कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना, नदीहरूमा आकस्मिक बहावको चेतावनी
जलसरोकार
काठमाडौं : आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ ।
विभागले जारी गरेको सूचना अनुसार बागमती, कमला, कोशी र कन्काई नदी तथा ती नदीका सहायक धारामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने देखिएको छ । ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्र हुँदै बग्ने स–साना नदीनालामा पनि आकस्मिक बहाव हुने सम्भावना रहेको विभागले जनाएको छ ।
बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली; मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी; र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम उच्च रहने उल्लेख छ ।
विभागका अनुसार सम्भावित वर्षा र हिमपातका कारण नदी–नालामा आकस्मिक बहाव, पहिरो लगायतका जोखिम बढ्न सक्ने र दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि तथा पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने अनुमान गरिएको छ ।
यसैबीच, बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेश तर्फ अगाडि बढिरहेको छ । उक्त चक्रवात भारतमा प्रवेश गरेपछि यसको प्रभाव विस्तारै कमजोर हुँदै उत्तर–उत्तरपश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रको रूपमा नेपालको मध्य भूभाग नजिक आई पूर्वतर्फ सर्ने विभागले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता