एसियाको उज्वेकिस्तानमा हाइड्रोजन प्लान्ट सुरु
जलसरोकार
काठमाडौँ । साउदी अरेबियाको जलविद्युत् प्रवद्र्धक तथा लगानीकर्ता कम्पनी एक्वा पावर र चिनियाँ सरकारी स्वामित्वको कम्पनी पावर चाइनाले मध्य एसियामा पहिलो पटक हाइड्रोजन प्लान्ट सुरु गरेका छन् ।
दुवै कम्पनीको सहकार्यमा यो प्लान्ट मध्य एसियाको उज्वेकिस्तानमा स्थापना गरिएको हो । वायु ऊर्जाबाट सञ्चालन हुने उक्त प्लान्टले वार्षिक ३००० मेट्रिक टन हरित हाइड्रोजन उत्पादन गर्ने कम्पनीहरुले आफ्नो वेवसाइटमार्फत दाबी गरेका छन् ।
यस हाइड्रोजनलाई प्रतिवर्ष ५००,००० टन एमोनिया मल उत्पादनको लागि प्रयोग गरिनेछ, जसले ३३ लाख क्युबिक मिटर प्राकृतिक ग्यास प्रतिस्थापन गर्न सहयोग गर्नेछ ।
आयोजनाको साधारण ठेकेदार पावर चाइनाले यो परियोजना कम्पनीको पहिलो हरित हाड्रोजन परियोजना भएको भन्दै मध्य एसियामा पहिलोपटक कार्यान्वयन चरणमा पुगेको बताएको छ । साथै, बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतको यो प्लान्ट महत्वपूर्ण ऊर्जा परियोजना रहेको पावर चाइनाले जनाएको छ । फुडान युनिभर्सिटीका अनुसन्धानकर्ताले यस वर्षको सुरुवात ‘बिआरआई अन्तर्गत चीनको कुल ऊर्जा लगानीको आधाभन्दा बढी नवीकरणीय ऊर्जामा रहेको बताएका थिए ।
चीनले प्रतिवर्ष १० लाख देखि २० लाखटनसम्म हरित हाइड्रोजन उत्पादनको लक्ष्य लिएको छ, जसले ठुला स्टिल, सिमेन्ट र मल कारखानालाई कार्बन उत्सर्जन कटौती ९डिकार्बनाइजेसन० गर्न सहयोग गर्ने छ ।
यता एक्वा पावरले खाडी मुलुक र उत्तर अफ्रिकामा ऊर्जा उत्पादन र स्वच्छ पानीका लागि डेसिलिनेटेड प्लान्ट समेत निर्माण गर्दै छ ।
गत सेप्टेम्बरमा एक्वा पावरका अध्यक्ष मोहम्मद अब्नुयान र चीनको सरकारी स्वामित्वको चाइना साउदर्न पावर ग्रिड तथा वायु टर्वाइन निर्माता मिङयाङ स्मार्ट इनर्जीबिच स्वच्छ ऊर्जा प्रविधिमा सहयोगका लागि हस्ताक्षर भइसकेको छ । –रोयटर्स
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना