सेयर बजार ६२.२९ अंकले बढ्यो, रातो देखिएको १० मिनेटपछि हरियो
जलसरोकार
काठमाडौं: मंगलबार सेयर बजार ६२.२९ अंकले उक्लिँदै २५७१ अंकमा पुगेको छ । कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि करिब १० मिनेटपछि हरियो मोड लिँदै दिनभर सकारात्मक रह्यो ।
अघिल्लो दिन आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । आज २३६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।
क्षेत्रगत सूचकमा विकास बैंक समूह सबैभन्दा बढी ४.४७ प्रतिशतले बढ्यो । बैंकिङ समूह १.९२, फाइनान्स ३.१४, होटल तथा पर्यटन २.८०, हाइड्रोपावर ३.९०, लगानी ३.१९, जीवन बीमा ३.५५, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स २.५९, निर्जीवन बीमा २.५४ र अन्य समूह १.९१ प्रतिशतले वृद्धि भए ।
तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । ती कम्पनीहरूमा न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सल डेभलपमेन्ट बैंक छन् । साथै राधि विद्युतको मूल्य ९.६०, लुम्बिनी विकास बैंकको ९.३५, सिंगटी हाइड्रो इनर्जीको ८.२१ र फस्र्ट माइक्रोफाइनान्सको ८.१२ प्रतिशतले बढेको छ ।
उता, हिमालयन पावर पार्टनरको मूल्य ६.३६ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट आएको छ । युनिलिभर नेपाल ३.८८ र बोटलर्स नेपाल बालाजु ३.७७ प्रतिशतले घटेका छन् ।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन नबन्दा आशुतोष इनर्जीलाई ४ वर्षमा २५ करोड नोक्सानी
-
४ अर्ब खर्च, सिक्टाको भौतिक प्रगति ५१ प्रतिशत
-
नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट
-
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व
-
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा बाँकी तीन भवनको अझै पत्ता लागेन, पानीका कारण उत्खनन प्रभावित