वर्षाका कारण रौतहटमा १७ हजार हेक्टरभन्दा बढी धानबालीमा क्षेति
७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान, किसान राहतको प्रतीक्षामा
जलसरोकार
रौतहट, : गत असोजको अविरल वर्षापछि रौतहटमा बकैया र बागमती नदीले बाँध कटान गरेर ल्याएको बाढीले जिल्लाभर ठूलो कृषि क्षति पु-याएको छ । कृषि ज्ञान केन्द्र रौतहटका अनुसार असोज १७ देखि १९ गतेसम्मको वर्षा र बाढीले करिब १७ हजार ६३८ हेक्टर खेतमा लगाइएको धानबाली नष्ट भएको छ ।
त्यसैगरी, १ हजार ८०४ हेक्टरमा लगाइएको उखु, ६८५ हेक्टरमा लगाइएको तरकारी, ४०७ हेक्टर फलफूल र ५०० हेक्टर अन्य बालीमा समेत बाढीले क्षति पु¥याएको केन्द्रका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए ।
कृषि ज्ञान केन्द्रले जिल्लाका १८ वटै पालिकासँग समन्वय गरी क्षतिको विवरण संकलन गरेको जनाएको छ । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा क्षति पु-याएको बताइएको छ ।
कुर्मीका अनुसार जिल्लाको करिब ५१ हजार हेक्टर धानखेतीयोग्य क्षेत्रमध्ये ३८ हजार ५०० हेक्टरमा धान लगाइएकामा १७ हजार ६३८ हेक्टरमा क्षति पुगेको हो । यसबाट करिब ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएको छ ।
बाढीले करिब साढे चार सय घरपरिवार विस्थापित भएका छन् । दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानका लागि राहत र क्षतिपूर्ति चाँडो उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
यसैबीच, पछिल्लोपटक आएको वर्षाले पनि भित्र्याउने क्रममा रहेका धानबालीमा क्षति पु-याएको छ । बृन्दावन–१ का किसान शिवमङ्गल पटेलले खेतमा काटेर राखेको धान वर्षाले डुबाएपछि किसान थप समस्यामा परेको बताए । “धान भित्र्याउने बेलामा वर्षा लाग्दा सारा बाली भिजेको छ,” उनले भने, “अब परिवार पाल्ने उपायसमेत कठिन भएको छ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु