आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने
जलसरोकार
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै आगामी वर्ष जलविद्युत् र सौर्य ऊर्जा गरी कुल १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने बताए ।
उनका अनुसार सोमध्ये ६ सय ७० मेगावाट जलविद्युत् आयोजनाबाट र ३ सय ७० मेगावाट सौर्य ऊर्जाबाट उत्पादन हुने छ ।
यो थपसँगै राष्ट्रिय प्रसारण प्रणालीमा जडित विद्युत् क्षमता ५ हजार ५ सय ३५ मेगावाट पुग्ने सरकारको अनुमान छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य