मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
जलसरोकार
काठमाडौँ । देशभर १३ लाख ९८ हजारमध्ये ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । यसवर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । सोमध्ये ५ लाख ३९ हजार ७६६ हेक्टर (३८.६ प्रतिशत) रोपाई सम्पन्न भएको कृषि विभागले जनाएको छ । असार २३ गतेको तथ्यांकअनुसार सुदूरपश्चिममा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकामा ९४ हजार ६९९ (५४.२ प्रतिशत) रोपाइँ सम्पन्न भएको छ ।
यस्तै, सबैभन्दा कम मधेश प्रदेशमा धान रोपाई भएको विभागको तथ्यांकमा उल्लेख छ । मधेसमा ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएपनि हालसम्म जम्मा २५.५ प्रतिशत अर्थात ९७ हजार ८५१ हेक्टरमा क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको हो । यस्तै, कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ । सोमध्ये हालसम्म ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत)क्षेत्रफलमा मात्रै रोपाई हुन सकेको छ ।
यस्तै, कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ । सोमध्ये हालसम्म ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत)क्षेत्रफलमा मात्रै रोपाई हुन सकेको छ । बागमती प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म यस प्रदेशमा ४६ हजार ४४ हेक्टर (४०.२) मा रोपाइँ भएको छ ।
यस्तै, गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने अनुमानसहितको सरकारी तथ्यांक छ । तर, हालसम्म ४७ हजार ७३३ हेक्टर (४९.७ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ३ लाख ११ लाख ६४३ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म १ लाख ३८ हजार ३६४ हेक्टर (४४.४ प्रतिशत) क्षेत्रफलमा भान रोपाइँ हुन सकेको छ । कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ । जसमध्ये १९ हजार ९०४ हेक्टर (४७.५ प्रतिशत ) क्षेत्रफलमा धान रोपाइँ भएको विभागको तथ्यांक छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?