घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडौं: नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आइतबार घटेर प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा पुगेको हो ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार घटेको छ । शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार २७५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।
सुनको मूल्यमा आएको यो गिरावट पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावसँग सम्बन्धित रहेको व्यवसायीहरूको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली