त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा
जलसरोकार
दमौली ः गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेको झोलुङ्गे पुल जोखिममा परेको हो ।
बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले बताए । घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्षदेखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो । पुल पनि बाढीले जोखिममा परेपछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङले बताए । उनले भने,“घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ ।”
दसैँ सुरु भएसँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारपार गर्ने व्यवस्था मिलाइएको गुरुङले बताए । बाढीले गर्दा पुल नै कोल्टिएको छ ।
बुद्धसिंह मार्गअन्तर्गत पर्ने यो पुल हुँदै चितवन निस्कन मिल्छ । सदरमुकाम दमौलीबाट बुद्धसिंह मार्ग प्रयोग गर्दै मोटरसाइकलमा यहाँबाट यात्रा गर्न सकिन्छ । सोही पुल नजिकै पक्की पुल निर्माण सुरु भएको १० वर्ष भए पनि पुलको प्रगति जम्मा ४० प्रतिशत मात्रै छ ।
प्रतिक्रिया
भर्खरै
-
नेप्से १.७५ प्रतिशतले घट्दा साताभरि कुल कारोबार २९ अर्ब रुपैयाँभन्दा बढी
-
सिक्टा सिँचाइ आयोजनाकाे चालु वर्षको चैत मसान्तसम्म ७८.३ प्रतिशत मात्रै भौतिक प्रगति
-
उत्पादन, प्रसारण र वितरणसँगै ऊर्जा व्यापारमा समेत निजी क्षेत्रको सहभागिता विस्तार गर्ने नीति ल्याउछौं : ऊर्जामन्त्री श्रेष्ठ
-
पेट्रोल–डिजेलकाे मूल्य घट्दा खाना पकाउने ग्यास १५० रुपैयाँले महँगियो
-
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
सरकारले घटायो, विद्युत् प्राधिकरणले घटाएन इन्धन सुविधा