३५ उद्योगबाट २३ करोड रुपैयाँ उठ्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता (कसले कति तिरे विवरणसहित)
जलसरोकार
काठमाडौं: विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरूमध्ये २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । त्यसैगरी, यसअघि किस्ता तिर्न सुरु गरेर रोकेका १० उद्योगले पनि किस्ताबन्दीलाई निरन्तरता दिएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले हालसम्म ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको जनाएको छ । यी उद्योगहरूको कुल बक्यौता रकम ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ रहेकोमा हालसम्म असुल गरिएको रकमपछि ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ अझै असुल गर्न बाँकी छ ।
यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले उद्योगीहरूले राज्यप्रतिको दायित्व सम्झिएर बक्यौता तिर्न थालेकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले भने, “उद्योगहरूले किस्ताबन्दी तिर्न थालेपछि त्यसलाई निरन्तरता दिने विश्वास लिएका छौँ । उद्योगीहरूको जायज मागलाई सम्बोधन गर्न सधैं तयार छौँ ।”
प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समय दिँदै असोजमा सार्वजनिक सूचना जारी गरेको थियो । त्यस अवधिभित्र पनि बक्यौता नतिरेकाहरूको लाइन ४ र ७ कात्तिकमा दुई चरणमा काटिएको थियो ।
https://jalasarokar.com/news/triveni-synthetic-pays-dedicated-and-trunk-electricity-dues-4097


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य