सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
जलसरोकार
काठमाडौं : आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएको पहिलाे दिनमै सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । विगत केही दिनदेखि घट्दो क्रममा रहेको सुन आज एकैदिन २० हजार ५०० ले वृद्धि भएर रु ३ लाख ११ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु २ लाख ९० हजारमा कारोबार भएको सुन आज बढेर रु ३ लाख ११ हजार १०० पुगेको छ।
त्यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज एक तोला चाँदी रु ५ हजार ३४५ मा कारोबार भइरहेको छ, जुन गत शुक्रबार रु ५ हजार ४० थियो।
महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढावको असर नेपाली बजारमा प्रत्यक्ष रूपमा परेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन करिब ४ हजार ७३० अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य करिब ८७ अमेरिकी डलर प्रतिऔँस रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभावले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य आकस्मिक रूपमा बढेको व्यवसायीहरूले बताएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य