मुस्ताङमा बिहानैदेखि भारी हिमपात, जनजीवन प्रभावित
जलसरोकार
काठमाडौं : आज बिहानैदेखि परेको भारी हिमपातका कारण मुस्ताङको चराङ–लोमान्थाङ सडकखण्डमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको करिब पाँच किलोमिटर सडकमा हिउँ जम्दा सवारी सञ्चालन कठिन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।
उनका अनुसार सो सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले यातायात पूर्ण रूपमा अवरुद्धजस्तै भएको छ । प्रहरी र स्थानीयवासीले सडक खुलाउने प्रयास गरे पनि निरन्तर हिमपातका कारण कठिनाइ भइरहेको बताइएको छ ।
यसअघि मङ्गलबार लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी) का सुरक्षाकर्मीहरूले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए । यस्तै, हिमपातका कारण अवरुद्ध भएको कागबेनी–मुक्तिनाथ सडक भने हाल सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
मङ्गलबार दिनभर परेको हिमपातका कारण उपल्लोदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा सेताम्मे बनेका छन् । उपल्लो मुस्ताङको घमीदेखि कोरलासम्म र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा स्थानीय जनजीवन प्रभावित भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता