प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्यो सुन
जलसरोकार
काठमाडौं: लगातार घट्दो क्रममा रहेको सुनको मूल्य मंगलबार पनि घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्दै आज सुनको भाउ २ लाख ३७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि घट्दै प्रतितोला २ हजार ९२० रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ६० रुपैयाँ कम हो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि सोको प्रभाव परेको हो । तिहारपछि मात्रै सुनको भाउ प्रतितोला १६ हजार ५ सय रुपैयाँले घटिसकेको छ । असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो । त्यही दिन चाँदी पनि प्रतितोला ३ हजार ३५० रुपैयाँसम्म पुगेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुनचाँदीको भाउ घट्नुको मुख्य कारण अमेरिका र चीनबीचको व्यापारिक तनाव कम हुनु हो । दुवै देशबीच व्यापारिक सम्झौताको प्रारम्भिक ड्राफ्टमा सहमति जुटेसँगै सुनको माग घटेको र मूल्यमा कमी आएको बताइएको छ ।
दुई ठूला अर्थतन्त्रबीचको सहमतिले विश्व सेयर बजारमा सकारात्मक प्रभाव पारेको र लगानीकर्ता पुनः सेयर बजारतर्फ आकर्षित हुन थालेका विश्लेषकहरूले जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य