सेयर बजार ३०.७६ अंकले उकालो, १८ अर्ब ५२ करोड बराबरको कारोबार
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३० दशमलव ७६ अङ्कले बढ्दै ३,००२ दशमलव ०७ विन्दुमा पुगेको छ । यो वृद्धि एक दशमलव ०३ प्रतिशत हो ।
आज ३२१ कम्पनीका चार करोड १८ लाख आठ हजार ९६६ कित्ता शेयर एक लाख ५७ हजार ५२५ पटक खरिदबिक्री भएका छन् । यस अवधिमा कूल १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका समूहहरूमध्ये विकास बैंक, वित्त र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचकमा वृद्धि देखिएको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी लिमिटेड र नेडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ, जसको शेयर मूल्य ८ दशमलव ६० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी लिमिटेड अग्रस्थानमा रहेको छ । यसको कूल कारोबार रकम ६४ करोड ४१ लाख ३८ हजार रुपैयाँ रहेको छ । शेयर संख्या अनुसार सबैभन्दा धेरै किनबेच प्रभु बैंक लिमिटेडको भएको छ, जसमा १८ लाख ५८ हजार २ सय २३ कित्ता शेयर किनबेच भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार