२२ हजार हेक्टर जमिनमा सिक्टाको सिंचाई सुविधा
जलसरोकार
काठमाडौं– निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिंचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा आयोजना निर्माण सुरू भएको थियो ।
आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा १ हजार हेक्टर र पूर्वी मूल नहरतर्फ ४ हजार हेक्टर गरी २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी सन्देश पौडेलले जानकारी दिए ।
आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँकेको राप्ती नदी पश्चिम भेगको ३३ हजार ७ सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्व भेगको करिब ९ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने लक्ष्य छ । सूचना अधिकारी पौडेलले भने, ‘आयोजना सुरू भएदेखि हालसम्म भौतिक प्रगति ४०.२२ प्रतिशत र वित्तीय प्रगति ३९.३८ प्रतिशत रहेको छ ।’
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयोजनाले पुँजीगततर्फ विनियोजित बजेटको ४०।१० प्रतिशत वित्तीय प्रगति गरेको छ । विनियोजित ७५ करोड ४८ लाखमध्ये फागुन मसान्तसम्म ३० करोड २६ लाख ३२ हजार रुपैयाँ खर्च भएको पौडेलले बताए । ‘चालु आवमा आयोजनाको पूर्वी मूल नहरको बाँकी काम गर्न ठेक्का व्यवस्थापनका लागि तयारी हुँदैछ,’ सूचना अधिकारी पौडेलले भने, ‘पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरुवा र गोहवा शाखाको ठेक्का सम्झौता भइ निर्माण सुरू गर्ने तयारी भएको छ ।’
गुरुवागाउँ शाखाअन्तर्गत नहर निर्माण, जग्गा अधिग्रहणसम्बन्धी काम र अन्य शाखाको ठेक्का व्यवस्थापनलगायत तयारीको काम पनि चालु आवभित्रै सुरू हुने आयोजना कार्यालयले जनाएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाको खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको आयोजनाका निर्देशक देवराज निरौलाले बताए । आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको लागत ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । रासस
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने