डेडिकेटेड र ट्रंक लाइनबाट निरन्तर बिजुली उपभोग गरिरहेका उद्योगीहरुले बेलैमा बक्यौता नतिरेका कारण नेपाल विद्युत् प्राधिकरणले धमाधम लाइन काटिरहेको छ । विगतमा राजनीतिक दलका नेता र सरकारमा बस्नेहरुले सही निर्णय नगर्दा अहिलेको अप्रिय स्थिति आइपरेको हो । अर्काेतर्फ, सरकारले आगामी सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्यको घोषणा गरेको छ । भारतसँग गत साता १० वर्षमा १० हजार मेगावाट निकासी गर्ने सम्झौता भयो । प्राधिकरणमाथि देशभरको प्रसारण लाइन र सवस्टेशन निर्माण गर्नैपर्नै चुनौतीपूर्ण कार्यभार पनि छँदैछ । निजी क्षेत्रका समस्या समाधान पनि गर्नुपरेको छ । यी र यिनै विषयमा जलसरोकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुराकानी गरेको थियो । तिनै कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
मुलुकको विद्युत् क्षेत्रको सबैभन्दा सकारात्मक पक्ष के देख्नुभएको छ ?
विगत पाँच, छ वर्षभित्र नेपालको विद्युत् क्षेत्रमा ठूलो परिवर्तन आएको छ । पहिलो त, हामीले लोडसेडिङ अन्त्य ग¥र्याैं । लोडसेडिङको अन्त्यसँगै प्रसारण, वितरण क्षेत्रका पूर्वाधार मर्मत–सम्भार गर्नुपर्ने थियो । त्यसलाई मिलाइसकेपछि विश्वसनीय, भरपर्दाे र गुणस्तरयुक्त विद्युत् आपूर्ति दिनुपर्ने मुद्दाचाहिं महत्वपूर्ण थियो । त्यसलाई पनि हामीले धेरै हदसम्म समाधान गर्याैं । नेपालमा विद्युत् क्षेत्रमा भरपर्दो, गुणस्तरयुक्त र ग्राहकले मागजेति बिजुली उपलब्ध गराउन सक्नेसम्म हामी पुगेका छौं । त्योसँगै हामीले तीन वर्षदेखि विद्युत् निर्यात गरिरहेका छौ । यो वर्ष मात्र हामीले साढे १५ अर्ब रुपैयाँको विद्युत् निर्यात गर्न सफल भयौं । अब आउँदा दिनहरुमा विद्युत् निर्यातको मात्रा धेरै हदसम्म बढ्दै जानेछ ।
नदी करिडोरका प्रसारण लाइनसम्बनधी आयोजनाहरु धेरैजसो सम्पन्न हुने चरणमा छन् । वितरण लाइनको संरचनाहरु बनाउने सव स्टेशनहरु बनाउने शहरी क्षेत्रलाई औद्योगिक करिडोरलाई भरपर्दाे र गुणस्तरीय आपूर्ति दिन ठूलो मात्रामा लगानी र संरचनाहरु विस्तार गर्ने कामहरु भइरहेका छन् । धेरै हदसम्म सम्पन्न पनि भएका छन् ।
प्रसारण लाइन अभाव नै ठूलो चुनौती देखिएको छ, यसमा प्राधिकरण के गरिरहेछ ?
अहिले हामीसँग प्रसारण लाइनको सञ्जाल धेरै ठूलो भइसकेको छ । निर्माण पनि हुँदै गइरहेका छन् । बनिसकेका आयोजनाहरु पनि धेरै मात्रमा सञ्चालनमा आइसकेका छन् । धेरै आयोजनाहरु पाइप लाइनमा छन् । प्रसारणलाई पूर्वको इनरुवादेखि पश्चिमको अत्तरियासम्म केही ठाउँहरुमा अध्ययन सकिएको छ छ भने केही ठाउँहरुमा शुरु नै गरिसकेका छौ । प्रसारण लाइन निर्माणको कुरा गर्दा वित्तीय व्यवस्थापन नै सबैभन्दा महत्वपूर्ण कुरा हो । दाङको लमहीसम्मको प्रसारण लाइनको लगानी पनि जुटेर अन्तिम चरणमा पुगेको छ । बुटवलसम्म करिब–करिब निर्माणमा चरणमा गइसकेको छ । एमसीसीदेखि धेरै अन्य धेरै प्रोजेक्टहरु छन् ।
नदी करिडोरका प्रसारण लाइनसम्बनधी आयोजनाहरु धेरैजसो सम्पन्न हुने चरणमा छन् । वितरण लाइनको संरचनाहरु बनाउने सव स्टेशनहरु बनाउने शहरी क्षेत्रलाई औद्योगिक करिडोरलाई भरपर्दाे र गुणस्तरीय आपूर्ति दिन ठूलो मात्रामा लगानी र संरचनाहरु विस्तार गर्ने कामहरु भइरहेका छन् । धेरै हदसम्म सम्पन्न पनि भएका छन् । यसले आगामी ५० वर्षसम्म लोड धान्ने गरेर सबै शहर, सबै औद्योगिक करिडोरहरुमा त्यस किसिमको संरचना बनाउने गरेर आयोजनाहरु अघि बढिरहेका छन् ।
प्राधिकरणले अघि सारेका ठूला आयोजनाहरुको अगाडि बढ्न सकेका छैनन् त ?
उत्पादनतर्फ विद्युत् प्राधिकरण आफैले पनि धेरै ठूला–ठूला आयोजनाहरु अघि बढाएको छ । माथिल्लो अरुण (१०६३ मेथगावाट), दूधकोशी जलाशययुक्त (६३५ मेगावाट) का अर्धजलाशययुक्त यी आयोजनाहरुमा विश्व बैंक र एडीबीको लगानीमा वित्तीय व्यवस्थापन यही वर्षभित्र हुँदैछ । त्यसको तैयारीका सम्पूर्ण काम सम्पन्न गरिसकेका छौं । यो दुई आयोजना रुपन्तरणकारी (गेम चेञ्जर) को रुपमा आउँदैछन् । साथै नेपाल सरकारले अहिले बूढीगण्डकी अगाडि बढाउन लागेको छ । विद्युत् प्राधिकरणअन्तर्गत सुनकोशी तेश्रोको लागि लाइसेन्स प्राप्त गरेका छौ । यो करिव ७ सय मेगावाटको हुनेछ । त्यसैगरी प्राधिकरण अन्र्तगत रहेको चैनपुर सेती (२१० मेगावाट) तामाकोशी पाँचौं (९९ मेगावाट) आदि साना आयोजनाहरु पनि निर्माणको चरणमा अघि बढिसकेको छ ।
यीसँगै आउँदा दिनमा नेपालमा ठूला प्रोजेक्टको रुपमा अगाडी बढाउन विद्युत प्राधिकरण मार्फत अध्ययन गर्ने हिसावले कर्णाली चिसापानी (१० हजार ८ सय मेगावाट) लाई अन्तराष्ट्रिय स्तरको परामर्शदाता नियुक्त सम्पूर्ण अध्ययन अन्तराष्ट्रिय स्तरको गर्ने गरी कार्यक्रम अघि बढाएका छौं । यो आयोजना यो क्षेत्रको थ्री गर्जेज प्रोजेक्ट नै हो । यसले यो क्षेत्रलाई नै ठूलो योगदान गर्नेछ । यसमा ऊर्जाको मात्र कुरा छैन, तल्लो तटीय पानीका लाभहरु पनि छन् । यसलाई हामीले सम्पूर्ण तवरले अध्ययन गर्नेछौं ।
नेपाल सरकारको पनि एउटा उद्देश्य ‘गेम चेन्जर प्रोजेक्ट’ समृद्धि र भविष्यको लागि सुरुवात गरौं भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालज्यूको पनि ठूलो उद्देश्य रहेकोले हामीले अगाडि बढाएका छौं ।
कर्णाली चिसापानी पहिले पनि भारतसँग तल्लो तटीय लाभका कुरा नमिलेर बीचमै रोकिएको थियो । अब के भारत मान्छ, नेपालले भनेको ?
यसमा हामी पहिला अध्ययन गर्छाैं, पहिला प्रोजेक्ट त तयार हुनु प¥यो नि । हामीसँग प्रोजेक्ट तयार नभई नेगोसियशन (वार्ता) कसरी गर्नु हुन्छ ? प्रोजेक्ट तयार भएपछि त्यसको निर्माण प्रारुप (कन्सट्रक्शन मोडालिटी), वित्तीय व्यवस्थापनसम्बन्धी प्रारुप तयार हुन्छ । यीसँगै सँगै अरु लाभ–लागत बाँडफाँटका कुराहरु आउँछन् । त्यसैले यो प्रोजेक्टचाहिं समग्र रुपमै तैयार गर्दैछौ ।
हामी यो कर्णाली चिसापानी दस हजार आठ सय मेगावाट छ भनेर वर्षाैंदेखि कराएर बसिरह्यौं । तर यो प्रोजेक्ट कसरी बढाउने ? कहिले सुरु गर्ने ? भन्ने केही आएन । किनभने अब सुरु भयो । सुरु गर्नु नै ठूलो कुरा हो । अब तीन, चार वर्ष लाग्ला । यो अवधिभित्र हामी यसको अध्ययन सम्पन्न गर्छाैं । त्यसको फाइनान्सिङ्ग मोडालिटी (वित्तीय व्यवस्थापन) कसरी गर्ने त ? पहिला भएको अध्ययनको आधारमा बसेर यसको अपडेट हुन्छ । त्यसको प्राविधिक पक्ष, वित्तीय पक्ष, सामाजिक–वातावरणीय सबै पक्षको अध्ययन गर्छाैं । लाभ र जोखिमको विशलेषण हुन्छ । त्यही किसिमले हामीले टीओआर (सन्दर्भ सूची र आरएफपी (प्रस्ताव आह्वान) तयार गरेका छौ । त्यसैले त्यो हिसावले नै त्यो अगाडि बढ्छ । यो भविष्यको लागि एउटा ठूलो आयोजना हो । नेपाल सरकारको पनि एउटा उद्देश्य ‘गेम चेन्जर प्रोजेक्ट’ समृद्धि र भविष्यको लागि सुरुवात गरौं भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालज्यूको पनि ठूलो उद्देश्य रहेकोले हामीले अगाडि बढाएका छौं ।
कर्णाली चिसापानीजस्ता बृहत् आयोजना यो २८ हजार ५ सय भित्र नपर्न सक्छ । कर्णाली चिसापानीलाई पानी हामीले राम्रो सँग अध्ययन गरेर राख्याै भने भोलि लगानीको ढाँचा त बन्न सक्छ नि । यसमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय लगानी हुन सक्छ । यहाँ (नेपालमा) लगानीयोग्य वातावरण भयो भने धेरै आयोजनाहरु आउन सक्छन् ।
सरकारले यति ठूलो लक्ष्य (२८५०० मेगावाट उत्पादन) को लक्ष्य लिएको छ । निजी क्षेत्रको पीपीए भने रोकिएको छ । सरकारले मात्र लक्ष्य पूरा गर्न सक्छ ?
विद्युत् प्राधिकरण नेपाल सरकारअन्तर्गतको एउटा निकाय हो । प्राधिकरणले एउटा ठूलो जोखिम (बजारको) लिएर करिब–करिब १० हजार मेगावाटसम्मको पीपीए अिलहेसम्म गर्याैं । त्यो सम्पूर्ण रुपले प्राधिकरणले जोखिम लिएको हो । भोलि स्वदेशमा खपत हुन नसकेको बिजुली मात्र भारत वा बंगलादेशमा बेच्र्छाैं । जहाँ बेचे पनि त्यसको जोखिमचाहिं ‘टेक अर पे’ (लिऊ वा तिर) को जोखिम प्राधिकरणले लिएर आयोजनाहरुको पीपीए गरिएको हो । वास्तवमा भन्ने हो भने विद्युत् प्राधिकरणले बढाएको भन्नुपर्छ यी आयोजनाहरु । नत्र निजी क्षेत्रको लगानी नै आउँदैनथ्यो । निजी क्षेत्रको लगानी तीस वर्षका लागि हो । त्यसपति ती आयोजना सरकारकै हुने हुनु । त्यसकारण यो आयोजनाहरुलाई पनि अगाडि बढाउन विद्युत् प्राधिकरणले जोखिम मोलेरै पीपीए गरेको हो । बाँकी दस, एघार हजार मेगावाटका आयोजनाको पीपीएका लागि निवेदन परेका छन्, तिनका पनि पीपीए खुला गर्नेबारे सञ्चालक समितिमा छलफल भइरहेको छ ।
नेपाल सरकारले सन् २०३५ सम्ममा करिब २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा हुन पनि सक्छ, नहुन पनि । २८ हजार मेगावाटमा २०, २५ मेगावाट आउलन सक्ला । त्यस्तै १० वर्षमा १० हजार मेगावाट निर्यातको सम्झौता पनि भइसकेको छ । यी सबै लक्ष्य पूरा गर्नका लागि हामी निजी क्षेत्रलाई पनि साथ लिएर अघि बढ्छौं । मुलुकको जलविद्युतमा निजी क्षेत्रको ठूलो योगदान छ । निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुको विकल्प छैन ।
२८५०० मेगावाट उत्पादन गर्न करिब ५० अर्ब अमेरिकी डलर लाग्छ, त्यत्रो धनराशि कसरी जुट्न सक्छ ?
जलविद्युत् उत्पादनतर्फ स्वदेशी निजी क्षेत्र र विदेशी (भारतीयसहित) लगानीकर्ताहरुले पनि चार, पाँच हजार मेगावाटका आयोजना विकास गरिरहेका छन् । यसलाई ‘इन्कुलुड एभ्रिथिङ’ (सबैलाई समावेश) भनेका छौं । निजी क्षेत्रको उत्पादनतर्फ त्यति अप्ठेरोजस्तो लाग्दैन । त्यही भएर हामीले विश्व बैंक, एडीबी लाई सँगै लिएर हिंडेका छौं— माथिल्लो अरुण र दूधकोसीहरुमा । एडीबी, विश्व बैंकजस्ता बहुपक्षीय दातृ निकायहरुलाई ठूला आयोजनाहरुमा ल्याउनुपर्छ भनेर सँगै अघि बढेका छौं । त्यसैगरी निजी क्षेत्रका साना आयोजनाहरुमा त धेरै अगाडि नै रहेका छन् । कर्णाली चिसापानीजस्ता बृहत् आयोजना यो २८ हजार ५ सय भित्र नपर्न सक्छ । कर्णाली चिसापानीलाई पानी हामीले राम्रो सँग अध्ययन गरेर राख्याै भने भोलि लगानीको ढाँचा त बन्न सक्छ नि । यसमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय लगानी हुन सक्छ । यहाँ (नेपालमा) लगानीयोग्य वातावरण भयो भने धेरै आयोजनाहरु आउन सक्छन् । अहिले पनि पाँच, सात हजार मेगावाटका विभिन्न आयोजनाहरु त निर्माणाधीन नै छन् । त्यो भएको हुनाले यी सबैलाई मिलाएर २८ हजार मेगावाट भनेका हौं । सरकारबाट तयार हुँदै गरेका आयोजनाहरु सरकारको संयुक्त लगानीमा बहुपक्षीय बैंकहरुको लगानीमा अगाडि बढाइरहेका छौं ।
किनकि हाम्रो हरित ऊर्जा हामी नैे खपत गर्दैछौं । त्यो भएको हुनाले खपतमा हामी एकदमै ठुलो रुपान्तरणमा जाँदैछौ । यातायात र भान्छालाई विद्युतीकरण गर्दैछौं । । पछिल्लो समय केही औद्योगिक क्षेत्रमा उहाँहरुको बाध्यताले कोइलालगायत डिजेल प्रयोग गर्नुपर्ने पनि रहेछन् । त्यसको प्रतिस्थापन हुनासाथ समग्र ऊर्जा त विद्युतमय हुनेछ । हाम्रो त ऊर्जा रुपान्तरण भनेको जीवाष्म ऊर्जालाई प्रतिस्थापन गर्ने हो ।
अनि प्रसारण लाइनमा लगानी जुटाउने कुरा पनि त कम्ता चुनौतीपूर्ण छैन नि ?
जहाँसम्म प्रसारण लाइनका कुरा छन्, यसमा धेरै नै लगानी अहिले नै भइरहेको छ । एमसीसीको ५ सय मिलियन डलर करिव (६० अर्ब रुपैयाँ), भारतीय एक्जिम बैंकको करिब ७० करोड अमेरिकी डलर (९१ अर्ब रुपैयाँ) गरी करिब सय अर्बका आयोजनाहरु अगाडि बढाइएका छन् । एडीबीबाट करिब एक अर्ब अमेरिकी डलरको प्रसारण लाइन अगाडि बढिरहेको छ । अझै ५ सय मिलियन (५० करोड डलर) त थप्दै छौं । बुटवल पश्चिमको लागि भने पछि करिव डेढ खर्ब रुपैयाँ आई नै सक्यो । अहिले कोरियन एक्जिम बैकलाई ४, ५ सय मिलियन (४०, ५० करोड डलर) थप्नका लागि भनेका छौं । एक्जिम बैक चाइनासँग अनुरोध गरि राखेका छौ ।
विद्युत् प्राधिकरणले आफ्नै स्रोतबाट लगानी गर्नै कुरा छँदैछ । प्राधिकरणले गर्ने लगानी पुनःलगानी हो । यति धेरै आयोजनाले यतिका पैसा एकसाथ चाहिने होइन । एउटा आयोजनाले उत्पादन गर्दै गर्छ, त्यसबाट आउने पैसा पुनः लगानी गर्ने हो । जस्तै तामाकोसी (४५६ मेगावाट) ले तामाकोसी पाँचौं बनाउने हो । त्यसो भएको हुनाले सबै पैसा एकैचोटि चाहिने भन्ने हैन । लगानीचाहिं हरेक क्षेत्रबाट आउने हुनाले यसको सम्भावना छ । त्यो सम्भावना र लक्ष्यलाई अगाडी राखेर बढ्नुपर्छ । हामीले शत प्रतिशत हासिल गर्न नसके पनि ८०, ९० प्रतिशत हासिल हुँदा पनि हाम्रो उद्देश्य त पूरा हुन्छ ।
देशको कुल ऊर्जा खपतमा जलविद्युतको अंश जम्मा ४.२ प्रतिशत मात्र रहेको तथ्यांक जल तथा ऊर्जा आयोगले सार्वजनिक गरेको छ । अन्य ऊर्जालाई रुपान्तरण गर्न सकिने सम्भावना कत्तिको देख्नुहुन्छ ?
अब विद्युत् खपत र यो समग्र ऊर्जा क्षेत्रको खपतमा जुन तथ्यांक बाहिर आएको छ, त्यसमा मलाई अलिकति शंका छ । पछिल्लो समय तपाईले जहाँ पनि हेर्न सक्नुहुन्छ, विद्युत् नै खपत भइरहेको छ । काठ दाउरा भनेको खान पकाउन प्रयोग हुने हो । त्यसैले विद्युत्बाट सबै प्रतिस्थापित हुन सक्छ । यसका लागि विद्युतीय चुल्होबाट प्रतिस्थापन गर्न सकिन्छ । नेपालमा विद्युतीय चुल्हो र पेट्रोलियम पदार्थको प्रतिस्थापनले नै ऊर्जा रुपान्तरण (इनर्जी ट्रान्जिसन) ल्याउँदैछ । पछिल्लो समय विद्युतीय गाडीको प्रवाह हेर्नुहोस् । चार्जिङ्ग स्टेशनको ठूलो माग आउँदैछ । यसले प्रतिस्थापन मात्र गर्ने होइन, यसको योगदान अर्थतन्त्रमा ठूलो हुनेवाला छ । किनकि हाम्रो हरित ऊर्जा हामी नैे खपत गर्दैछौं । त्यो भएको हुनाले खपतमा हामी एकदमै ठुलो रुपान्तरणमा जाँदैछौ । यातायात र भान्छालाई विद्युतीकरण गर्दैछौं । । पछिल्लो समय केही औद्योगिक क्षेत्रमा उहाँहरुको बाध्यताले कोइलालगायत डिजेल प्रयोग गर्नुपर्ने पनि रहेछन् । त्यसको प्रतिस्थापन हुनासाथ समग्र ऊर्जा त विद्युतमय हुनेछ । हाम्रो त ऊर्जा रुपान्तरण भनेको जीवाष्म ऊर्जालाई प्रतिस्थापन गर्ने हो । जीवाष्म ऊर्जा र भान्सालाई प्रतिस्थापन गर्नेबित्तिकै ऊर्जा रुपान्तरण भइहाल्छ । अरु त सबैमा विद्युत् नै छ । हामी कार्बन शून्यमा होइन, कार्वन नेगेटिभ (ऋणात्मक) मा जान्छौ । त्यसैले त्यो हिसावको नीतिचाहिं हामीले तर्जुमा गर्नुपर्छ, सरकारी तहमा । त्यसैले व्यापार घाटाको हिसाबले पनि आयातलाई करिब तीन, चार खर्ब रुपैयाँले प्रतिस्थापन गर्छाैं । ४,५ खवर्बको निकासी गर्छाैं भने व्यापार घाटा त शून्य हुने भयो । विद्युतबाट मात्रै व्यापार घाटा शून्य हुनेछ । तेलको हिसाबले नेपालको पानीचाहिं प्रमुख स्रँेत हुँदैछ । पानीबाट बिजुली उत्पादन गर्नुभयो, विद्युत्बाट सबै कुरो परिणत हुँदैछ । यातायातदेखि सिंचाई सबैमा विद्युतीकरण भइरहेको छ, हुँदैछ । त्यसैले पानी नै ऊर्जाको स्रोत भयो ।
नेपालमा हरित हाइड्रोजनको सम्भावनाको चर्चा विस्तार हुँदै गइरहेको छ, यसको सम्भावना एउटा इलेक्ट्रिकल इन्जिनियर र व्यवस्थापनको विद्यार्थीको नाताले कसरी हेर्नुभएको छ ?
अहिले विश्वमा हरित ऊर्जा (ग्रीन इनर्जी) को कुरा आइरहेको छ, त्यो ग्रीन हाइड्रोजनबाट बन्ने हो । पानी र बिजुलीलाई फिटेर (इलेक्ट्रोलाइसीस) हरित हाइड्रोजन बन्ने हो । त्यो ग्रीन हाइड्रोजनको मार्केट यति ठुलो हँुदैछ, त्यो व्यापारिक तवरबाट सम्भाव्य हुँदैछ । व्यापारिक तवरबाट सम्भाव्य भयो भने नेपालको बिजुली यूरोप र अमेरिका र जापानसम्म बेच्न सकिन्छ— हाइड्रोजनको रुपमा । त्यो भएको हुनाले नेपालमा अर्काै फिउल (इन्धन) बन्दै छ— विश्वको लागि । पट्रोल डिजेलको भन्दा पनि हाईड्रोजन ऊर्जाबाट चल्ने गाडी, ठूला सवारीसाधन, जहाज रेलहरु आइसके भने पछि यो नेवपालको पानी हामी ऊर्जाको रुपमा निर्यात गर्न सक्छौं । भविष्यमा नेपालको ऊर्जाको ठूलो स्रोत हुने सम्भावना छ । त्यसैले नेपालको हरित अर्थतन्त्र (ग्रीन इकोनोमी), हरित ऊर्जा (ग्रीन इनर्जी) ले चाही हाम्रो देशको समृद्धिमा ठूलो योगदान पु¥याउनेछ ।
हामीसँग पानी प्रशस्त उपलब्ध छ । विद्युत् र कच्चा पदार्थ सस्तो भएपछि तयो बेला अहिलेको जस्तो पेट्रोल डिजेलभन्दा विद्युतीय सवारी साधन हालको अवस्थामा ३० गुणा सस्तो हुनेछ । त्यसले जतिसुकै कन्र्भसनमा इफिसेन्सी (ऊर्जा परिणति दक्षता) कम भए पनि फिजीबल (सम्भाव्य) हुन सक्छ ।
ग्रीन हाइड्रोजन नीति तर्जुमामा नेपाल विद्युत् प्राधिकरण र काठमाडौं विश्वविद्यालयले मिलेर काम गरेका थिए, त्यो कहाँ पुग्यो ?
ग्रीन हाइड्रो नीति मन्त्रिपरिषदमा गएर त्यहाँको कमिटीमा छलफल भइरहेको छ । अब चाँडै त्यो नीति पास हुँदैछ । नीनिमा कसरी निजी क्षेत्रलाई प्रवद्र्धन र सहभागी गराउने भन्ने विषय समावेश छ । त्यो नीति आएपछि निजी क्षेत्रलाई व्यापारिक तवरमा सम्भाव्य हुनका लागि केही समय लाग्न पनि सक्छ । त्यसो भएकाले हामीले समानान्तर अध्ययन पनि गरिरहेका छौं— विभिन्न निकायहरुसँग छलफलका साथ । सरकारले पनि यसलाई स्वामित्व ग्रहण गर्नुपर्छ । यो ऊर्जा हालका लागि वा भनौं सुरुआती दिनमा जति नै महँगो परे पनि ऊर्जा स्रोतको रुपमा सरकारले प्राथमिकताका साथ राख्नुपर्छ ।
यो हाइड्रोजन ऊर्जा कत्तिको प्रभावकारी हुने देखिन्छ ?
यसको इफिसेन्सी कन्र्भसन (क्षमता रुपान्तरण) मा चाहिं इफिसेन्सी (दक्षता) कति आउँछ भन्ने हो । करिव ४०, ५० प्रतिशत इफिसेन्सी छ । तर ग्रीन हाईड्रोजनबाट अरु पनि फाइदा छन् । यो ऊर्जाको मात्र फाइदा होइन, त्यसबाट परिणत गरेर एमोनिया उत्पादन हुन्छ, त्यसबाट रासायनिक मल बनाउन सकिन्छ । इलेक्ट्रिसिटिबाट ग्रिन हाइड्रोजनमा गएर परिणत हुने दक्षता पनि बढ्दैछ । किनकि प्रविधि सधै एउटै रहँदैन, यो पनि परिवर्तन हुँदै जान्छ । त्योसँगै ठूला–ठूला पेट्रोल डिजेलबाट चल्ने यातायात हेभी उपकरणहरु पनि हाईड्रोनजनबाट चल्दैछन् । अरु ऊर्जाको सट्टामा हाम्रो विद्युत् सस्तो हुनासाथ त्यो पनि धेरै सस्तो हुन्छ । त्यसको मुख्य स्रोत र कच्चा पदार्थ भनेकै जलविद्युत् (हाम्रो सन्दर्भमा) र पानी हो । हामीसँग पानी प्रशस्त उपलब्ध छ । विद्युत् र कच्चा पदार्थ सस्तो भएपछि तयो बेला अहिलेको जस्तो पेट्रोल डिजेलभन्दा विद्युतीय सवारी साधन हालको अवस्थामा ३० गुणा सस्तो हुनेछ । त्यसले जतिसुकै कन्र्भसनमा इफिसेन्सी (ऊर्जा परिणति दक्षता) कम भए पनि फिजीबल (सम्भाव्य) हुन सक्छ । प्रविधिहरु पनि परिवर्तन भइरहेकै छन्, यसको लागत घट्दै छ । त्यसैले भविष्यमा यो नेपालका लागि सम्भाव्य छ । हुनु पनि पर्छ । अहिले जापानतिर ग्रिन हाइड्रोजन प्रयोगमा आइसकेको छ ।
बर्षायाममा खेर जाने विद्युतलाई प्रयोग गर्न सकिन्छ नि ?
वर्षायाम भरि उत्पादन हुने विद्युत् ऊर्जालाई हाइड्रोजन ऊर्जामा परिणत गरेर बेच्न सकिन्छ । यसका लागि प्रसारण लाइन चाहिंदैन । जता लगेर बेचे पनि भयो । यसको एउटै मात्र समस्या ढुवानीको छ । यसलाई फिजिबल कसरी बनाउने भन्ने हो । यसको प्रविधि विकास भइरहेको छ । यो भविष्यमा आउँछ । पहिला सोलार ऊर्जा प्रतियुनिट २०,३० रुपैया भन्थ्यौं नि, हाल २ रुपैयामा आयो । यो त प्रविधि हो । त्यसो भएकाले ऊर्जाको रुपमा चाहिं सम्भाव्य हुने अवस्था चाहिं आउँछ ।
अब कुरा गरौ बक्यौताको यसको समस्या समाधान कसरी हुन्छ ?
नेपालमा चलिरहने एउटै कुरा भनेको बक्यौता हो । त्यो हो— प्राधिकरणको यति बक्यौता । ३४, ४० अर्व भन्दा धेरै देखिएको छ । वास्तवमा भन्ने हो भने त्यो वक्यौता धेरै हैन । हामौ एक महिनामा बिलिङ गर्छाैं, २ महिनामा तिर्न पर्नै हुन्छ । त्यसलाई हेर्ने हो भने १५ अर्ब जति त सधै देखिन्छ । त्यो त आउने पैसा हो । त्यो त वक्यौता हैन । विद्युत प्राधिकरणसँग दुईवटा वक्यौता रहेको छ, जसमा सडक बत्तीको नगरपालिकाहरु संग लिनु पर्ने । अर्काे, डेडिकेटेड ट्रंक लाइनको, जुन हामी अहिले कारबाही गरिरहेका छौं ।
अब सडक बत्तीको बक्यौता हेर्ने हो भने कुनै पनि नगरपालिका वा गाउँपालिकाले तिरेको छैन । हामीले बिल गरिरहेका छौं । २०७०, ७२ साल देखि नै नेपाल सरकार अर्थ मन्त्रालयलाई मिलाइ दिन प¥यो भनेर भनेका हौ । तर उहाँहरु (अर्थ मन्त्रालय) ले सम्बन्धित निकायबाटै लिन पर्छ भनेर पत्र नै लेख्नु भएको छ । निर्देशन नै दिएको छ स्थानिय निकायलाई त्यो करिव ५ अर्ब रुपैयाँको छ । हामीले सबैलाई तिर्नका लागि भनेका छौं । पछिल्लो समय हरेक नगरपालकिा, वडामा उज्यालो कार्यक्रम चलिरहेको छ । त्यसमा हामीले पनि सहयोग गरिराखेका छौ । तर त्यो तिर्नै कल्ले त भन्दा त्यो त नगरपालिकाले नै तिर्नु पर्ने हो । महानगर वा गाउँ पालिकाले नै तिर्ने हो । त्यो हामीले भनिरहेका छौं । तिर्नु पनि पर्छ । कि नेपाल सरकारले हामीले तिर्न पर्नै दायित्वहरुमा मिलान गरि दिन प¥यो, हैन भने स्थानीय निकायलाई तिर्न भनिदिन प¥यो वा हामीले लिनु पइ।
उहाँहरुको भनाई चाहिं के हो ?
उहाँहरुको भनाइ चाहिं कतिले प्रमाणीकरण नै गरेका छैनौं भन्ने छ । कतिले तिर्न नपर्नै भन्ने, कतिपय नगरपालिकाले त उल्टो बिल गरेर विद्युतीय पोल गाडेको भाडा माग्ने । यसरी नै बक्यौताहरु थपिदै गएका छन् । यसरी विद्युतलाई पोल भाडा, पानीलाई धाराको भाडा सडकलगायतलाई भाडा उठाउने हो भने कसरी हुन्छ विकास ? यो त पूर्वाधार हो । विद्युत् प्राधिकरण ऐन, २०४१ मा प्रष्ट व्यवस्था के छ भने कुनै पनि कर विद्युत प्राधिकरणलाई लाग्दैन । त्यसरी उल्टो बिल गर्ने हिसावले केही नगरपालिकाहरु आएका छन् । त्यो गलत हो । कि त मेरो नगरपालिकामा सडक बत्री नै बाल्दिनँ भन्नु प¥यो । हैन भने नगरपालिकाको पनि दायित्व हो, जिम्मेवारी हो ।
यो ट्रंक लाइन र डेडिकेटडमा उद्योगीहरुलाई लाइन काटेर मर्का प¥यो भन्ने गुनासो छ नि ?
डेडिकेटेड ट्रंकक लाइन मेरो पालाभन्दा पनि धेरै अगाडिको हो । लोडसेडिङको पालामा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर लोडसेडिङ बढायो भनेर ठूलो आवाज नै उठ्यो । छानबिन कमिटी पनि बन्यो । प्राधिकरण बोर्डले निर्धारण गरेको महसुल दरलाई तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले पनि अनुमोदन ग¥यो । डेडिकेटेड र ट्रंक लाइनको परिभाषा विनियमदेखि सबैमा भएको छ । त्यसको आधारमा म आएको पाँच महिनापछि यो विषय आएर नियम–कानुन अनुसार बिल काटेको हो । म आउनुअघि केही पनि भएको थिएन । त्यसपछि धेरै उद्योगी साथीहरु अदालत पनि जानुभयो । ५२ वटा त मुद्दै प¥यो । अदालतबाट अन्तरिम आदेशहरु पनि जारी भए । अन्तरिम आदेश जारी भएकाहरुको लाइन काट्ने कुरा पनि भएन । विद्युत् नियमन आयोग स्थापना भएपछि साविकको विद्युत् महशुल निर्धारण आयोग खारेज भयो । नियमन आयोगका सदस्य आउन दुई वर्ष लाग्यो । यो बीचमा ग्याप भयो । अनि त्यो रेट पुनरावलोकन पनि भएन, त्यो डेडिकेटड जसजसलाई लगाइएको हो, त्यो निरन्तर भयो ।
समिती बन्यो । ऐन कानुन बन्यो । तर कोही पनि सदस्य नआउँदा हालसम्म यो रहन गएको हो । लोडसेडिङको अन्तपछि पनि केही बिलहरु गइरह्यो मुख्य पक्षचाहिं त्यही छ । त्यसपछि बल्ल सदस्यहरु आउनुभयो आयोगमा । आएपछि पठायौं । त्यसपछि डेडिकेटेड र ट्रंक लाइन हटाइदियौं । देशभरि लोडसेडिङ अन्त भए पनि हामीलाई डेडिकेटेड र ट्रंक लाइनको पैसा जोडिराख्नु भएको छ भन्ने उद्योगीहरु गुनासो छ । त्यसमा हामीलाई एउटा निकायले डेडिकेटेड भनिसके पछि डेडिकेटेडकै रुपमा बिल काटेयौ । उहाँहरुले पैसा नै नतिरेको चाहिं हैन नरमल टेरिफ त सबैले तिरेको नै हो । डेडिकेटेडको थप चार्ज त्यो मात्र नतिरेर बाँकी रहेको हो ।
लाइन काट्नु नै समाधान हो त ?
हरेका निकायले राय दिएको छ । एउटा प्रष्ट मार्गचित्र पनि दिएको छ । त्यो कुनै पनि निकायले त्यो मार्ग चित्रलाई आत्मसात नै गरेको छैन । नियमनकारी निकायहरु सबै मौन छन् । विद्युत् प्राधिकरणले बिल गरेको पैसा त हामी लिन्छौं । त्यही भएर लाइन काटेका हौं । पहिला पनि हामीले लाइन काटेका हौं । लाइन काट्दा खेरी तत्कालीन ३ जना मन्त्री ३ जना सचिवहरु बसेर आजै काट्ने भनेर लिखित निर्देशन पनि दिनुभएको छ । त्यसपछि विभिन्न चरणमा हामीले धेरै छलफल ग¥यौं । ताकेता पनि पठायौं । कुनै पनि निकायबाट निर्णय नहुने हो भने प्राधिकरणले यो डेडिकेडेटको महसुल लिनुपर्छ, हामीले हाम्रो विनियम अनुसार कार्वाही गरेका हौं । त्यहीअनुसार हामी अगाडी बढ्छौं पनि ।
यस विषयमा राजनैतिक हस्तक्षेप किन भइरहेको हो ?
हस्तक्षेपको कुरा गर्नै हो भने नेपाल विद्युत् प्राधिकरण एउटा जिम्मेवारी निकायको रुपमा जिम्मेवार बोधका साथ काम गरिरहेको संस्था हो । कोभिड भनौ अन्य अवस्था, त्यसवेला जनतालाई पनि समस्या थियो, हामीलाई पनि । राष्ट्रिय अर्थतन्त्रमै एउटा मन्दी आयो । त्यसमा उद्योगीहरुलाई तत्कालका लागि लाइन काट्न हुन्न भन्ने निर्देशन सम्बन्धित निकायबाट पनि आएका कारण त्यसअनुसार काटेनौं । पहिला को सहमतिमा आउँछ भनेर अस्तिसम्म कुरिरह्यौं । तर सबै निकायलगायत अदालतले समेत ४२ वटा मुद्वा टुंगाएको अवस्था छ । मुद्दाहरु अदालतमा भएका कारण प्राधिकरणलाई केही अप्ठयाराहरु थिए । तर अहिले मुद्दा प्रक्रियामा रहेका ४२ वटाको छिनोफानो भइसकेका छन् । अन्य विभिन्न निकायले पनि त्यही अनुसारको निर्देशन दिएको अवस्था छ । अब यसको सहमति सरकारले वा कुनै निकायले निकास दिनुप¥यो । होइन भने विद्युत् प्राधिकरणले आफ्नो विनियम अनुसार उठाउँछ ।
प्रदेश र स्थानीय सडक सुधार्न पनि विश्व बैंकको १७ अर्ब १५ करोड ऋण
३४ वर्ष रजगज गरेका दलहरुले एउटा जलाशययुक्त आयोजना बनाउन सकेनन्
राजस्व सङ्कलनमा १७ प्रतिशतले वृद्धि, पाहिलो चार महिनामा उठ्यो तीन खर्ब २३ अर्ब
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का