विद्युत् खपत बढाउन माग पक्ष सुधार उच्च प्राथमिकतामा : मन्त्री कुलमान घिसिङ
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले विद्युत् खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुल्होको प्रयोगलगायतलाई प्रोत्साहन गरिएको उल्लेख गरे ।
‘अहिले मुख्य रुपमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत भारत तथा बंगलादेशतर्फ निर्यात त गरिरहेका छौं तर हाम्रो प्राथमिकता विद्युत देशभित्रै खपत बढाउने हो, यसका लागि चार्जिङ पूर्वाधारको विस्तार, खाना पकाउन प्रयोग भइरहेको काठदाउरा, ग्यासलाई विद्युतीय चुल्होले प्रतिस्थापना लगायतका काम गरी विद्युत् माग वृद्धि गर्न सकिन्छ,’ उनले भने, ‘ऊर्जा दक्षता, ऊर्जा, रुपान्तरण र विद्युत्को आन्तरिक माग बढाउन कार्ययोजनासहित काम अगाडि बढाएका छौं ।’

वायु ऊर्जामा निजी लगानीलाई प्रोत्साहन गर्न इच्छुक कम्पनीलाई सहयोग गर्न विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले सौर्य ऊर्जालाई ग्रिडमा आवद्ध गर्ने र भण्डारण गर्न सरकारको नीति रहेको बताए ।
वैकल्पिक ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा रुपान्तरणमा विभिन्न दातृ निकायहरुले गरेको सहयोगप्रति धन्यवाद दिंदै मन्त्री घिसिङले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्य क्षेत्र विस्तार गरिने बताए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले स्वच्छ ऊर्जा र दुर्गम क्षेत्रमा विद्युतीकरणमा केन्द्रको ठूलो योगदान रहेको उल्लेख गरे ।
नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले नेपालमा दिगो ऊर्जाको विकास, जीविकोपार्जन सुधार, न्यून कार्वन उत्सर्न ऊर्जा रुपान्तरणलगायतका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए । जर्मनीले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक तथा वित्तीय सहयोग गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता