दूधकोसी नदीको पानीबाट १७१ मेगावाटको विद्युत् उत्पादनकाे तयारी, २०८४ सम्म उत्पान गर्ने लक्ष्य
जलसरोकार
काठमाडौं । सोलुखुम्बु जिल्लाको पासाङल्हामु गाउँपालिका भएर बग्ने दूधकोसी नदीको पानी प्रयोग १७१ मेगावाटको दूधकोसी–६ आंशिक जलाशय आयोजना निर्माण हुने भएको छ । सगरमाथा हाइड्रो पावर प्रालिले पहिचान गरेको आयोजनाको निर्माण प्रक्रिया अघि बढाइएको हो ।
प्रस्तावित आयोजनाको डिजाइन बहाव ५१७५ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ३७६ मिटर रहनेछ । यस आयोजनाबाट वार्षिक सरदर ९८३.९३४ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।
आयोजनाको मूख्य संरचनाहरू दूधकोसी नदीको दायाँ किनारामा पर्दछन् । नदीमा बाँध बाँधी खोलाको दायापट्टि निर्माण हुने इन्टेकबाट पानी फकाई सो पानीलाई आयोजनाको मूख्य संरचनाहरू हुँदै भूमिगत विद्युत् गृहमा झारिनेछ ।
सर्जट्याङ्कबाट कुल ५९८ मिटर लम्बाई र ४ मिटर आन्तरिक व्यास भएको पेनस्टक पाइपमार्फत पानीलाई भूमिगत विद्युत् गृहमा पुर्याइनेछ । आयोजनाको ४९ मिटर लम्बाई, २२.७ मिटर चौडाई र २८ मिटर उचाई भएको भूमिगत विद्युत गृहमा ३ वटा ५८.२९१ मेगावाट क्षमताको टर्वाइनहरूमा पानी खसाली सो टर्वाइनसँग जोडिएको ३ वटा ६६.८७ एमभिएको थ्री फेज जेनेरेटर मार्फत १७१ मेगावाट विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।
उत्पादित ऊर्जालाई १२० केभीको डबलसर्किट प्रसारण लाइन मार्फट ६० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको न्यू–खिम्ती सबस्टेसनमा जोडिनेछ । आयोजनाको काम २०८४ साल मंसिरभित्र पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
सोलुखुम्बु जिल्लाको पासाङल्हामु गाउँपालिका भएर बग्ने दूधकोसी नदीको पानी प्रयोग गरी आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवेदन दिइएको छ । विभागबाट स्वीकृती प्राप्त हुने लगतै आयोजनाको सिभिल संरचनाको काम अघि बढाइने कम्पनीले जनाएको छ ।
विभागले कम्पनीको नाममा अनुमति जारी गर्न प्रक्रिया अघि बढाएको छ । विभागले कम्पनीद्वारा प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्न सक्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा लिखित रायरसूझाव पेश गर्न आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मेघगर्जनसहित वर्षा, हिमपात र असिनाको सम्भावना— यातायात र जनजीवन प्रभावित हुन सक्ने
-
नेपालले ऊर्जा उत्पादनमा किन फड्को मार्न सकेन ?
-
निर्यातको नारा, आयातको मार— छ महिनामा ८ खर्बको व्यापार घाटा
-
पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढ्यो, निर्यातमा झन्डै ४४ प्रतिशत उछाल
-
दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेन्डालाई प्राथमिकता दिन अध्यक्ष ढकालको आग्रह
-
नेप्से परिसूचक घट्दा कारोबार रकम करिब नौ अर्बमा सीमित