सेयर बजार ६२.२९ अंकले बढ्यो, रातो देखिएको १० मिनेटपछि हरियो
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजार ६२.२९ अंकले उक्लिँदै २५७१ अंकमा पुगेको छ । कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि करिब १० मिनेटपछि हरियो मोड लिँदै दिनभर सकारात्मक रह्यो ।
अघिल्लो दिन आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । आज २३६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
क्षेत्रगत सूचकमा विकास बैंक समूह सबैभन्दा बढी ४.४७ प्रतिशतले बढ्यो । बैंकिङ समूह १.९२, फाइनान्स ३.१४, होटल तथा पर्यटन २.८०, हाइड्रोपावर ३.९०, लगानी ३.१९, जीवन बीमा ३.५५, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स २.५९, निर्जीवन बीमा २.५४ र अन्य समूह १.९१ प्रतिशतले वृद्धि भए ।
तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीहरूमा न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सल डेभलपमेन्ट बैंक छन् । साथै राधि विद्युतको मूल्य ९.६०, लुम्बिनी विकास बैंकको ९.३५, सिंगटी हाइड्रो इनर्जीको ८.२१ र फस्र्ट माइक्रोफाइनान्सको ८.१२ प्रतिशतले बढेको छ ।
उता, हिमालयन पावर पार्टनरको मूल्य ६.३६ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट आएको छ । युनिलिभर नेपाल ३.८८ र बोटलर्स नेपाल बालाजु ३.७७ प्रतिशतले घटेका छन् ।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर