हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता
जलसरोकार
काठमाडौं: बाराको सिमरामा सञ्चालनमा रहेका हुलास स्टील इण्डस्ट्री र अशोक स्टीलले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोगबापतको बक्यौता रकम किस्ताबन्दीमा तिर्न सुरु गरेका छन् ।
हुलास स्टील इण्डस्ट्रीले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापत तिर्नुपर्ने प्रिमियम महसुलको कुल १४ करोड १२ लाख रुपैयाँलाई २८ किस्तामा बुझाउने व्यवस्था मिलाएको छ। प्रत्येक किस्ताको रकम ५० लाख ४३ हजार रुपैयाँ निर्धारण गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएका छन् ।
यसैगरी, सिमराकै अर्को उद्योग अशोक स्टीलले पनि प्राधिकरणलाई बक्यौता तिर्न सुरु गरेको छ । उक्त उद्योगको प्रिमियम महसुलबापतको कुल बक्यौता १७ करोड ५८ लाख रुपैयाँ रहेको छ। उद्योगले २८ किस्ताको सुविधा लिई पहिलो किस्ताका रूपमा ६३ लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूबाट तोकिएको प्रिमियम महसुल असुल गर्न गत आर्थिक वर्षदेखि विशेष अभियान सञ्चालन गर्दै आएको छ । उक्त महसुल नतिर्ने उद्योगहरूलाई प्राधिकरणले किस्ताबन्दीमा रकम तिर्ने व्यवस्था मिलाइ सहयोगी नीति लिएको जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक सिलवालका अनुसार हुलास र अशोक स्टीलले बक्यौता तिर्ने प्रतिबद्धता जनाएर किस्ताबन्दीको माध्यमबाट रकम तिर्न थालेको उदाहरण अन्य उद्योगका लागि पनि सकारात्मक सन्देश हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
त्रिशूली थ्री–ए काे ‘केबल एक्सेस टनेल’ भेटियो
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली