दुवै कम्पनीको सहकार्यमा यो प्लान्ट मध्य एसियाको उज्वेकिस्तानमा स्थापना गरिएको हो । वायु ऊर्जाबाट सञ्चालन हुने उक्त प्लान्टले वार्षिक ३००० मेट्रिक टन हरित हाइड्रोजन उत्पादन गर्ने कम्पनीहरुले आफ्नो वेवसाइटमार्फत दाबी गरेका छन् ।
यस हाइड्रोजनलाई प्रतिवर्ष ५००,००० टन एमोनिया मल उत्पादनको लागि प्रयोग गरिनेछ, जसले ३३ लाख क्युबिक मिटर प्राकृतिक ग्यास प्रतिस्थापन गर्न सहयोग गर्नेछ ।
आयोजनाको साधारण ठेकेदार पावर चाइनाले यो परियोजना कम्पनीको पहिलो हरित हाड्रोजन परियोजना भएको भन्दै मध्य एसियामा पहिलोपटक कार्यान्वयन चरणमा पुगेको बताएको छ । साथै, बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतको यो प्लान्ट महत्वपूर्ण ऊर्जा परियोजना रहेको पावर चाइनाले जनाएको छ । फुडान युनिभर्सिटीका अनुसन्धानकर्ताले यस वर्षको सुरुवात ‘बिआरआई अन्तर्गत चीनको कुल ऊर्जा लगानीको आधाभन्दा बढी नवीकरणीय ऊर्जामा रहेको बताएका थिए ।
चीनले प्रतिवर्ष १० लाख देखि २० लाखटनसम्म हरित हाइड्रोजन उत्पादनको लक्ष्य लिएको छ, जसले ठुला स्टिल, सिमेन्ट र मल कारखानालाई कार्बन उत्सर्जन कटौती ९डिकार्बनाइजेसन० गर्न सहयोग गर्ने छ ।
यता एक्वा पावरले खाडी मुलुक र उत्तर अफ्रिकामा ऊर्जा उत्पादन र स्वच्छ पानीका लागि डेसिलिनेटेड प्लान्ट समेत निर्माण गर्दै छ ।
गत सेप्टेम्बरमा एक्वा पावरका अध्यक्ष मोहम्मद अब्नुयान र चीनको सरकारी स्वामित्वको चाइना साउदर्न पावर ग्रिड तथा वायु टर्वाइन निर्माता मिङयाङ स्मार्ट इनर्जीबिच स्वच्छ ऊर्जा प्रविधिमा सहयोगका लागि हस्ताक्षर भइसकेको छ । –रोयटर्स
केयूकेएलमा पाँचवटै ट्रेड युनियनको संयुक्त आन्दोलन, प्रमुख कार्यकारी अधिकृत पौडेलको राजीनामा माग
जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना
सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु
सेयर बजार १९.३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार
करेन्ट लागेर मृत्यु भएका उपेशको शव परिवारले बुझे