प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्यो सुन
जलसरोकार
काठमाडौं: लगातार घट्दो क्रममा रहेको सुनको मूल्य मंगलबार पनि घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्दै आज सुनको भाउ २ लाख ३७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि घट्दै प्रतितोला २ हजार ९२० रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ कम हो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि सोको प्रभाव परेको हो । तिहारपछि मात्रै सुनको भाउ प्रतितोला १६ हजार ५ सय रुपैयाँले घटिसकेको छ । असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । त्यही दिन चाँदी पनि प्रतितोला ३ हजार ३५० रुपैयाँसम्म पुगेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुनचाँदीको भाउ घट्नुको मुख्य कारण अमेरिका र चीनबीचको व्यापारिक तनाव कम हुनु हो । दुवै देशबीच व्यापारिक सम्झौताको प्रारम्भिक ड्राफ्टमा सहमति जुटेसँगै सुनको माग घटेको र मूल्यमा कमी आएको बताइएको छ ।
दुई ठूला अर्थतन्त्रबीचको सहमतिले विश्व सेयर बजारमा सकारात्मक प्रभाव पारेको र लगानीकर्ता पुनः सेयर बजारतर्फ आकर्षित हुन थालेका विश्लेषकहरूले जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा