सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रिलायन्स स्पिनिंग मिल्सले विद्युत् महसुल बक्यौताको पहिलो किस्ता तिर्‍यो, काटिएको लाइन पुनः जडान

जलसरोकार
बिहीबार, कात्तिक २०, २०८२ | १४:३५:१० बजे

 

काठमाडौं,: सुनसरीस्थित रिलायन्स स्पिनिंग मिल्सले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत्‌को प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता बुझाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पहिलो किस्ता बुझाएसँगै मिल्सको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको हो ।

रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल तिरेको हो। कम्पनीको जम्मा बक्यौता रु ७५ करोड ३७ लाख रहेको छ । प्राधिकरणले उक्त बक्यौतालाई २८ किस्तामा विभाजन गरेको र पहिलो किस्ताका रूपमा रु २ करोड ७७ लाख बुझाइएको छ ।

प्राधिकरणका अनुसार बक्यौता महसुल नतिरेका उद्योग र मिलहरूलाई पनि किस्ताबन्दीमा रकम बुझाएर विद्युत् सेवा पुनः जडान गर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणले विगतमा लोडसेडिङको समयमा विशेष सुविधा प्राप्त गरी डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने उद्योगहरूलाई बक्यौता तिर्न आग्रह गर्दै आएको थियो।

प्रकाशित मिति : बिहीबार, कात्तिक २०, २०८२ | १४:३५:१० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया