तिहारमा देशभर लोडसेडिङ हुदैन, ढुक्कसँग बत्ती बालेर उज्यालोको पर्व मनाउनुहोस् : प्राधिकरण
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा देशभर लोडसेडिङ नहुने र उपभोक्ताले ढुक्कसँग जति पनि बत्ती बालेर उज्यालोको पर्व मनाउन सक्ने जनाएको छ ।
प्राधिकरणले तिहारमा बिजुली आपूर्तिको कुनै समस्या नहुनेमा आम उपभोक्तालाई विश्वस्त रहन आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार तिहारको समयमा उद्योगधन्दा बन्द हुने भएकाले औद्योगिक क्षेत्रमा खपत हुने ठूलो मात्रामा विद्युत् बचत हुन्छ, जसलाई घरायसी प्रयोजनका लागि सहजै आपूर्ति गर्न सकिन्छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार तिहारमा विद्युत् आपूर्तिमा कुनै समस्या आउँदैन । उनले भने, “पहिले तिहारको लक्ष्मी पूजाको समयमा सबैभन्दा बढी लोड हुन्छ भन्ने बुझाइ थियो, तर उद्योगहरू बन्द हुँदा समग्र प्रणालीमा लोड घट्छ । अहिले विद्युत् खेर जाने अवस्था छ, त्यसैले जति पनि प्रयोग गर्न सक्नुहुन्छ।”
ढकालका अनुसार तिहारमा उद्योगहरू बन्द हुँदा दैनिक करिब २०० देखि ३०० मेगावाट बिजुली बचत हुनेछ। उक्त बिजुली सिधै घरायसी उपभोक्तालाई उपलब्ध गराइने भएकाले माग बढे पनि आपूर्तिमा कमी नहुने उनले जानकारी दिए।
प्राधिकरणले प्राविधिक समस्या बाहेक अन्य कारणले बत्ती नजानेमा ढुक्क रहन आग्रह गर्दै, आपूर्तिमा कुनै गडबडी नआओस् भनेर उच्च सतर्कता अपनाइएको जनाएको छ। कुनै स्थानमा फल्ट वा अवरोध देखिए तत्काल मर्मतका लागि विशेष टोलीहरू तयारी अवस्थामा रहने प्राधिकरणले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली