिरो आयो ।

हामीले के भन्यौ भने जंगल लगाएपछि पहिरो जोगिन्छ । त्यहाँ जंगलसँगै तल झ¥यो । हामीकहाँ पनि त्यस्तो घटना भएको छ । लमजुङमा जंगलसँगै जमिन तल आयो । यसले के भन्छ भने हामीले जुन बुझेको विज्ञान थियो— बिरुवा लगाए पछि हुन्छ भन्ने । त्यसमा अब प्रश्न उठ्न थाले । देखियो पनि । कति ठाउँमा पानीले भएको छ, कति ठाउँमा तापक्रम वृद्विले भएको छ । चट्टानहरु टुटिने क्रम बढेको छ । १०, २० वर्ष केही नभएका ठाउँहरु पनि बलियो छ भनेर भन्न गाह्रो छ ।
तुसार क्षेत्रमा ‘फर्मा फ्रष्ट’ (ढुंगा, माटो र बोटबिरुवासित मिसिएको हिउँ) हरुमा पनि तापक्र बढेर माटोलाई असर पु¥याएको हो । जस्तै सानो पानी प¥र्याे भने लेदो आउने त्यसको प्रक्रिया अलि फरक छ । त्यो खास गरी उच्च पहाडी क्षेत्रमा अझ विशेष गरी भनौं मुस्ताङजस्तो ठाउँमा प्राय धेरै जस्तो महिना चिसो हुन्छ । माटोमा भएको चिस्यान जुन हुन्छ । त्यो चिस्यानचाहिं जमेर बसेको हुन्छ । त्यहाँको माटो बलियो हुन्छ । हिउँ नै हुन्छ भित्र । त्यो पग्लियो भने त त्यो दल दल हिलो जस्तो हुने भयो । अनी सानो झर्काे पानीले पनि बगाइदिन्छ ।

मेलम्ची घटना
मेलम्चीको घटनाचाहिं त्यो हैन । माथिल्लो भेगमा ठूलै पानी परेको कारण पहिलादेखि जमीरहेको ‘डेब्री’ (मलवा, लेदो) हरु थियो । जुन रुखहरुले ढाकेको थियो । त्यो बलियो हुन्छ भन्ने सोचेका थियौं । तर त्यहाँ यति ठुलो पानी आयो, जहाँ कुनै नाप गर्ने संयन्त्र पनि थिएन । पछिल्लो समय जलवायु परिर्वतनसँगै देखिएको उच्च पहाडी भेगमा चाहिं बढी पानी पर्न थाल्यो । त्यस क्षेत्रमा परेको त्यही ठूलो पानीले घटाएको एउटा घटना हो । धेरै वर्ष पुराना डेब्रीहरु जुन मजबुत भई नसकेकाहरुलाई बगाई दियो । त्यही बगाएका डेब्रीहरुले गर्दा पेमाथाङ्गमा पहिरो आयो । त्यही पहिरोले अरुलाई पनि कमसल बनाउदै बगाएर तल झा¥यो । एकैपटक दशौंै मिटर अग्ला डेब्रीहरु (लेदो) थुपार्ने काम भयो ।

केही समय अगाडी कोप २८ मा कुरा हुँदा पनि संयुक्त राष्ट्रसंघका महासचिवले मौसम पूर्वाअनुमानका लागि नेपालमा पनि अली बढी सहयोग गर्नुपर्छ भन्ने महत्वपूर्ण कुरा गर्नुभएको छ । हाम्रोजस्तो पहाडी क्षेत्रमा मौसम कहाँ के हुन्छ भनेर थाहा हुँदैन । अहिलेसम्म ३ दिनको पूर्वाअनुमान गर्न सक्ने क्षमता विकास गरेको छ नेपालले ।

मेलम्ची घटना पुनरावृत्तिको सम्भावना
मलाई लाग्छ हाम्रो योजनाकार र नीति निमार्ताहरुले ध्यान दिनु पर्ने कुराचाहिं यही हो । यस्ता घटना यो वर्ष मात्र भएको हो ? हैन, यस्ता घटना अब छिटछिटो हँुदै छन् । कुन ठाउँमा हुन्छ, थाहा हँुदैन ‘क्लाइमेट मोडल’ ले देखाएको भन्दा पनि बढी ठाउँमा हुन सक्छ । यो भयो भने अब हाम्रो क्षमताभन्दा बाहिरको समस्या हुन जान्छ ।
अहिले नै भनौ न मेलम्चीमा ४ अर्व रुपैया थप खर्च गर्नुपर्ने भयो । त्यसैले अब अर्काे ठाउँमा बनाएको इन्टेक पनि स्टेबल (बलियो) होला त अब ? त्यहाँ अर्काे डेब्री आएर थुपरिन्छ कि थुपरिंदैन भन्नका लागि अध्ययन जरुरी छ । हाम्रो क्षमतामा वृद्वि गर्नु छ हामीले ।

पहिलो कुरा त आउँछ कि आउँदैन हेर्न सक्नु पर्याे । अब यस्ता जोखिमहरुचाहिं बढ्दै जान्छन् । हामीले भन्नुपर्ने र भन्दै जानु पर्ने एउटा कुराचाहिं के हो भने हिमालय क्षेत्रमा ठूला आयोजनाहरु ठूलो जोखिम लिएर नबनाऔं । अबचाहिं बरु सानो–सानो आयोजना धेरै ठाउँमा बनाऔं, ताकि क्षति भइहाल्यो भने पनि थोरै लगानी मात्रै क्षति हुन्छ । होइन भने, ठूला आयोजना प्रशस्त पैसा र समय लागेको हुन्छ । त्यसमा क्षति पुग्यो भने त्यसलाई उठाउन नै गाह्रो हुन्छ । उदाहरणका लागि मेलम्ची छ । त्यही प्रकृतिको बाढी कागबेनीमा आउँदा ३० घरको मात्र क्षति भयो । किनभने सानो एरियामा भएको थियो । त्यसलाई आफ्नै खर्चले पनि ती घरहरु बनाउन सकिने भए । तर कुलेखानी जस्तो संरचनालगायत अन्य हाईड्रोपावरहरुलाई हेर्ने हो भने लगानीअनुसारको क्षति पनि ठूलै हुने भयो । हिमाली क्षेत्रमा कहाँ के हुन्छ भन्न गाह्रो छ । केही समय अगाडी कोप २८ मा कुरा हुँदा पनि संयुक्त राष्ट्रसंघका महासचिवले मौसम पूर्वाअनुमानका लागि नेपालमा पनि अली बढी सहयोग गर्नुपर्छ भन्ने महत्वपूर्ण कुरा गर्नुभएको छ । हाम्रोजस्तो पहाडी क्षेत्रमा मौसम कहाँ के हुन्छ भनेर थाहा हुँदैन । अहिलेसम्म ३ दिनको पूर्वाअनुमान गर्न सक्ने क्षमता विकास गरेको छ नेपालले । तर क्षेत्रको कुरा गर्ने हो भने हामी अझै पूर्वानुमान गर्न सक्ने अवस्थामा छैनौं । यसलाई हामीले स्तरवृद्धि गर्न जरुरी छ । सानो–सानो एरियाको पूर्वाअनुमान गर्न सकियोस् । यस्तो भएमा कमसेकम क्षति हुनबाट त जोगाउन सकिन्छ ।
मेलम्चीको कुरा गर्ने हो भने टनेलको मुख बन्द गरेको हुनाले त्यहाँ भित्र डेब्री जान पाएन । त्यो डेब्री गएको भए खर्च निकै बढ्न सक्थ्यो ।

समस्या बढेपछि बस्ती छाडेर हिंड्नुको विकल्प छैन । तर कहाँसम्म जाने भन्ने हो । अहिले पहाडमा मूल सुकेका ठाउँहरुका मानिस मूल भएका ठाउँमा सरेका छन् । यसैगरी सबै एकै स्थानमा थुप्रने हो भने त त्यहाँ पनि समस्या होला । अब को जान सक्छ भन्यो भने सक्षम मानिस नै सर्ने भए ।

हिमताल फुट्ने सम्भावना
हामीले बिचार गर्ने वा सोच्ने हो भने यस्ता घटना २,३ वटा बेहोरिसकेका छौं । एउटा पहिरोले खोलाहरु थुनिने । जस्तै एउटा खोलाको कुनै एक स्थानमा खोला थुनियो भने त्यसले बगाएर ल्याउने लेदो ठूलो परिणामको हुन्छ । जहाँ थुनिन्छ त्यही थुप्ररिन्छ । त्यो एकदमै उच्च हिमालदेखि नै आउँछ । उच्च हिमालमा अहिले के समस्या आयो भने अहिले सुख्खा भएको छ । मूलको कुरा गर्ने हो भने हिमाली क्षेत्रमा शत प्रतिशत नै सुकिसकेको छ ।
अनि उच्च हिमालमा तापमान पनि बढेको छ । पानी कम हुने र तापक्रम बढ्नाले पहिरोहरु बढिरहेका छन् । पहिरोको जोखिम बढ्दै गएको छ । डेब्री आउन सम्भावना बढिरहेको छ भने ठूला आयोजनाहरुको जहाँ पानी भण्डार र्भका ठाउँहरु छन्, त्यहाँ डेब्री आउन सम्भावना त बढ्ने भयो । हो, यसको आँकलन गर्न जरुरी छ । कुलेखानीको कुरा गर्दा त्यसको आयु ५० वर्ष भनेका थियौं । अझ सुरुमा त सय वर्ष नै भनेका थियौं । त्यतिखेर सन् १९७७ अगाडीको कुरा हो जापानीजहरुको कन्सल्टीङ्गले गर्दा त्यस बेला राम्रो हिसाबकिताब (क्यालकुलेशन) भएकोे जस्तो लाग्छ । त्यहाँ जति डेब्री बगेर आउँछ भनेर कल्पना गरिएको थियो, त्यसको आधारमा त्यस तालको आयुचाहिं ५० वर्ष भनिएको थियो । तर त्यसको १० वर्षपछि यति ठूलो डेब्री आयो कि हामीले हिसाब गरेकोभन्दा ५० गुणा बढी डेब्री आयो । त्यसकारण हाम्रो पहाडी क्षेत्रको अनिश्चितता कहाँ कति आउँछ भनेर भन्न गाह्रो छ ।

आज कति विकास भएको छ मलाई थाहा छैन तर हिमालबाट बगेर आउने गेग्रानचाहिं सबैभन्दा बढी छ हामीकहाँ । यसले गर्दा हिमतालहरु फुट्ने सम्भावना बढदै गएको छ । हिमतालहरु पहिला पनि केही समयको अन्तरालमा फुट्थे । त्यो एउटा प्रक्रिया नै हो । अब त्यो पनि छिटो–छिटो हुन्छ । तापक्रम बढेको कारण चाँडै पग्लने भयो । जमेर बस्दा पनि त्यो तालमा पानी नै हुने भयो । त्यसको मुखमा थुप्रिरहेका डेब्री, गेग्रानहरु खुकुलो (लुज) हँुदै जान्छन् । पानी बढ्दै गएपछि त्यसले थेग्न सक्दैन । ताल बढेको बेलामा त्यो फुट्छ । खासगरी यो वर्षाको समयमा हुने भएकाले त्यो बेला तालहरु फुट्यो भने दोब्बर नोक्सान हुन्छ । हाम्रो तल्लो क्षेत्रमा सिंचांईं, वस्ती, बजार पुल, सडक सबैमा क्षति पु¥याउँदै जान्छ । मेलम्चीमा पनि भएको त्यही हो, खोलानजिक बढी क्षति पुर्यायाे  ।

 

अहिलेसम्म त हामीले कार्बन उत्सर्जन घटाएपछि समस्या कम हुन्छ कि भन्ने सोचिरहेका छौं । त्यो सैदान्तिक रुपमा ठीक हो । तर व्यावहारिक रुपमा त्यसले हामीलाई सहयोग गर्दैन । हामीसँगै उदाहरण छ— पोहर हिउँदमा पानी आएन । त्यसले हिउँदे बालीमा नोक्सान पुर्यायाे ।

जुध्नुबाहेक विकल्प छैन
त्यसैले हामीले यहींका समस्याहरुसँग जुध्नुबाहेक अरु विकल्प छैन । कसरी जुध्ने ? कस्ले जुध्ने ? कुन तहमा जुध्ने ? त्यति मात्र हो । यो अनुकूलनको एउटा पाटो बसाइ सराई पनि हो । समस्या बढेपछि बस्ती छाडेर हिंड्नुको विकल्प छैन । तर कहाँसम्म जाने भन्ने हो । अहिले पहाडमा मूल सुकेका ठाउँहरुका मानिस मूल भएका ठाउँमा सरेका छन् । यसैगरी सबै एकै स्थानमा थुप्रने हो भने त त्यहाँ पनि समस्या होला । अब को जान सक्छ भन्यो भने सक्षम मानिस नै सर्ने भए । को जान सक्दैन भन्यो भने समाजको कमजोर वर्ग, महिला, बालबालिका, बिरामी, सीमान्तकृत समुदाय जान सक्दैनन् । उनीहरुका लागि पनि हाम्रो जिम्मेवारी होला नि । त्यसैले हामीले कसरी अनुकूलन गर्ने सोच्न जरुरी छ । अहिलेसम्म अनुकूलनका कुरै गरेका छैनौं । भन्नका लागि भन्र्छाैं अनुकूलन भनेर । तर के गर्ने ? कस्लाई गर्ने ? किन गर्नै ? भन्नेबारे खोई छलफल चलाएको ?

खै योजना ?
सुख्खाको लागि हो कि बाढीका लागि हो ? खेतीपातीमा आएको रोगब्याधीको लागि हो कि ? गाईवस्तुमा आएको रोगको लागि हो कि ? अनुकूलका लागि हो ? यी विषयमा धेरै छलफल, बहस गर्न बाँकी छ । हामीले यसबारे केही कुरा गरेकै छैनौं । अहिलेसम्म त हामीले कार्बन उत्सर्जन घटाएपछि समस्या कम हुन्छ कि भन्ने सोचिरहेका छौं । त्यो सैदान्तिक रुपमा ठीक हो । तर व्यावहारिक रुपमा त्यसले हामीलाई सहयोग गर्दैन । हामीसँगै उदाहरण छ— पोहर हिउँदमा पानी आएन । त्यसले हिउँदे बालीमा नोक्सान पुर्यायाे । यसपालिको हिउँदमा वर्षा हुन्छ कि हुँदैन भन्न सक्दैनौं हामी । यदि पोहरकै अवस्था आयो भने फेरि खेतीपातीमा समस्या होला । अनि ती किसानहरुको अवस्था के होला ? उनीहरुका लागि के योजना गर्न सक्नुहुन्छ ? उनीहरुलाई त्यो समस्याबाट पार गर्ने खै योजना ? यसको लागि कुनै विकल्प छैन । अब ढीला नगरौं ।
 

(उपाध्या जलाधार (वाटरसेड) विद् हुन् ।)

 

प्रकाशित मिति : बुधबार, पुस २५, २०८० | १५:०६:०० बजे

लेखकको बारेमा

मधुकर उपाध्या
जलाधार (वाटरसेड) विद्

प्रतिक्रिया