विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
जलसरोकार
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल अहिले नै पूर्ण रूपमा विद्युतीय युगमा प्रवेश गर्न सक्ने अवस्थामा नरहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले विद्युत् पूर्वाधारको वर्तमान क्षमताले ठूलो मात्रामा विद्युत् खपत धान्न नसक्ने स्पष्ट पारे।
उनका अनुसार अहिले नै देशभर विद्युतीय चुल्हो वा इन्डक्सन प्रयोग व्यापक रूपमा बढाइयो भने ट्रान्सफर्मर तथा सबस्टेशनहरूमा ठूलो दबाब पर्न सक्ने जोखिम रहेको छ।
“अहिले तुरुन्तै विद्युतीय युगमा जान सक्ने अवस्था छैन। अहिले नै विद्युतीय चुल्हो, इन्डक्सनबाट पकाउने हो भने देशमा भएका ट्रान्सफर्मर र सबस्टेशन सबै पड्किन्छन्, हाम्रो क्षमताले धान्दैन,” उनले संसद्मा भने।
प्रधानमन्त्री शाहले विद्युत् प्राधिकरणको क्षमता विस्तारका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै सरकारले त्यसका लागि स्रोत जुटाउने प्रयास गरिरहेको बताए।
उनका अनुसार विद्युत् पूर्वाधार विकासका लागि सरकारले विद्युत् क्षेत्रमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको हो। सो करबाट प्राप्त हुने रकम ट्रान्सफर्मर, प्रसारण लाइन र सबस्टेशनको स्तरोन्नतिमा खर्च गरिने उनले स्पष्ट पारे।
“यो धेरै ठूलो रकम होइन। देशभरका ट्रान्सफर्मर अपग्रेड गर्नुपर्छ, तारको मोटाइ बढाउनुपर्छ, अनि मात्र विद्युतीय युगमा जान सक्छौं,” प्रधानमन्त्री शाहले भने।
सरकारले ऊर्जा पूर्वाधार सुदृढीकरणमार्फत भविष्यमा विद्युतीय प्रविधिमा आधारित अर्थतन्त्रतर्फ अघि बढ्ने लक्ष्य लिएको पनि उनले बताए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?