जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

खेतीमा अत्यधिक रासायनिक मल प्रयोगले सबै नेपाली क्यान्सरको जोखिममा

ई. रामेश्वर यादव
बुधबार, पुस १७, २०८१ | १८:०१:३९ बजे

आज हाम्रो समाजमा नाना प्रकारका रोगहरु अनियन्त्रित रुपमा फैलिरहेको छ, जसमा मधुमेह, हृदयाघात, मृगौला र कलेजोमा समस्या, अल्जाइमर, प्रजननका समस्या एवं क्यान्सरजस्ता घातक रोगहरु आदि । आज हाम्रो परिवार, समाज एवं आम नागरिकमा सकारात्मक सोचमा कमीका साथै उचित निर्णय लिने क्षमतामा पनि ह्रास हुँदै गएको देखिन्छ । यसका विभिन्न कारण हरु हुन सक्छन् तर ती मध्ये वर्तमान कृषि पद्धतिबाट उत्पादित असुरक्षित पोषण तत्व भएको खाद्यान्नको प्रयोग पनि एक हो । वर्तमान कृषि पद्धतिले गर्दा जतिसुकै अस्पताल खोले पनि भीड भरिभराउ नै रहने गरेको छ ।
हाम्रो हिमाल पग्लिरहेछ । पहाडी भेगमा नदीनाला एवं पानीका अन्य श्रोतहरु सुकिरहेका छन् । गत आ.व देखि नेपालमा पनि अति तातो हावा  (Heat Wave)  ले ढकढकाउन शुरु गरेको छ । तराई मधेसका भूजल स्तर दिनानुदिन घटिरहेको छ । अहिले यस विषयमा सोचिएन भने ५० वर्षभित्रै पिउने पानप् पनि दुर्लभ हुन जानेछ । हामी के गर्ने, स्वस्थ नागरिक कसरी बन्ने र देशलाई समृद्ध कसरी बनाउनेजस्ता सबालको जवाफ खोज्नु आवश्यक छ । उपरोक्त सवै विषयवस्तुसम्बन्धी समस्याहरुलाई न्यूनीकरण गर्नमा अहिलेको पिढींले के गर्न सक्छ ? यस विषयमा विचार–विमर्श गर्नु समयको माग हो । 
म एउटा ग्रामीण क्षेत्रको व्यक्ति भएको हुनाले सन् १९६० दशकको खेतीको पद्धतिदेखि अहिलेसम्मको खेति पद्धतिसँग परिचित छु । उपरोक्त समस्याहरुको निराकरण केही हदसम्म कृषि पद्धतिमा परिवर्तन गरी गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । यस विषयमा मेरो अनुभव र अध्ययनबाट प्राप्त सामग्रीहरु ४–५ वटा लेख हरुमा प्रस्तुत गर्नेछु । उक्त परिणाम बुझनुभन्दा पहिला कृषि पद्धतिमा भएको विकासको कारण एवं गुण अवगुण बुझ्न आवश्यक छ । सर्व प्रथम सन १९६० दशक ताकाको कृषि पद्धतिबारे उललेख गर्दै अगाडि बढने छु । 

 

सन् १९६० दशक ताकाको परम्परागत खेतीः 
सन् १९६० को दशक र त्यसभन्दा पहिला नेपाल, भारत लगायतका देशहरुमा परम्परागत खेती नै प्रचलित थियो । गोरु र हलोबाट खेती गर्ने प्रचलन थियो । त्यसताकाको नेपाली रुपैयाँ र सिक्कामा पनि गोरु र हलोको चिह्नलाई सम्मान साथ राख्ने गरिन्थ्यो । किसानहरुले क्षमताअनुसार पर्याप्त गाईभैँसीहरु राख्ने चलन थियो । त्यस बखत कुनै पनि रासायनिक मलको प्रचलन थिएन । खेतबारीमा कुनै रोग नै नलाग्ने कारण कुनै औषधि पनि छर्ने प्रचलनमा थिएन । त्यस बखतका समाजको लागि पौष्टिक अन्नको सेवन र पशुहरुको लागि पौष्टिक चाराहरु प्रयोगमा ल्याइन्थ्यो । फसलको अवशेष पशुहरु खाने र त्यसको मल खेतमा पु¥याउने अवस्था थियो । खेतमा छुटेको फसलको अवशेष, पशुको मल, रुखबाट झर्ने पात कार्वनिक पदार्थको लागि पर्याप्त थियो । योसँगसँगै वर्षातमा जंगलको ह्युमस पनि बाढीको माध्यमबाट खेतमा आउँथ्यो । बाढीबाट आउने ह्युमशलाई पाँगो भनिन्छ । यी थप ह्युमशको कारण खेतमा उत्पादन अनुमानभन्दा बढी हुन्थ्यो । ‘ह्युमश’ को अंग्रेजी शब्द Humus हो । Humus भनेको कार्बनिक पदार्थ, जीव र जीवान्सको मिश्रण हो । लाभदायक जीवाणुले कार्बनिक पदार्थ खाने हो । यसले तीव्र रुपमा आफ्नो जनसंख्या बढाउँछ र पहिलाको मर्दै जान्छ । मरेको जिवाणुको अवशेषमा फसललाई चाहिने सवै पौष्टिक तत्व हुन्छ । जति मात्रा यसको बढी हुन्छ सोही अनुसार पूर्ण क्षमताको उब्जनी हुन्छ । राम्रो उब्जनीको लागि पर्याप्त जीवान्स अर्थात् मरेको जीवाणु चाहिन्छ । अर्थात् राम्रो उब्जनीको लागि चाहिने जति जीवान्स चाहिन्छ । पर्याप्त जीवान्सको लागि पर्याप्त जीवाणु चाहिन्छ । पर्याप्त जीवाणुको लागि त्यसलाई खान पुग्ने पर्याप्त कार्बनिक पदार्थ चाहिन्छ । त्यस बेला माटो भित्र र बाहिर जैविक विविधता (Biodiversity) मजबुत अवस्थामा थियो । 
मेरो गाउँ सप्तरी जिल्ला तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ बेलहीको कहानी सुनाउँदैछु । वर्षातमा बाढी आउँदा चुरिया जंगलको हयुमश को साथै त्यहाँको कमजोर माटो बालुवा पनि आउँथ्यो । खेतमा आधी बालुवा र आधी मात्रामा पाँगो हुँदा पनि पस्रै खेतको बराबरीको उब्जनी हुन्थ्यो । उक्त बालुवाको कारण अहिले हाम्रो गाउँका खेतहरुको उँचाई तीनदेखि चार फिटसम्म बढेको छ । पहिला खेतहरुमा वर्षाको पानी रोक्न ठूला–ठूला आलीको प्रबन्ध हुन्थ्यो । बालुवा जमेको खेत पनि ३–४ वर्ष पछि पुरानै अवस्थामा आउँथ्यो । त्यस बेला कहीं पनि बोरिङ थिएन । पम्पिङ सेट प्रचलनमा थिएन । पम्पिङ सेट र ट्याक्टरहरु गाउँका आसपास पनि थिएन । 
मेरो गाउँबाट बग्ने नदीको नाउँ त्रियुगा हो । कमसे कम १५–२० फीट गहिरो थियो । पानीको आवश्यकता परेको बेला १५०–२०० फिटको बाँध नदीमा बाँधेर पानीको व्यवस्था हुन्थ्यो । यो पानी नेपालमा मात्रै होइन पारि भारत विहारको ३–४ गाउँ कमलपुर सम्म पुग्ने गथ्र्याे  । कहिलेकाहीं सिंचाई गर्नुपर्ने खेतको लेभलभन्दा मुनिको लेभलमा पानी हुँदा किसानले काठको करीन (काठको भाँडोजस्तो पानी उब्याउने) प्रयोग गरी सिंचार्इं गर्ने चलन थियो । त्यस वखत मेरो गाउँका किसानहरु बयल गाडाबाट धान बेच्न भारत विहारको निर्मलीसम्म पुग्ने गथ्र्याे । तराई मधेशमा पर्याप्त धान उब्जनीको कारण त्यस बखत नेपाल धान निर्यातक देशको रुप गनिन्थ्यो । त्यस बखत अनाजको स्वाद, दूध, दहीको स्वाद नखाएकोले अनुमान गर्न सक्दैन । 
विस्तारै विस्तारै चुरियाको कमजोर माटो बालुवा हाम्रो गाउँलगायतको गाउँहरुमा थुप्रिदै गयो । ठूला–ठूला आमका बगैंचा, वरपीपलका रुख, नेपाल–भारत सिमानामा रहेका सयकडा वर्षका वरपीपल र जामुनका रुख हरु सुख्दै गए । त्रियुगा नदी खेत मैदानको रुपमा परिणत भयो । जैविक विविधता (Biodiversity)  पनि बिग्रिैदै गए । नेपाल अन्न उत्पादनमा आत्मनिर्भर थियो र निर्यात गर्ने आवस्थामा थियो । त्यस बेला भारतको जनसंख्याको लागि भारतमा उत्पादित अनाज अपुग थियो । भारत त्यस बखत अनाज आयात गरेर खाद्यान्नको आपूर्ति गर्ने अवस्थामा थियो । यी समस्या समाधान गर्न भारत रासायनिक खेतीतर्फ आकर्षित भयो । सँगसँगै नेपाल पनि विस्तारै विस्तारै त्यसलाई अँगाल्न थाल्यो ।

 

रासायनिक खेतीको आगमनः 
कृषि पद्धतिअन्तर्गत परम्परागत खेतीबाट विश्वको बढ्दो जनसंख्याको लागि अन्नको उत्पादन नहुँदा रासायनिक खेतीको विकास भयो । परम्परागत खेतीबाट उत्पादित कृषि जन्य अनाजमा पोषण सुरक्षा भए पनि यसबाट खाद्य सुरक्षा हुन सकेन तर रासायनिक खेतीबाट खाद्य भए पनि पोषण सुरक्षाको अभाव भयो । यस्तो अवस्था किन र कसरी आयो विषय समीक्षा गरौँ ।
सन् १९६० को दशकमा भारतमा अनाज आयात गर्ने अवस्था थियो । भारतको अधिकांश विदेशी मुद्रा अनाज आयात गर्नमा खर्च हुने अवस्था थियो । यस अवस्थामा भारतका कृषि वैज्ञानिकहरुले रासायनिक खेती गरी उत्पादनमा वृद्धि गर्न भारत सरकारलाई सल्लाह दिए । यसअन्तर्गत उत्पादन वृद्धिको लागि सप्लीमेन्टरी पोषक तत्वको रुपमा रासायनिक मल र फसलमा लाग्ने रोगको रोकथामको लागि रासायनिक विषादिको प्रयोग गरिन्छ । भारतका तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीको पालामा “जय जवान जय किसान” को नारा लाग्यो र भारत हरित क्रान्तिको रुपमा रासायनिक खेतीमा प्रवेश ग¥यो । त्यस बखत भारतको अनाज उत्पादन ६० करोड टनको आसपासमा थियो । अहिले ३५ करोड मेट्रिक टनभन्दा बढी छ । भारत सन् १९९० मा नै खाद्यान्नमा आत्मनिर्भर भइसकेको थियो । यस अनाज उत्पादनको प्रगतिबाट भारतमा अप्रत्याहित रुपमा आर्थिक वृद्धि भयो । भारत अहिले विश्वमा प्रमुख अनाज निर्यातकको रुपमा चिनिने गरिन्छ । 
नेपालमा पनि विस्तारै उक्त रासायनिक खेतीले प्रवेश पायो । नेपालले भारतको नक्कल गर्यो तर आफ्नो उत्पादनमा समान्य बृद्धि गरे पनि अनाज निर्यातकको पद गुमाई अनाज आयतकको पद धारण गरेको छ । भारतले पहिला अनाज आयातमा पर्याप्त विदेशी मुद्रा खर्च गरिरहेको ठाउँमा पर्याप्त विदेशी मुद्रा आर्जन गरिरहेको छ । तर नेपाल ठीक उल्टो पहिला अनाज निर्यात गरी विदेशी मुद्रा आर्जन गरी रहेको ठाउँमा अहिले अनाज आयात गरी विदेशी मुद्रा खर्च गरिरहेको छ । 
भारतले आफ्नो किसानलाई पर्याप्त मेसिन, रासायनिक मल, इन्सेक्टीसाइड, वीडीसाइड आदि रासायनिक पोषक तत्व एवं विषादि उपलब्ध गराएकोमा नेपालले किसानहरुलाई यी सुविधाहरु समुचित रुपमा उपलब्ध गराउन सकेन । भारतले निरन्तर रुपमा अनुसन्धानलाई प्राथमिकता दियो तर नेपालमा अनुसन्धनात्मक कार्यहरु हुने जति भएन । भारत सरकारले किसानलाई दिने सुविधा वास्तविक किसानले पायो । बिचौलियाको गुन्जाइस थिएन । नेपालमा सरकारबाट दिइने सुविधा किसानले कम एवं कार्यकर्ता र बिचौलियाले बढी पाए ।
भारतमा धान उत्पादनका लागि पाकेट मानिने विहार, उत्तर प्रदेश, हरियाणा र पञ्जाबमा भारत सरकारले पर्याप्त सिचाईको व्यवस्था ग¥यो । उक्त ठाउँहरुको लागि भारत सरकारले नेपाल सरकारसँग विभिन्न सम्झौता गरी नेपालबाट बगिने पानीलाई कोशी ब्यारेज, गण्डक ब्यारेज, शारदा ब्यारेज र टनकपुर ब्यारेजको माध्यमबाट नहरमार्फत किसानहरुको खेतसम्म पानी पु¥याए । नेपालले त्यो स्तरसम्म किसानहरुको लागि पानीको व्यवस्था गर्न सकेन । भारतले खेतीयोग्य जग्गाको क्षेत्रफल बढाएको छ भने नेपालमा खेतीयोग्य जग्गाको क्षेत्रफल घटेको छ ।

 

रासायनिक खेतीबाट मानव सभ्यता लोप हुने खतराः 
भारतको हरित क्रान्तिबाट नेपालमा आएको रासायनिक खेतीले नेपालको कृषि उत्पादन भारतको कृषि उत्पादनको अनुपातमा बढ्न सकेन । तर भारतलगायत नेपालको पनि प्राकृतिक संसाधन अर्थात् जमिन, जल, जंगल र जनावर सबैको स्थितिमा धेरै ह्रास भयो । भारत आयातको स्थितिबाट निर्यातको स्थितिमा पुगी आफ्नो प्राकृतिक संसाधन बिगारेको छ भने नेपाल अनाज निर्यातको स्थितिबाट आयातको स्थितिमा पुगी आफ्नो प्राकृतिक संसाधन बिगारेको छ । 
दुबै देशमा यो रासायनिक खेतीबाट जैविक विविधता नष्ट हुन थालेको छ । माटोको उर्वरता घट्न थाल्यो । भूजल स्तर घट्न थाल्यो । माटोभित्र र बाहिर जैविक विविधता नष्ट हुन थाल्यो । उत्पादित अनाजमा पौष्टिक गुणवत्तामा कमी हुन थाल्यो । अन्नको स्वादमा पनि कमी हुन थाल्यो । सन् १९६० भन्दा पहिला मधुमेह, थाइराइड, हृदयाघात, कलेजो र मृगौलामा लाग्ने रोग, क्यान्सरजस्ता गम्भीर रोगहरु नसुनिएका रोगहरु अहिले घर घरमा छ । ती रोगहरुको अनेक कारणमध्ये एक कारण दूषित खाद्यान्न पनि हो । 
आज हामीले प्राकृतिक संसाधन बिगारी उत्पादित दूषित खाद्यान्नको प्रयोगले हाम्रो रोग प्रतिरोधात्मक क्षमता घटेको छ । पोषण तत्व कम भएको खाद्यान्नको कारण आज हामीलाई हर्लिक्स, बुस्ट, आइरने ट्याबलेट, जिकंको ट्याबलेट तथा विभिन्न मल्टी भिटामीन जस्ता सप्लिमेन्टरी फुडको आवश्यकता परेको छ । हाम्रो फसललाई युरिया, डि.ए.पी, पोटास, जिंक, वोरोनजस्ता अनेकन सप्लीमेन्टरी फुडको आवश्यकता परेको छ । सन् १९६० को दशकभन्दा पहिला यस्ता सप्लीमेन्टरी फुडहरु प्रयोगमा थिएन । 
जंगलको वनस्पति, रुख विरुवा वा जनावरलाई सप्लीमेन्टरी फुडको आवश्यक्ता पर्दैन । यिनीहरु प्राकृतिक भोजनबाट प्राकृतिक रुपले सबै पौष्टिक तत्व प्राप्त गरेको हुन्छ । त्यहाँ कुनै युरिया, डि.ए.पी र विषादिको प्रयोग हुँदैन । बोटबिरुवालाई केही पनि दिनु पर्दैन । यस्तो अवस्थामा पनि त्यहाँका बोटविरुवामा रोग लाग्दैन । सवै तन्दुरुस्त अवस्थामा हुन्छ । माटोबाट विषादिविहीन पौष्टिक तत्व पाइरहेको हुन्छ । जंगली जनावर पनि विषादिमुक्त भोजन प्राप्त गरिरहेकोले बोटबिरुवा, वनस्पति र पशुपंछी सबै स्वस्थ हुन्छ । 
वैज्ञानिकहरुले कृषि उत्पादित अन्नमा हुने निम्न १८ ओटा पौष्टिक तत्वबारे पत्ता लगाएको छ । योभन्दा बढी पौष्टिक तत्व हुन सक्छ जुन पत्ता लगाउन बाँकी नै छ । 
अन्न बालीमा मा हुने पौष्टिक तत्व हरु :
 

