पोखरामा नेपाल–भारत प्राविधिक विज्ञ (जेटीटी) को १७ औं बैठक जारी
जलसरोकार
काठमाडौं : पोखरामा आजदेखि सुरु भएको नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १७ औं बैठक जारी छ ।
भोलि बुधबारसम्म सञ्चालन हुने उक्त बैठकमा नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले नेतृत्व गरिरहेका छन् भने उनका समकक्षी समकक्षी भारतको केन्द्रीय विद्युत् प्राधिकरणका चिफ इन्जिनियर बी.एस. बैरवा छन् ।
बैठकमा बुटबल–गोरखपुर ४०० केभी प्रसारण लाइन आगामी २६ मे २०२६ बाट केही समयका लागि २२० केभीमा चार्ज गर्ने, चमेलिया–चौलीजीवी २२० केभी प्रसारण लाइनको सर्वेक्षण अनुमोदन गर्ने, निजगढ–मोतीहारी र लमही–लखनउ÷कोहलपुर ४०० केभी नयाँ अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक पर्ने अध्ययन गर्ने लगायतका छन् ।
बुटबल–गोरखपुर ४०० केभी सीमापार प्रसारण लाइन आगामी २६ मेदेखि सञ्चालनमा आउँदैछ । एमसीसी अन्तर्गतको एमसीएले ठेक्का लगाएको सवस्टेशन सन् २०२६ भित्र पूरा नहुने भएपछि हाललाई काम चलाउनका लागि उक्त प्रसारण लाइनलाई २२० केभीमा चार्ज गर्नेसम्बन्धी प्राविधिक छलफल भइरहेको छ ।
नितान्त प्राविधिक पक्षको निरुपण गर्ने संयन्त्र जेटीटी भएकाले उसले अनुमोदन गरी ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) को बैठकमा छलफल हुनेछ । जेडब्लूजीको आगामी बैठक आगामी डिसेम्बरमा गर्न नेपालले प्रस्ताव गरेको छ । भारतबाट त्यसको प्रत्युत्तर आएको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्