पोखरामा नेपाल–भारत प्राविधिक विज्ञ (जेटीटी) को १७ औं बैठक जारी
जलसरोकार
काठमाडौं : पोखरामा आजदेखि सुरु भएको नेपाल–भारत संयुक्त प्राविधिक टोली (जेटीटी) को १७ औं बैठक जारी छ ।
भोलि बुधबारसम्म सञ्चालन हुने उक्त बैठकमा नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले नेतृत्व गरिरहेका छन् भने उनका समकक्षी समकक्षी भारतको केन्द्रीय विद्युत् प्राधिकरणका चिफ इन्जिनियर बी.एस. बैरवा छन् ।
बैठकमा बुटबल–गोरखपुर ४०० केभी प्रसारण लाइन आगामी २६ मे २०२६ बाट केही समयका लागि २२० केभीमा चार्ज गर्ने, चमेलिया–चौलीजीवी २२० केभी प्रसारण लाइनको सर्वेक्षण अनुमोदन गर्ने, निजगढ–मोतीहारी र लमही–लखनउ÷कोहलपुर ४०० केभी नयाँ अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक पर्ने अध्ययन गर्ने लगायतका छन् ।
बुटबल–गोरखपुर ४०० केभी सीमापार प्रसारण लाइन आगामी २६ मेदेखि सञ्चालनमा आउँदैछ । एमसीसी अन्तर्गतको एमसीएले ठेक्का लगाएको सवस्टेशन सन् २०२६ भित्र पूरा नहुने भएपछि हाललाई काम चलाउनका लागि उक्त प्रसारण लाइनलाई २२० केभीमा चार्ज गर्नेसम्बन्धी प्राविधिक छलफल भइरहेको छ ।
नितान्त प्राविधिक पक्षको निरुपण गर्ने संयन्त्र जेटीटी भएकाले उसले अनुमोदन गरी ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) को बैठकमा छलफल हुनेछ । जेडब्लूजीको आगामी बैठक आगामी डिसेम्बरमा गर्न नेपालले प्रस्ताव गरेको छ । भारतबाट त्यसको प्रत्युत्तर आएको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा