स्थानीय सत्य नारायण चौधरी भन्छन्,“सडकमा बत्ती बल्नु भनेको उज्यालो हुनु मात्रै होइन, स्थानीय बासीन्दाले सुरक्षाको अनुभूति गर्नु तथा सम्भावित चोरी डकैतीका घट्ना न्यूनीकरण हुनु पनि हो । अँध्यारोको मौका छोपी चाडबाडको समयमा चोरी डकैती हुने सम्भावना बढी हुन्छ । त्यस्तै मादक पदार्थ तथा लागुऔषध सेवन गर्नेले यही यस्तै बेला त हो नि अनैतिक क्रियाकलप गर्ने !”
उनी सहर बजार मानिएको लहानको यस मुख्य चोकमै सडकबत्ती नहुनुले राम्रो सन्देश नदिएको धारणा राख्छन् । “यो क्षेत्र अत्यधिक चोरी हुने ठाउँ हो । चोरले दिउँसै घर फोरौँला जस्तो गर्छन् । रातको समयमा सडकबत्ती नहुँदा उनीहरूले त्यसको फाइदा लिने सम्भावना हुन्छ । विगत लामो समयदेखि सडक बत्तीको लागि वडा कार्यालयदेखि नगरपालिकासम्म धाउँदा पनि समस्या समाधान हुँन सकेको छैन । चाडबाडको समयमा पनि बजार छेवैको सडक अन्धकार हुनु बत्तीमुनिको अँध्यारो भनेजस्तै जस्तै भयो”, चौधरीले भने, ।
यस क्षेत्रमा रहेको वडा नं ८ मा पर्ने २ नं सडकमा भने गत वर्षदेखि स्मार्ट सडकबत्ती जडान गरिएको हुँदा झिलिमिलि रहेको छ । लामो समयदेखि हुलाक चोकदेखि उत्तर–पूर्वतर्फ जाने सडकमा सडकबत्ती नहुँदा सडक अन्धकार भएको सम्बन्धमा वडा अध्यक्ष रामनाथ पण्डितसमक्ष जिज्ञासा राख्दा उनले भने, । “नगरपालिकाले ठेक्कामार्फत सडकबत्ती लगाउने हो । नगरसँग समन्वय गरेर आवश्यक सडकबत्तीको व्यवस्था गर्न पहल गर्नेछु ।”
नगरप्रमुख महेशप्रसाद चौधरीले नगरभित्रका सम्पूर्ण सडकमा बत्ती जडानकाल लागि बर्सेनि ठेक्का लाग्ने गरेको र यस वर्षको लागि पनि ठेक्का लागिसकेकाले चाँडै समस्या समाधान हुने बताए । “हामी सडकबत्तीको व्यवस्थापनमा लागि नै रहेका छौँ । जडान नभएका ठाउँमा चालु आर्थिक वर्षभित्र काम हुन्छ । त्यसबाहेक चाडबाडको समयमा सडकबत्ती माग भएमा नगरले आवश्यक बल्ब उपलब्ध गराउने छ”, उनले भने, ।
बीमा कम्पनी नेको इन्स्योरेन्सले प्रवर्द्धन गरेको पहिलो जलविद्युत् आयोजनामा लगानी सम्झौता
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मूख्यतया सफा
कुलमानले सार्वजनिक गरे आफ्नो कार्यकालका उपलब्धिहरु
बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नु पर्ने मुख्य कारण बन्यो : कुलमान घिसिङ (भिडियो)
कुलमानको प्रश्न : ‘जनतालाई उज्यालो दिनु नै राष्ट्रहित विपरीतको अपराध हो ?’