सुर्खेत – आकाशे पानीको पर्खाइमा बसेका कर्णालीका किसानलाई धान रोपाइँको चटारो छ । सिचाइँको पहुँमा भएको खेतीयोगय जग्गामा धमाधम रोपाइँ चलिरहेको छ । भने बाँकी जग्गा रोपाइँका लागि तयारी गरिँदैछ ।
तर हालसम्म कर्णालीका १० वटै जिल्ला गरी ५० प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार सबैभन्दा बढी जुम्लामा ९० प्रतिशत र कम सुर्खेतमा २५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । जुम्लामा चैत्रदेखि नै रोपाइँ हुनेभएकाले सबैभन्दा बढी रोपाइँ भएको कठायत बताउँछन् ।
किसानले समयमै मल नपाउँदा र सबै क्षेत्रमा समयमै वर्षा नहुँदा कर्णालीमा अहिले गत वर्ष भन्दा कम रोपाइँ भएको हो । सिँचाई अभाव र आकशको पानीमा निर्भर हुँदा गत वर्षभन्दा केही कम रोपाइँ भएको प्रवक्ता कठायतले बताए ।
कर्णाली प्रदेशमा कुल ४१ हजार ९०४ हेक्टर जमिनबाट करिब एक लाख ४५ हजार ६३ मेक्टिटन धान उत्पादन हुँदै आएको र धान बालीको उत्पादन तथा उत्पादकत्व बृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडी बढेको प्रवक्ता कठायत बताउँछन् ।
उनका अननुसार धेरैजसो स्थानमा सिचाइँको क्षेत्र बढाउन नसक्दा आकाशे पानीमा नै निर्भर हुनुपर्ने बाध्यता छ । यो वर्ष ढिलो मनसुन सुरु भएकाले पनि कर्णालीमा सिचाइँ अभावले रापाइँ कम भएको हो । धान लगायतका खाद्यान्न वाली कम उत्पादन हुने कर्णाली प्रदेशमा समयमै पानी नपर्दा धान तथा बर्से बालीको उत्पादन कम हुने भन्दै किसानहरू चिन्तित बनेका छन् ।
कर्णाली प्रदेशको धेरै ठाउँमा आकाशे पानीको भरमा खेती हुँदै आएको छ । आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण कर्णालीका अधिकांश खेतीयोग्य जमिन अहिलेपनि बाँझै छन् । कर्णालीमा प्रायः जेठदेखि सुरु भई असारको दोस्रो हप्तासम्म वर्षे धानको रोपाइँ हुने गर्दछ । यद्यपी यो वर्ष पानीको अभावमा किसानले आफ्नो खेत बाँझै राख्न बाध्य छन् । सिचाईंको पर्याप्त व्यवस्था नहुँदा किसानले रोपाइँ गरेको धानको बेर्ना खडेरीका कारण खेतमै सुक्न थालेको किसानहरु बताउँछन् ।
लामो समयको खडेरीको कारण जमिन सुख्खा हुँदा धान रोपाइँ गरिएका जमिनसमेत अहिले चिरा–चिरा परेर फाटेका छन् । एकातिर आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता र अर्को तर्फ रोपाइँ गरेको धान समेत खेतैमा सुक्न थालेपछि कर्णालीवासी दोहोरो मारमा परेका छन् ।
माथिल्लो कर्णालीमा भने ७० प्रतिशत बढी रोपाइँ भइसकेको छ । गत वर्षको तुलनामा यस पटक २५ प्रतिशतले कम रोपाइँ भएको हो । पञ्चपुरी नगरपालिका किसान सर्मिला बुढाले समयमै पानी नपर्दा गाउँमा रोपाइँ हुन नसकेको गुनासो बताए । खोलाको नजिकमा रहेका फाटँहरुमा केही मात्रामा रोपाइँ भएपनि आकासे पानीको भरमा रोपाइँ गर्नेहरू पानीको प्रतीक्षामा रहेको उन बताउँछन् ।
यता भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहले धानको उत्पादन वृद्धि गर्न प्रदेश सरकार लागि परेको बताए । आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्नेगरी मन्त्रालय लागि परेको उनको भनाइ छ ।
‘पछिल्लो समय धान खेतीमा बढ्दो रोग किरा लगाएत असरलाई न्यूनीकरण गर्न लागि परेका छौं’ उनले भने, ‘जसका लागि नयाँ प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार प्रसार गरी कृषक पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनेमा हाम्रो जोड छ ।’
यसैबिच प्रदेश कृषि मन्त्रालयले धान दिवसको अवसरमा जलवायु मैत्री धान उत्पादन प्रविधिहरू र चामलबाट तयार गरिएका परिकारहरूको प्रदर्शन गरेको छ । मन्त्रालयको नेतृत्वमा कृषि विकास निर्देशनालय, कृषि अनुसन्धान निर्देशनालय दशरथपुर, बराहताल गाउँपालिका, जनज्योति मावि बड्डीचौर, विभिन्न गैर सरकारी सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा बड्डीचौर–५ मा कार्यक्रमको आयोजना गरिएको हो ।
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का
बालकुमारीमा विद्युत चुहावट भएर आगलागी
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का पानी पर्ने
चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात