६.६ मेगावाटको रेले खोला जलविद्युत् परियोजना सफलतापूर्वक सञ्चालनमा
जलसरोकार
काठमाडौं: ६.६ मेगावाट क्षमताको रेले खोला जलविद्युत् परियोजना सफलतापूर्वक सञ्चालित भएको छ। एचवाईएम कन्सल्ट प्रा.लि. (HYM Consult Pvt. Ltd.) ले आफ्नो पहिलो जलविद्युत् परियोजनाको रूपमा यसलाई सञ्चालनमा ल्याएको हो।
परियोजनामा फ्लोभेल इनर्जी प्रा.लि. (FLOVEL Energy Pvt. Ltd.) ले प्रविधिक साझेदारको रूपमा सहयोग पुर्याएको छ। फ्लोभेलले परियोजनाका लागि अत्याधुनिक उपकरणहरू आपूर्ति गरेको छ, जसमा ५१० मिटर रेटेड हेडसहितको पूर्णरूपमा फोर्ज गरिएको पेल्टन रनर (Pelton Runner) पनि समावेश छ।
रेले खोला जलविद्युत् परियोजनाको सफल सञ्चालनले नेपालमा साना जलविद्युत् परियोजनाको प्रवर्द्धन र निजी क्षेत्रको सहभागितामा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्