मनाङ र मुस्ताङमा भारी वर्षा
जलसरोकार
काठमाडौं: पश्चिमी वायुको सक्रियता र अरब सागरबाट विकसित न्यून चापीय प्रणालीका कारण आज देशका विभिन्न स्थानमा मौसम बदली भई वर्षा भइरहेको छ । विशेषगरी हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने भारी वर्षा अभिलेख भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पछिल्लो २४ घण्टामा मनाङको चामेमा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा मापन गरिएको छ । पचास मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा मानिन्छ ।
डोल्पाको दुनैमा ३६ मिलिमिटर र जुम्लामा १३ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पछिल्ला १२ घण्टामा बागलुङ र पर्वतमा २४, प्यूठानमा २१.८, सिन्धुपाल्चोकमा २९.६, चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ ।
हिमाली भू–भागमा बाक्लो हिमपात र तल्लो भेगमा मध्यम वर्षा भइरहेको विभागको विवरणमा उल्लेख छ । काठमाडौँ उपत्यकामा भने हल्का वर्षासँगै चिसो बढेको छ ।
विभागले आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले वर्षा र हिमपात जारी रहेकाले सावधानी अपनाउन सबैमा अनुरोध गरिन् । उनीले हिमाली जिल्लाहरूमा यात्रु तथा स्थानीय बासिन्दालाई जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने