असोज मसान्तसम्म राजस्व लक्ष्यको ७८ प्रतिशत मात्र प्राप्त
जलसरोकार
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्ममा सरकारले वार्षिक राजस्व लक्ष्यको ७८.१२ प्रतिशत राजस्व सङ्कलन गरेको छ। राजस्व व्यवस्थापन सूचना प्रणाली (RMI) का अनुसार असोज मसान्तसम्म जम्मा २ खर्ब ५१ अर्ब १८ करोड राजस्व सङ्कलन भएको हो।
यस अवधिका लागि सरकारले ३ खर्ब २१ अर्ब ५३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। चालु आर्थिक वर्षको कुल वार्षिक लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ।
असोज महिनामात्रै ९२ अर्ब ४७ करोड राजस्व सङ्कलन भएको छ, जुन महिनाको लक्ष्य (१ खर्ब ३ अर्ब ७ करोड) को ८९.७१ प्रतिशत हो। असोज ३१ गते एकै दिनमा ८ अर्ब ६ करोड राजस्व उठाइएको राजस्व विभागले जनाएको छ।
गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा सरकारले २ खर्ब ५३ अर्ब १ करोड राजस्व सङ्कलन गरेको थियो। सो वर्षमा असोज महिनाको राजस्व सङ्कलन ८३ अर्ब ५० करोड रहेको थियो।
नयाँ आर्थिक वर्षको पहिलो तीन महिनामा राजस्व सङ्कलन दर गत वर्षभन्दा अलि कम रहे पनि असोज महिनाको मासिक प्रदर्शन अपेक्षाकृत उच्च रहेको विभागको मूल्यांकन छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य