घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
जलसरोकार
काठमाडौं: नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आइतबार घटेर प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा पुगेको हो ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार घटेको छ । शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार २७५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।
सुनको मूल्यमा आएको यो गिरावट पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावसँग सम्बन्धित रहेको व्यवसायीहरूको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य