इलाममा असोजको बाढीपहिरोबाट कृषि, सिँचाइ, विद्युत् र खानेपानी क्षेत्रमा करोडौंको क्षति
जलसरोकार
इलाम, : गत असोज १८ र १९ गते आएको अकल्पनीय वर्षा र बाढीपहिरोले इलाम जिल्लामा ठुलो मानव र आर्थिक क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख सुनिता नेपालका अनुसार बाढीपहिरोले सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी र कृषिजन्य क्षेत्रमा करिब रु ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार बराबरको क्षति गरेको प्रारम्भिक तथ्याङ्क संकलन भएको छ ।
सडक डिभिजन कार्यालयले संकलन गरेको विवरण अनुसार ११ सडक आयोजनामा रु ८ अर्ब ९६ करोड, पूर्वाधार विकास कार्यालय अन्तर्गत ६२ सडक, २५ पुल र छ भवनमा रु २ अर्ब ८९ करोड बराबरको क्षति भएको छ । नेपाल विद्युत् प्राधिकरणका पाँच आयोजना, जलस्रोत तथा सिँचाइका सिँचाइ, नदी र पहिरो नियन्त्रण आयोजना, खानेपानी आयोजना, पशुपन्छी तथा गोठ, र कृषि क्षेत्रमा समेत करोडौंको क्षति भएको छ ।
कृषि क्षेत्रमा मात्र ३,४०९ किसानको ८९२.३२ हेक्टर क्षेत्रफलको खाद्य र नगदेबाली र २५ चिया बगानमा रु ३२ करोड बराबरको क्षति भएको जनाइएको छ ।
बाढीपहिरोले जिल्लामा ३९ जनाको ज्यान लिएको छ भने २६ जना घाइते भएका छन्। एक जना अझै बेपत्ता छ । ७११ घरपरिवार विस्थापित भएका थिए, जसमा ७०० परिवार आफन्तको घरमा बसिरहेका छन् र ११ परिवार सामुदायिक भवनमा बसिरहेको छ ।
जिल्लाका १० स्थानीय तहमा ३६५ घर पूर्ण र ९४० घर आंशिक क्षतिग्रस्त भएका थिए। क्षतिको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित मन्त्रालयमा पठाइसकिएको प्रजिअ नेपालले जानकारी दिए ।
जिल्ला प्रशासन र सम्बन्धित निकायले तत्काल राहत, पुनर्निर्माण र पूर्व तयारीका लागि काम अघि बढाएको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा