तिहार अवधिभर सामान्य मौसम, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : यस वर्षको तिहार पर्वका दिनहरूमा देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने र कतिपय स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको हो।
लक्ष्मी पूजाको दिन अर्थात् कार्तिक ३ गते देशका अधिकांश भू-भागमा मौसम सफा रहनेछ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी स्थानमा हल्का फाटफुट वर्षा हुन सक्ने अनुमान गरिएको छ।
औँसीको दिन (कार्तिक ४) पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहने र कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा फाटफुट वर्षा हुने सम्भावना छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
गोवर्धन पूजाको दिन (कार्तिक ५) देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र कोशी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ।
भाइटीकाको दिन (कार्तिक ६) कोशी र मधेश प्रदेशसहित देशका अन्य पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमानमा उल्लेख गरिएको छ।
मौसमविद्हरूका अनुसार तिहार अवधिभर देशका अधिकांश स्थानमा सफा मौसम रहने भएकाले उत्सवका गतिविधिमा मौसमले ठूलो असर पार्ने देखिँदैन। तर उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई हल्का वर्षा र हिमपातको सम्भावनाका कारण सतर्क रहन सुझाव दिइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा