भौतिक संरचना पुनर्निर्माण कोषमा ६ करोड १० लाख सङ्कलन
जलसरोकार
काठमाडौं: गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा हालसम्म रु ६ करोड १० लाख सङ्कलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म उक्त रकम सङ्कलन भइसकेको छ ।
सरकारले कोषमा योगदानका लागि सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार तथा विभिन्न सङ्घसंस्थालगायत दातृ निकायलाई आग्रह गरेको थियो । कोषमा गरिएको योगदान चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा पनि सरकारले प्रदान गरेको छ।
पुनर्निर्माण कोषका लागि राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा खाता खोलिएको छ। योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन्। अर्थ मन्त्रालयले योगदानकर्ताको विवरण शीघ्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली