‘लिफ्ट’ सिँचाइले फेरियो मेटेराको मुहार


दाङ: तुलसीपुर उपमहानगरपालिका – १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न छन् । उनले तोरी , चना , केराउ खेतीबाट प्रशस्त आम्दानी गरेका छन् । लिफ्ट सिँचाइले उनी सफल किसान बनेका हुन् ।
“ पहिले नौ बिघा जमिनमा तोरी, चना र केराउखेती गरे पनि उत्पादन कम हुन्थ्यो तर अहिले पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ । लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो”, उत्पादन वृद्धिको रहस्य सुनाउँदै उनले भने, ।
उनले पाँच बिघामा तोरी र बाँकी भूमिमा केराउ तथा चनाखेती गरेका छन् । उनी बेमौसमी सागसब्जी लगाउने योजनामा छन् । कृषि उपज बेचेर बितेको याममा आफूले रु पाँच लाख बचत गरेको उनले बताए । उनी कृषि औजरको भरपूर उपयोग गर्ने किसानका रुपमा पनि मटेरामा परिचित छन् । पूर्ववडासदस्य उनी हिजोआज राजनीतिबाट अलग छन् । यद्यपि सामाजिक काममा गाउँलले उनलाई नै सम्झन्छन् ।
मुश्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजोआज सधैँ खेती हुने गरेको छ । साजसब्जी फलाउने गाउँका रुपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ । यही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले तोरी तथा सागसब्जी बेचेर आर्थिक रुपमा आफू आत्मनिर्भर भएको बताएका छन् । उनले तीन बिघामा तोरी र तीन बिघामा सागसब्जी रोपेका छन् । उनी आफ्ना उत्पादन स्वयं बजार पुर्याउनुहुन्छ र आफै बेच्नुहुन्छ । टमाटर र काउली र धनियाँ बिक्री गरेर रु डेढ लाख आम्दानी गरेको बताए । तोरी बेचेर अर्को रु तीन लाख ५० हजार बचत गरेको उनले आल्हादित हुँदै सुनाए । सबै खर्च कटाएर त्यति मुनाफा आर्जन भएको हो । थाप्लामा भारी बोकेर सागसब्जी बेच्नुपर्ने बाध्यता नभएकामा उनी मक्ख छन् ।
मोटरमा कृषि उपज बजारसम्म लैजाने उनीमात्र होईनन् उनका छिमेकी पनि उत्तिकै परिश्रम गर्छन् जसले उनीहरुलाई आर्थिक रुपमा सबल बनाएको छ । मेटेरा गाउँका एक सय घरका परिवार लिफ्ट सिँचाइका माध्यमबाट कृषिकर्म गरिरहेका छन् । एक करोड ५० लाख खर्चेर बबइको पानी लिफ्ट सिँचाइ आयोजनामार्फत किसानका खेतबारीमा पुगेपछि मटेराको मुहार फेरिएको हो ।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले मटेरा र लुहाडबरा गाउँलाई ‘स्मार्ट’कृषि गाउँ घोषणा किसानलाई तालिम, अनुदानमा कृषि औजार र बीउ वितरण गरी व्यावसायिक रुपमा कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको छ । (रासस)
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
नेपालको जलविद्युत् चक्रव्यूहको दुष्परिणाम
-
सुनको भाउ एक सातामा रु ३२ सयले घट्यो
-
अर्थमन्त्री पौडेलको निर्देशन : बजेटका लक्ष्य पूरा गर्न तत्काल सक्रिय बन्नुहोस्
-
आव २०८१/८२ मा सरकारको कुल खर्च १५ खर्ब ८ अर्ब
-
अधूरो लिफ्ट आयोजना पूरा नहुँदा वर्षेनी लाखौँको घाटा
-
सुदूरपश्चिम र पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना