भूमिगत सिँचाइ आयोजनाले फलेवासका किसानलाई राहत
जलसरोकार
काठमाडौं– लामो खडेरीका कारण पर्वतका किसान आक्रान्त भएका छन् । वर्षा नहुँदा उनीहरूले बर्खे बाली लगाउन पाएका छैनन् भने हिउँदे बाली सुक्न थालेकामा चिन्ता व्यक्त गरेका छन् ।
फलेवासका किसानको अवस्था भने अलि पृथक छ । फलेवास नगरपालिका वडा नं ६ को देवीस्थान र चौबिसकुरियामा निर्माण गरिएका दुईवटा भूमिगत सिँचाइ आयोजनाबाट स्थानीयले खेतबारी सिँचाइ गर्न थालेका हुन् । तीस–तीस लाखको लागतमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले दुईवटा आयोजना निर्माण गरेको हो ।
जमिनमुनिको पानी तानेपछि अहिले हिउँदे बालीमा सिँचाइ गर्न सहज भएको स्थानीय किसान रमेश चापागाईँले जानकारी दिए । चौबिसकुरियामा निर्माण भएको भूमिगत सिँचाइ आयोजनाबाट प्रतिसेकेण्ड १२ लिटरका दरले पानी निस्किएको छ भने देवीस्थान भूमिगत सिँचाइ आयोजनाबाट प्रतिसेकेण्ड १० लिटरका दरले पानी तानिएको उनले बताए।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पर्वतका प्राविधिक लोकबहादुर खड्काका अनुसार दुवै आयोजनाबाट २० हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । दुवै आयोजनाबाट प्रतिघण्टा तीन रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सकिन्छ ।
स्थानीय किसानले पालैपालो जमिन सिँचाइ गर्ने गरेका छन् । गहुँ, आलुमा सिँचाइ गरिसके स्थानीयले अब खेतमा मकै छर्न सिँचाइ गरिरहेको सिकन रमेश चापागाईँले जानकारी दिए ।
भूमिगत सिँचाइ आयोजना निर्माणपछि हिउँदका तीन महिना बाँझै रहने खेतबारीमा अहिले बाह्रैमास खेती लगाउन सहज भएको छ । आयोजना सञ्चालनपछि स्थानीयले गहुँ, जौँ, तोरी, आलुलगायतमा सिँचाइ गरिसकेका छन् भने अब मकै छर्ने तयारी गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना