पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण
जलसरोकार
काभ्रेपलाञ्चोक, : जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका क्षेत्र भएर बग्ने सुनकोशी र इन्द्रावतीमा मोटरबोट सञ्चालननार्थ गाउँपालिकाले एक वर्षअघि महाँकाल वाटर सर्भिसबीच सम्झौतासमेत गरेको थियो । मोटरबोट सञ्चालनका लागि हाल परीक्षण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले बताए । उनका अनुसार हाल एक मोटरबोटले नदीमा पानीको बहावअनुसारको रुट तथा बाधाअड्चन आउनसक्ने स्थान र सम्भावित जोखिमको पहिचान भइरहेको छ ।
परीक्षणका क्रममा दोलालघाटस्थित दुई नदीको सङ्गमस्थलबाट उत्तरतर्फ इन्द्रावती तथा पूर्वी क्षेत्रमा सुनकोशीमा मोटरबोटले सफल रूपमा सञ्चालन भएको जनाइएको हो । पहिलोपटक गत हप्ता गरिएका परीक्षणबाट अवरोध नदेखिएको भुजेलले बताए । “परीक्षणले राम्रो सम्भावना देखिएको प्राविधिकले बताएका छन्, आवश्यक थप परीक्षणबाट कसरी सञ्चालन गर्ने भन्नेबारे दुई पक्षबीच छलफल गर्नेछौँ”, उनले बताए । उनका अनुसार सरकारको केन्द्रीय कार्यक्रमअनुसार दोलालघाटबाट सुनसरीको चतरासम्म सञ्चालन गर्ने योजना बनाइएको छ ।
सफल परीक्षणपछि पहिलो चरणमा दोलालघाटबाट खहरेघाटसम्म एक किलोमिटरमा मोटरबोट सञ्चालन गरिनेछ । पहिलो चरणमा मनोरञ्जनात्मक रूपमा एक किलोमिटरको दूरीमा आवश्यकतानुसार थप मोटरबोट व्यवस्थापन गरी सञ्चालन गरिने जनाइएको हो । मोटरबोट सञ्चालनले आन्तरिक एवं बाह्य पर्यटकमार्फत भुम्लुको पर्यटन प्रवर्द्धन तथा अन्य विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दोलालघाटबाट चतरासम्म सञ्चालन हुने भएपछि गाउँपालिकाले एक मोटरबोट खरिद गर्नेसम्मको योजना बनाएको भुजेलले जानकारी दिए । पर्यटन प्रवर्द्धनको उद्देश्यसाथ दोलालघाटबाट सिन्धुलीको नेपालथोकसम्म सुनकोशीमा करिब पाँच किलोमिटरको दूरीमा र्याफ्टिङ सञ्चालन गर्दै आइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मिटर–ट्रान्सफर्मर आपूर्तिबारे मन्त्री श्रेष्ठको चासो, प्राधिकरणसँग मागे विवरण
-
सुन–चाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
२३ बुँदे प्रतिवेदन : निजी क्षेत्रमाथि प्रश्न, सरकारी कमजोरीमाथि मौनता
-
‘सिक्टा सिँचाइले २४ हजार हेक्टरमा पुर्यायो पानी, बाँकेका किसान समयमै धान खेतीमा’
-
देशका अधिकांश भूभागमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
-
‘चुनावको बेला जे भयो, सकियो । अब हामी एकढिक्का भएर काम गर्नेछौं’ : पदभार ग्रहणपछि डाँगी