रिलायन्स स्पिनिंग मिल्सले विद्युत् महसुल बक्यौताको पहिलो किस्ता तिर्यो, काटिएको लाइन पुनः जडान
जलसरोकार
काठमाडौं,: सुनसरीस्थित रिलायन्स स्पिनिंग मिल्सले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत्को प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता बुझाएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पहिलो किस्ता बुझाएसँगै मिल्सको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको हो ।
रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल तिरेको हो। कम्पनीको जम्मा बक्यौता रु ७५ करोड ३७ लाख रहेको छ । प्राधिकरणले उक्त बक्यौतालाई २८ किस्तामा विभाजन गरेको र पहिलो किस्ताका रूपमा रु २ करोड ७७ लाख बुझाइएको छ ।
प्राधिकरणका अनुसार बक्यौता महसुल नतिरेका उद्योग र मिलहरूलाई पनि किस्ताबन्दीमा रकम बुझाएर विद्युत् सेवा पुनः जडान गर्ने व्यवस्था गरिएको छ ।
प्राधिकरणले विगतमा लोडसेडिङको समयमा विशेष सुविधा प्राप्त गरी डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने उद्योगहरूलाई बक्यौता तिर्न आग्रह गर्दै आएको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य