त्रिवेणी सिन्थेटिकले बुझायो डेडिकेटेड तथा ट्रंकको विद्युत् बक्यौता
जलसरोकार
बारा: बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रा.लि.ले विगतमा लोडसेडिङ अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत् प्रिमियम महसुलको बक्यौता रकमको पहिलो किस्ता बुझाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार त्रिवेणी सिन्थेटिकले पहिलो किस्ता बुझाएपछि बुधबार साँझ कम्पनीको विद्युत् लाइन पुनः जडान गरिएको हो ।
प्राधिकरणले ४ कात्तिकमा बक्यौता रकम नतिरेपछि त्रिवेणी सिन्थेटिकको विद्युत् सेवा विच्छेद गरेको थियो। कम्पनीले त्यसपछि बक्यौता रकम किस्ताबन्दीमा तिर्न सहमति जनाएको हो ।
त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा प्रयोग गरेको डेडिकेटेड र ट्रंक लाइन बापतको प्रिमियम महसुलको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
कुल बक्यौतामा २८ किस्तामा तिर्ने व्यवस्था गरिएको छ, जसअन्तर्गत कम्पनीले पहिलो किस्ताका रूपमा १५ लाख ७१ हजार रुपैयाँ बुझाएको हो ।
प्राधिकरणका अनुसार बाँकी रकम निर्धारित समयसीमाभित्र बुझाउने सहमतिसमेत भएको छ। बक्यौता चुक्ता प्रक्रिया अघि बढेकाले औद्योगिक करिडोरमा विद्युत् आपूर्तिमा सहजता आएको जनाइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य