अन्नबालीमा उपरोक्त पौष्टिक तत्वहरुको उपस्थिति एउटा सन्तुलन मात्रामा हुनुपर्छ । जुन परम्परागत खेतीमा हुने गथ्र्याे । उक्त पोषक तत्वहरुको सन्तुलन खेतमा रहेको ह्युमशबाट हुन्थ्यो । खेतमा हयुमशको कमीले गर्दा उत्पादनमा कमी भयो । ह्युमश एक प्रतिशतभन्दा बढी भएमा कुनै पनि सप्लीमेन्टरी पोषक तत्व अर्थात् रासायनिक मलको आवश्यक्ता पर्दैन । एक हेक्टर जग्गाको ६ इन्च माटोको वजन २० हजार क्विन्टल हुन्छ । यसको एक प्रतिशत अर्थात एक हेकटर जग्गामा दुई सय क्विन्टल ह्युमश भएमा रासायनिक मलको आवश्यकता पर्दैन । हयुमश अन्तर्गत जीवाणु, कार्बनिक पदार्थ र मृत जीवाणुहरुका अवशेष आउँछ । अहिले खेती गर्ने जग्गामा पर्याप्त मृत जीवाणु अर्थात जीवान्स भएन । पर्याप्त जीवान्सका लागि पर्याप्त जीवाणु र त्यसको भोजनको लागि पर्याप्त कार्बानिक पदार्थको आवश्यकता हुन्छ । खेती गर्ने जग्गामा पर्याप्त जीवान्सको कमीले पर्याप्त पौष्टिक तत्व पूरा गर्न सम्लीमेन्टरी फुड जस्तै रासायनिक मलहरुको आवश्यकता प¥यो । योसँगै रासायनिक खेतीको अवधारणा आयो । 
फसलमा कार्बन, हाइड्रोजन र अक्सिजनजस्ता तत्वहरु ९५ प्रतिशत हुन्छ, जुन भूमि, वायु र जलबाट प्राप्त हुन्छ । बाँकी ५० प्रतिशत पौष्टिक तत्वहरु कार्बन, हाइड्रोजन र अक्सिजनबाहेकका तत्वहरु हुन्छन् । उक्त पाँच प्रतिशत पौष्टिक तत्वहरुमा पनि नाइट्रोजन, फोस्फोरस र पोटासको बाहुल्यता हुन्छ । विदेशमा बढी उत्पादनको लागि आवश्यकतानुसार रासायनिक मलको प्रयोग हुन्छ । किसान शिक्षित हुन्छन् । पर्याप्त टेस्टिङको व्यवस्था हुन्छ । टेष्टको आधारमा आवश्यकतानुसार रासायनिक मलको प्रयोग गरिन्छ । नेपाल तथा भारतजस्ता देशहरुमा किसानहरु शिक्षित छैनन् । टेस्टिङको व्यवस्था छैन । अनुमानको भरमा युरिया, डि.ए.पी र पोटासजस्ता रासायनिक मलको आवश्यकताभन्दा बढी प्रयोग गरेको हुन्छ । माथि १८ वटा पोषक तत्वहरुको कुरा गरेका छौँ तर किसानहरु युरिया, डि.ए.पि र पोटासको मात्रा प्रयोग गरेको हुन्छ । बाँकी पोषक तत्व माटोबाट ५ वर्षभन्दा बढी समयदेखि फसलले प्राप्त गरिरहेको छ । यी तत्वहरुको कमी निश्चित रुपले भएको हुनुपर्छ । यहाँ फसलले नाइट्रोजन, फोस्फोरस र पोटास आवश्यकभन्दा बढी पायो र अन्य पोषक तत्वहरु न्यून मात्रा वा नपाउने अवस्था आयो । कसैकसैले प्राविधिकको सल्लाह र परीक्षणबिना पसलेलाई सोधेर अनुमानको भरमा कुनै–कुनै पोषक तत्वको प्रयोग गरेको हुन्छ । नेपाल सरकारले पनि अर्बौ रुपैयाँको अनुदान दिई युरिया, डि.ए.पी र पोटासजस्ता रासायनिक मल किसानहरु लाई उपलब्ध गराउँदै आएको छ । 
फसलमा अनियन्त्रित मात्रामा युरिया डि.ए.पी र पोटासको प्रयोगले बालीमा यी तत्वहरु प्रचुर मात्रामा पाइने र बाँकी तत्वहरुको कमी हुने वा अनुपस्थित रहने अवस्था सिर्जना भएको छ । यसले गर्दा प्रचलित रासायनिक खेतीबाट उत्पादित अन्न बालीमा सन्तुलित पौष्टिकताको कमी हुन गएको छ । साथै यसको स्वादमा पनि कमी आएको छ । असन्तुलित पौष्टिक तत्वले गर्दा यी अन्न बालीहरुलाई प्रयोगमा लाँदा हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा ह्रास भएको छ । हाम्रो रोग प्रतिरोधात्मक क्षमताको कमीले गर्दा नाना प्रकारको रोगहरु आक्रमण गर्दछ । रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न हामी विभिन्न किसिमका भिटामीन रहेका सप्लीमेन्टरी फुडको प्रयोग गर्न बाध्य भएका छाँै । 
अन्न बालीले रासायनिक मल सिधै ग्रहण गर्दैन । यी मल पानीमा घुलनशील अवस्थामा आएपछि बिरुवाले यी तत्वहरु ग्रहण गर्दछ । युरिया अर्थात् नाइट्रोजनको आवश्यकता फसललाई, हाम्रो शरीर र पशुपंक्षीहरुलाई पनि छ । फसलको भोजन कार्वोहाइडेट बनाउने हरियो पातको क्लोरोफिलको लागि नाइट्रोजनको आवश्यकता पर्छ । हाम्रो तथा पशुपंक्षीको शारीरिक विकासको लागि चाहिने प्रोटिन फ्याट आदि निर्माणमा नाइट्रोजनको आवश्यक्ता पर्छ । तर किसानहरुले अनियन्त्रित नाइट्रोज रासायनिक मलहरुको प्रयोग गर्दा नाइट्रोजनको मात्रा बढी भएको र असंतुलित पौष्टिक तत्व भएको अन्न उत्पादन हुन्छ । यस्ता अन्नको प्रयोगले हाम्रो रगतमा नाइट्रोजनले ठाउँ पाउँछ । असन्तुलित पौष्टिक तत्व त्यसमा पनि बढी नाइट्रोजन भएको अन्न प्रयोगले नाना प्रकारका रोगहरुको सामना गर्नुपर्ने अवस्था आउँछ । यस्ता अन्न प्रयोग गर्ने हामीहरु नाइट्रोजनको मौलिक स्वभावको विषयमा पनि बुझ्न आवश्यक छ ।

 

नाइट्रोजनको मौलिक स्वभावः 
रासायनिक खेतीमा प्रचूर मात्रामा युरिया, डि.ए.पी, एन.पी.के जस्ता रासायनिक मलहरुको प्रयोग गरिन्छ । यी मलहरुमा नाइट्रोजनको उपस्थिति हुन्छ । नाइट्रोजनको मौलिक स्वभाव विस्फोटक (Explosive)  हुन्छ । यसको लागि रासायनिक मल लगायत विभिन्न प्रकारका विस्फोटक पदार्थ हरु को रासायनिक संरचना (Chemical Structure)  लाई हेर्न सकिन्छ । 


उपरोक्त विवरणमध्ये युरिया र डि.ए.पी. जस्ता रासायनिक मलको प्रयोग रासायनिक कृषि पद्धतिमा गरिन्छ । विस्फोटक पदार्थ डाइनामाइटको प्रयोग पहाडको पत्थर तोड्न, ठूलो ठूलो संरचना भत्काउन आदिमा गरिन्छ । आर.डी.एक्स. को प्रयोग विस्फोटक पदार्थ कम बनाउनमा गरिन्छ । एच.एम.एक्स. को प्रयोग रकेट फ्यूलको रुपमा गरिन्छ । सेमेटेक्स जस्ता रासायनिक पदार्थलाई रकेट एक्सप्लोसिवको साथै न्युक्लियर डिभाइस, मिसाइल आदिमा गरिन्छ । अति विस्फोटक पदार्थको श्रेणीमा एजिडोएजाइड एजाइड आउँछ । 
उपरोक्त उदाहरण अनुसार रासायनिक पदार्थहरुमा नाइट्रोजनको एटम संख्या बढ्दै जाँदा त्यसको विस्फोटकतामा पनि वृद्धि हुँदै जान्छ । यी तथ्यहरु नाइट्रोजनको विस्फोटक मौलिक स्वभावलाई जनाउँछ । पचासौ वर्षदेखि रासायनिक कृषि पद्धतिमा अनियन्त्रित रुपले अत्यधिक मात्रामा प्रयोग गर्दै आएको युरिया र डि.ए.पी.को नाइट्रोजनले गर्दा हाम्रो रगतमा पक्कै पनि विस्फोटक मौलिक स्वभाव भएको नाइट्रोजनको असर पारेको हुनु पर्छ । असंतुलित पौष्टिक तत्वको कारण रोग प्रतिरोधात्मक क्षमतामा ह्रास एवं रगत मा कुनै न कुनै रुपले विस्फोटक मौलिक स्वभाव भएका नाइट्रोजनको असरले नाना प्रकारको रोगहरुका आक्रमण हामीमाथि भइरहेको छ । यी कारणहरुले हाम्रो समाजमा मधुमेह, थाइराइड, हृदयाघात, मृगौला तथा कलेजोको रोग, अलजाइमर, प्रजननको समस्या एव क्यान्सरजस्ता घातक रोगले प्रश्रय पाएको छ । यसबाट समाजको शारीरिक, मानसिक तथा आर्थिक स्वास्थ्य खस्किएको छ । समय बित्दै जाँदा परिवार तथा सामाजिक प्रतिनिधिहरुको सोच्ने शक्ति एवं उचित निर्णय लिने क्षमतामा पनि ह्रास भएको छ । जानी नजानी परिवार, समाज र राजनीतिकलगायतका निर्णायक ठाउँहरुमा बस्नेहरुमा भइरहेको उथलपुथलका मुख्य कारणहरुमध्ये दूषित एवं अत्यधिक नाइट्रोजन जनित खाद्यान्न पनि एक हुन सक्छ भन्नमा दुविधा देखिदैन । कृषि पद्धतिमा परिवर्तन गर्न खोजिएको प्रयास एवं सफलता÷असफलताबारे विशेष चर्चा अर्को लेखमा प्रस्तुत गर्नेछु । यी कृषि पद्धतिमा भएका विकास सफल÷असफलबारे चर्चा गर्दै एउटा न एउटा निष्कर्ष मा पुग्नु हामी सवैको कर्तव्य हो । यस्ता जानकारीहरु समाजमा बढीभन्दा बढी ठाउँहरुमा पु¥याउन पाठक वर्गसँग मेरो अनुरोध पनि छ ।

 

निष्कर्षः 

कृषि पद्धतिमा शोध गर्नु आवश्यक छ । रासायनिक खेतीमा सुधार गर्न आवश्यक छ । विभिन्न देश हरुमा भै रहेको शोध लाई दृष्टिगत गर्दै माटो र वातावरण लाई सुहाउने, खाद्यान सुरक्षा को साथै पोषण तत्व सुरक्षा भएको कृषि पद्धति लाई अपनाउनु पर्ने आवश्यक भएको छ । त्यसो न गरेमा मानव सभ्यता नै लोप हुने खतरा मा सहयोग पुर्याउने सरह हुन्छ ।

 

प्रकाशित मिति : बुधबार, पुस १७, २०८१ | १८:०१:३९ बजे

लेखकको बारेमा

ई. रामेश्वर यादव
यादव, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् । उनले प्राकृतिक स्राेत व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

प्रतिक्रिया