रानी जमरा गुलरिया सिँचाइ आयोजनाले सिञ्चाइ सँगै विद्युत उत्पानदन शुरू गर्याे
जलसरोकार
काठमाडौं । रानी जमरा गुलरिया सिँचाइ आयोजनाले सिञ्चाइ सँगै विद्युत उत्पानदन थालेकाे छ । कर्णाली चिसापानी भएर बग्ने कर्णाली नदी नेपालको सबैभन्दा लामो नदीको आफ्नै विशेषता छ । त्यही पुलको पश्चिम कुनामा एउटा बाँध छ। सोही नदीमा अनेकन नामबाट परम्परागत रूपमा नै सिँचाइ उपलब्ध हुँदै आएको छ ।
सो सिँचाइ प्रणाली स्थानीय किसानले नै निर्माण गरेर व्यवस्थापन समेत हुँदै आएको सबैभन्दा ठूलो मध्येको एक हो । सो प्रणालीको स्रोत कर्णाली नदीको पश्चिम भङ्गालो झरही नाला हो । स्थानीयवासीका अनुसार सो प्रणालीको निर्माण करिब एक सय २० वर्षभन्दा पहिले नै भएको हो । ऐतिहासिक महत्व बोकेको सो आयोजनाले कैलालीका समथर फाँटको सिँचाइ मात्रै गरेको छैन, तराईमा पहिलो पटक बिजुली समेत उत्पादन गरेको छ ।
विगतमा टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको करिब ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइँदै आएको थियो । आधुनिक सिँचाइ प्रणालीको विकासपछि ३८ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।
कर्णाली–चिसापानी पुल नजिकै सिँचाइ आयोजनाको बाँध निर्माण गरिएको छ। नेपालमा खासगरी विसं १९७९ देखि सिँचाइ प्रणालीको काम औपचारिक रूपमा सुरु भएको मानिन्छ । चन्द्र नहरको निर्माण भएपश्चात्, सरकारीस्तरमा सिँचाइको विकास सुरु भएको हो । विसं २००९ मा नहर विभागको स्थापना भएपछिको अवस्थालाई हेर्ने हो भने रानी जमरा गुलरिया सिँचाइ आयोजनाले बिजुली पनि उत्पादन गरेको पहिलो पटक हो ।
सरकारले सिँचाइ आयोजनालाई बहुउद्देश्यीय बनाउन थालेको छ ।आर्थिक वर्ष २०६६/६७ मा परम्परागत सिँचाइलाई आधुनिकीकरण गर्ने काम सुरु भयो । त्यसको खास उदाहरणका रुपमा भेरी बबई डाइभर्सन आयोजना र सुनकोसी–मरिन डाइभर्सन आयोजना निर्माणका क्रममा छन् । ती आयोजना भन्दा पहिले नै रानीजमरा–गुलरिया आयोजनाले बिजुली उत्पादन गरेको छ । सिँचाइ आयोजना भए पनि मङ्सिर अन्तिमदेखि ४.७१ मेगावाट विद्युत् उत्पादन सुरु गरेको हाे । तर उत्पादित बिजुली र आयोजना सञ्चालनको आवश्यक ढाँचा भने तय हुन सकेको छैन ।
सिँचाइसँगै बिजुली पनि उतपादन सुरु भएकाले के कसरी सञ्चालन गर्ने, त्यसबाट प्राप्त हुने आम्दानीको बाँडफाँट कसरी गर्ने भन्ने बारेमा आवश्यक निर्णय हुनु जरुरी छ । सञ्चालन मोडालिटी नभएकाले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको आवश्यक तयारी गरिरहेको छ ।
सो आयोजनाको कुल लागत २७ अर्ब ७० करोड रूपैयाँ बराबर छ। हाल आयोजनको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ६६ प्रतिशत बराबर छ । जलस्रोत तथा सिँचाइ विभागका अनुसार आयोजनाको साइड इन्टेकमा गेट अटोमेसनसहित मूल नहर निर्माण पूरा भएको छ । बालुवा थिग्राउने पोखरी निर्माण पूरा भएको छ। मूल नहरमा गेट जडान, एक ४४ किलोमिटर लामो लम्की शाखा नहर परीक्षण सम्पन्न भइसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पश्चिम नेपालमा ‘हिट अलर्ट’, पहाडमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
नेपाल-आर्मेनिया सम्बन्धमा नयाँ अध्याय : ‘विश्वास र आपसी समझदारीमा आधारित सहकार्य अझ महत्वपूर्ण’— आर्मेनियाली राजदूत
-
ऊर्जामन्त्री श्रेष्ठको प्राथमिकता : जनगुनासोको तत्काल सुनुवाइ
-
सरकारको निर्देशन विपरीत गाडी किन्दै विद्युत् प्राधिकरण
-
जगदुल्ला जलविद्युत् आयोजनामा ऊर्जामन्त्री श्रेष्ठको चासो, समयमै सम्पन्न गर्न निर्देशन
-
आदिवासी तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग