सिँचाइका लागि निःशुल्क विद्युत् आपूर्ति
जलसरोकार
रुपन्देही,: रुपन्देहीको कोटहीमाई गाउँपालिकाले कृषि विकासका लागि विद्युत् निःशुल्क दिने योजना अघि बढाएको छ । यस योजनाअन्तर्गत गाउँपालिका भित्रका किसानलाई कृषि प्रयोजनका लागि निःशुल्क विद्युत् आपूर्ति गर्ने भएको हो ।
कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीका अनुसार, पहिलो चरणमा वडा नं १, २ र ३ मा तार तथा खम्बा व्यवस्थापन गर्ने कार्य सुरु गरिएको छ । किसानलाई सिँचाइका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने उद्देश्य रहेको उनको भनाइ छ ।
“यसबाट उत्पादन लागत घट्ने र उत्पादन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ”, अध्यक्ष त्रिपाठीले भने, “सिँचाइमा खपत हुने विद्युत् गाउँपालिकाबाट निःशुल्क उपलब्ध गराउँदा किसानको मनोबल बढ्नेछ र खेतीपातीमा धेरै सुधार हुनेछ ।” मर्चवार क्षेत्रमा सिँचाइ अभावले उत्पादनमा कमी आएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत दिनेश गौडका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा विद्युत् उपलब्ध गराउने कार्य सम्पन्न गर्ने लक्ष्य छ । यसका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सञ्चालन सुरु गरेको ११ महिनामै लाभांश, अब हकप्रदबाट थप जलविद्युत्मा लगानी गर्दै काबेली
-
विद्युत् प्राधिकरणको एकाधिकारबाट प्रतिस्पर्धात्मक बजारतर्फः खुला पहुँच कार्यान्वयनका थप आधार तयार
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी भवनको खोजी जारी, ए-१, ए-२ र डी क्षेत्रमा अझै कुनै संरचना भेटिएन
-
२५ वर्षअघि ९/११ बाट जोगिएका ७३ वर्षीय अमेरिकी नागरिक अहिले रसुवा–तिब्बत सीमाको विपद्पछि बेपत्ता
-
आज देशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना, केही क्षेत्रमा सावधानी अपनाउन आग्रह
-
नेप्से २८ अंकले बढ्दा ४ अर्ब ३६ करोडको कारोबार