साता कारोबारको पहिलो दिन सयर बजार बढ्यो
जलसरोकार
काठमाडौं: साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ दशमलव ८५ बिन्दुमा पुगेको छ।
आज ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ रुपैयाँमा सीमित भएको छ।
समूहगत कारोबारमा विकास बैंक, म्युचुअल फण्ड र निर्जीवन बिमा समूह घटेका छन् भने बाँकी सबै समूहमा वृद्धि देखिएको छ। विकास बैंक समूह शून्य दशमलव २१ प्रतिशत, म्युचुअल फण्ड शून्य दशमलव १३ प्रतिशत र निर्जीवन बिमा शून्य दशमलव ३४ प्रतिशतले घटेका हुन्।
त्यस्तै बैंकिङ समूह शून्य दशमलव ८७, वित्त शून्य दशमलव ५१, होटल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत् शून्य दशमलव ७०, लगानी शून्य दशमलव ७५, जीवन बिमा शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९०, लघुवित्त शून्य दशमलव ४७, व्यापार शून्य दशमलव ९० र अन्य समूह एक दशमलव १६ प्रतिशतले बढेका छन्।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा बढी घट्ने कम्पनीमा हिमालयन ८०–२० रहेको छ, जसको शेयर मूल्य छ दशमलव १० प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २८ करोड १० लाख ९४ हजार ३६५ रुपैयाँ बराबरको कारोबार भएको छ। शेयर सङ्ख्याका आधारमा भने युनियन हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो, जसको तीन लाख ४४ हजार ६९८ कित्ता शेयर खरिदबिक्री भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत जलस्रोत सचिवस्तरीय बैठक भदौ १६ देखि काठमाडौंमा
-
थापाथली आगलागीपछि ऊर्जामन्त्री श्रेष्ठको चासो, अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
जलविद्युत् विकासमा निजी क्षेत्र : विकल्प होइन, अपरिहार्य साझेदार
-
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो, चाँदी १० रुपैयाँले बढ्यो
-
जापान–नेपाल विकास सहकार्य थप मजबुत, ४१० मिलियन येन अनुदान सम्झौता
-
ऊर्जामन्त्री श्रेष्ठ र जाइका अध्यक्षबीच भेट, ऊर्जा पूर्वाधार र जलविद्युत् सहकार्यबारे छलफल